सकियाे किताव जात्रा, १० हजारले गरे अवलाेकन

सकियाे किताव जात्रा, १० हजारले गरे अवलाेकन

  • कुराकानी

  • शनिबार, साउन १९, २०८१

  • 290
    SHARES
सकियाे किताव जात्रा, १० हजारले गरे अवलाेकन

कुराकानी । विभिन्न छलफल र कार्यक्रम सहित छैटौं संस्करणको किताव जात्रा सकिएको छ ।

किताब यात्रा फाउन्डेसनले गर्दै आएको यो यस जात्रा दुई दिनसम्म काठमाडौंको आर्मी अफिसर्स क्लवमा चलेको हो ।

३५ सय मानिसले अनलाइन रजिष्ट्रेसन गरेर महोत्सव अवलोकन गरेका थिए भने १० हजार मानिसहरुले किताव जात्रामा बिभिन्न छलफल र कार्यक्रममा सहभागिता जनाए ।

महोत्सवको दोस्रो तथा अन्तिम दिनमा पनि पहिलो दिनजस्तै कला, साहित्य र संस्कृतिका विभिन्नि बिधाहरुमा छलफल भएको छ ।

महोत्सवमा विभिन्न भाषा, साहित्य, फिल्म, समाज, बैंकिङलगायत क्षेत्रका व्यक्तित्व समावेश १५ सेसन सम्पन्न भएको हो । साथै संगम श्रुति ब्यान्डको सांगीतिक प्रस्तुति पनि रहेको थियो ।

कर्णालीबाट आएका पाँच मुग्लेलीले मागल गाउनुका साथै लाखे, र बिभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि महोत्सवमा प्रस्तुत गरिएको थियो ।

फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल निर्देशक ऋषिराम अधिकारीले यदि सरकारबाट पनि यस महोत्सवमा सहयोग मिलेको भए अन्तराष्ट्रिय स्तरको कार्यक्रम गर्न सकिने बताए ।

उनले भने, अन्तराष्ट्रिय रुपमा चर्चित लेखकहरुलाई पनि बोलाएर उनिहरुको कुरा सुन्ने र नेपालका लेखकलाई अन्तराष्ट्रिय रुपमा परिचित गराउने माहोल बनाउन सकिन्थ्यो तर त्यसका लागि एक फाउन्डेसनले मात्रै नसकिने रहेछ ।

दुई बर्षपछि भौतिक रुपमा भएको किताब जात्राले नेपालको पठन संस्कृतिलाई अगाडी बढाउन मद्दत पुर्र्याएको पनि उनले बताए ।

जात्रामा काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइक, कला प्रदर्शनी, क्यालिग्राफी, रक्तदानजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधिसमेत सम्पन्न भएको छ ।

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology