रञ्जना सिनेप्लेक्सले जित्याे फुटसल, पायाे खसी उपहार

रञ्जना सिनेप्लेक्सले जित्याे फुटसल, पायाे खसी उपहार

  • कुराकानी

  • शुक्रबार, अशोज ११, २०८१

  • 142
    SHARES
रञ्जना सिनेप्लेक्सले जित्याे फुटसल, पायाे खसी उपहार

रञ्जना सिनेप्लेक्सले पहिलो अन्तर सिनेमा फुटसल प्रतियोगिताकाे उपाधी हात पारेकाे छ ।

रञ्जना सिनेप्लेक्सले मानेन्ट भेन्टर्सले आयोजना गरेको पहिलो अन्तर सिनेमा फुटसल प्रतियोगिताको फाइनलमा क्युएफएक्स सिनेमा विरुद्ध २-१ को स्कोरमा ऐतिहासिक जित हासिल गरेको छ।

च्याम्पियनको रूपमा रञ्जना सिनेप्लेक्सले ट्रफी, मेडल, ६,५०० रुपैयाँको नगद पुरस्कार र विशेष दशैं खसी प्राप्त गरेकाे छ।

क्युएफएक्स सिनेमाले भने उपविजेता बन्दै मेडल, प्रमाणपत्र र दुई वटा दशैं विशेष स्थानीय भाले हात पारेकाे छ ।

क्युएफएक्स सिनेमाका लोक बहादुर श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट खेलाडी बने । त्यस्तै रञ्जना सिनेप्लेक्सका बिशो तुलाधरले उत्कृष्ट गोलकिपरको पुरस्कार प्राप्त गरेका छन् ।

 

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology