काठमाडाैं गुञ्जाउँदै गुलाम अली

काठमाडाैं गुञ्जाउँदै गुलाम अली

  • कुराकानी

  • शुक्रबार, फाल्गुन ३०, २०८१

  • 30
    SHARES
काठमाडाैं गुञ्जाउँदै गुलाम अली

कुराकानी । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली काठमाडौं आइपुगेका छन् ।

शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा उनले प्रस्तुति दिने कार्यक्रम छ ।

११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक साधना कला केन्द्रका पदाधिकारी, संगीतकार दीपक जंघम र पञ्चकन्याले स्वागत गरे ।

आयोजक संस्थाका प्रमुख मिलन मोक्तानका अनुसार अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल र गायकीको प्रस्तुति दिने कार्यक्रम छ । गजलकार अलीको मागअनुसार नै नेपालमा कार्यक्रम गर्न लागिएको उनले बताए ।

अलीले पहिलोपटक नेपालमा प्रस्तुति दिन लागेका हुन् । अलीसँगै उनका छोरा अमिर र नाती नाजिरले पनि प्रस्तुति दिने कार्यक्रम छ ।

उनका सबैभन्दा प्रसिद्ध गजलहरू मध्ये ‘चुपके चुपके रात दिन’, ‘हंगामा है क्यूँ बर्पा’, ‘कल चौधविन की रात थी’ र ‘ये दिल ये पागल दिल मेरा’ समावेश छन् जसलाई बलिउड फिल्महरूमा पनि फिचर्ड गरिएको छ । यसबाहेक उनले मनमोहक पञ्जाबी गीत गाएका छन् ।

उनले तत्कालिन नेपाली राजा महेन्द्रले लेखेको ‘किन किन तिम्रो तस्वीर’ पनि गाएका छन्, जुन नेपालमा निकै रुचाइएको गीतमध्ये पर्छ ।

यो गीतका संगीतकार दीपक जंगमलाई समारोहमा विशेष सम्मान प्रदान गरिने भएको छ । जंगमले अलीका ४ गीतमा शब्द रचना तथा संगीत दिएका छन् ।

टिकटबाट संकलित रकमको केही हिस्साबाट गायन र नृत्यमा लागिरहेका बच्चालाई १ वर्षको छात्रवृति दिइने भएको छ । टिकट व्यवस्थापन इसेवाले गर्नेछ । टिकट मुल्य ५ हजारदेखि दुई लाखसम्म राखिएको छ ।


सम्बन्धित समाचार
       © 2022 - 2025 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology