कुरौटेपाटी । काठमाडौं मेरो सपना हो, र पहिलोे पटक म मेरो सपनाको शहरमा आएकी छु । मेरो ठाउँको नाम ओडिसा हो, जुन भारतमा पर्छ । तर मलाई यहाँको भाषा मेरो ठाउँको जस्तै लाग्यो । त्यसैले सांस्कृतिक रुपमा हामी सँगै छौं । भावनात्मक रुपमा हामी सँगै छौं । हातेमालो गर्दै, माया बाँड्दै अगाडी बढ्न पाएकोमा धन्यवाद काठमाडौं, धन्यवाद नेपाल यहाँ निमन्त्रणा गरेकोमा ।
जब बन्धना जीले मलाई सितालाई कसरी चिन्नुहुन्छ भनेर सोध्नुभयो, मैले कहिल्यै सितालाई देखेकै छैन । तपाइहरुले कोहि कसैले सितालाई देख्नुभएको छ ? छैन । तर जतिखेरै सिता हामीसँगै सुतिरहेकी छन्, उठिरहेकी छन्, हिंडिरहेकी छन्, खाइरहेकी छन् ।
जहाँसम्म मलाई सम्झना छ, म ५ । ६ बर्षकी थिएँ, मेरी हजुरआले रामायणका बारेमा सुनाउनुभयो । मेरो पहिलो परिचय सितासँग त्यहि समयमा भयो ।
हजुरआमाको कथासँगै मैले सितालाई देखिरहेकी थिएँ । बिस्तारै बिस्तारै सिता नामको चरित्र मेरो अगाडी उघारिएकी थिइन् । तर जब म हुँर्कदै गएँ, मेरो दिमागमा धेरै प्रश्नहरु जन्मियो । कथाको बारेमा, जसरी सिताको चरित्र निर्माण गरिएको छ त्यो बारेमा र सितालाई आध्यात्मिक रुपमा ग्रहण गरिएका बारेमा मलाई जिज्ञासा जागेको थियो ।
जब म नृत्यकार भएँ, मेरो सोचमा सिताको चरित्र आयो । जसलाई मैले प्रस्तुत गर्नुथियो । यो मेरो सबैभन्दा चुनौतीपुर्ण काम थियो । मैले सितालाई कसरी बुझेको छु भनेर देखाउन ।
मैले आफुलाई सिता बनाएँ र त्यो समयको राम, पिता जनक, बनबास र रावणबाट भएको अपहरण सबैलाई सम्झिएँ । त्यो समयमा मैले सितालाई आम महिलाको रुपमा पाएँ ।
जब सबैले सिताको बारेमा कुरा गर्छन्, मलाई जय सिया राम भन्ने स्मरण हुन्छ । सिताबिना राम अपुर्ण छ । रामबिना सिता अपुर्ण छ । अहिले पनि सिता त्यो समयको कथा हैन, अहिलेको हो । उनि अहिलेको समयमा पनि एकदमै सान्दर्भिक छिन् ।
जब उनलाई जनकले फेला पारे, सिताको जन्म एक दुर्घटना थियो । जनक सितालाई पाएर भाग्यमानी बने । यो सिताको हातमा थिएन । तर जब राम स्वंवरका लागि पुगे, सिता रामको मायामा परिन् । एक महिला भएकै कारण उनिसँग श्रीमान रोज्ने अधिकार थियो । स्वयंवर नै उनलाई मन परेको वर छान्न पाउने अधिकार थियो । त्यसैले त उनले आफ्नो सपनाको मान्छेसँग बिबाह गर्न पाइन् ।
लैंगिक समानताको कुरा गर्दा, पहिले क्लासिकल नृत्यमा महिला मात्रै हुन्थे, अहिले उल्टो हुँदै गएको छ । पहिले संगित बजाउने पुरुष हुन्थे, नाच्ने महिला । अहिले धेरैजसो महिला बाद्यवाधक हुन्छन् र पुरुषहरु नृत्यकार । यस्तो देख्दा खुशी लाग्छ ।
बिबाह पछि, रामको साथमा उनि अयोध्या आइन्, बुहारीका रुपमा पनि उनको प्रसंशा भयो । जसले गर्दा सिता जस्तो बुहारी भन्ने प्रचलन चल्यो ।
रामले १४ बर्षसम्म छाडेर बनबास जाने कुरा गरे । सिताले समेत सँगै गइन् । आफ्नो बिचार राख्दा सिता एकदमै बलियो रुपमा उपश्थित भइन् । उनिसँग रोजाइ थियो सुखमा बस्ने या दुःखमा जाने । तर उनले आफैले निर्णय लिइन् र दुःख रोजिन् ।
जब रावणले उनलाई अपहरण गरेर लंगा लग्यो । हनुमानले सिताकहाँ पुगेर भन्या, माँ म तपाइलाई लिन आएको । तब सिताले भनिन्, तिमी जस्तो सानो ज्यानको मानिसले मलाई लैजान सक्छौ । हनुमानले आफ्नो ठुलो ज्यानको रुप देखायो तर सिताले भनिन्, श्रीमानको जस्तो ठुलो ताकत अरुको कहाँ हुन्छ र !
त्यसैले सिता एकदमै बलियो लकाकु हो मेरो लागि ।
जब सिताले दोस्रो पटक पनि आफ्नो चरित्रको अग्नीपरिक्षा दिनुपर्यो । त्यो समयमा सिताको मनमा खेलेका कुराहरुबाट डान्स ड्रामा सुरु हुन्छ । फ्यास ब्याकमा गएर उनको जन्मदेखि त्यहाँसम्मको यात्रा देखाइन्छ ।
जब सितालाई बनमा लगेर छाडिन्छ उनि गर्भवती हुन्छिन् । जंगलमा दुई छोराहरु ल्व र कुश जन्मिन्छन्, दुबैलाई बाबु चिनाउँछिन् । तर कतैपनि श्रीमानको नाम आफ्नो नामसँग जोड्दिनन् । राम आफुसँग हुँदा र नहुँदा पनि उनि श्रीमानप्रति प्रतिबद्ध छिन् । जब लव र कुशलाई रामले छोरा स्विकार गर्छ तर सितालाई फेरि अग्नी परिक्षा दिन भन्छ । तब सिता हराउँछिन् ।