बहसमा याैनिक तथा लैंगिक अल्पसंख्यक समुदाय

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मृगतृष्णा बन्दै सन्तान

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मृगतृष्णा बन्दै सन्तान

विश्वभर याैनिक तथा लैंगिक अल्पसंख्यक समुदाय माथी गम्भिर मुद्दामा सिनेमा बन्दै गर्दा नेपालमा भने अहिलेसम्म महिला र पुरुष बाहेक अरु दम्पतिले धर्म सन्तान राख्नै नपाउने कानुनी व्यवस्था रहेकाे छ ।

  • कुराकानी

  • शुक्रबार, साउन ३२, २०८१

  • 53
    SHARES
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मृगतृष्णा बन्दै सन्तान

सुन्दर घर । एक स्कुटर जसमा अर्को सिट समेत थपिएको छ । लिभिङ रुमको भित्तामा पारिवारिक फोटो छ । फोटोमा दुई अभिभावकका साथमा सानो छोरो मस्त खुलेर हाँसेको छ । मानिसको कल्पनामा चाहिने सबै कुरा पुगेर पनि यो परिवारमा द्धन्द सिर्जना भएको छ । किनभने मस्त हाँस्ने छोरो हुर्काउने अभिभावक दुबै पुरूष हुन् ।

माथीको द्दश्य हो, फिल्म फादर्शको । फिल्मको सुरुवातमा एउटा पूर्ण परिवार देखाइएको हुन्छ । जसमा दुइ बाबु अभिभावक र एक बच्चा हुन्छन् । दुई पुरुषले थाइल्याण्डमा समलिङ्गी बिबाहको कानुनी मान्यता पछि परम्परागत तरिकाले बिहे गर्छन् । सन्तानका रुपमा कुमारी आमाले जन्माएको तर विभिन्न कारण स्विकार्न नसकेको छोरोलाई ग्रहण गर्छन् ।

जन्मेदेखि उनिहरुकै रेखदेखमा हुर्किएको हुन्छ उनिहरुको छोरो ब्रुर्ट । कुरा नबुझ्ने हुँदा ब्रुर्ट दुई बाबुको साथमा खुशि हुन्छ तर बिस्तारै समस्या सुरु हुन थाल्छन् ।

स्कुलमा उसले सबैको आमा पुर्‍याउन आएको देख्छ । साथीभाइले आमा र बाबुका कुरा गर्छन् तर उसँग आमा छैन । दुई बाबु मात्रै छन् ।

मदर्स डेमा हरेक बालबालिकाको आमा उपस्थित हुन निम्तो आउँछ बिद्यालयबाट । तर ब्रुर्टले मेरो आमा छैन भनेर नरमाइलो मान्छ । निम्तो आइसकेपछि एक बाबु त पुग्छन् बिद्यालयमा तर सबै महिलाले उसकी आमा ब्यस्त भएकाले नआएकी हो भनेर सोध्छन् ।

उसले हैन, सानैमा उसकी आमाले छाडेर गएकी हो भन्ने उत्तर दिन्छ । बोर्डमा सबै बालबालिकाले आमासँगको पोष्टर बनाएर टाँस्छन् । ब्रुर्ट भने दुई बाबुहरुसँग आफु बिचमा बसेको चित्र टाँस्छ । सुरुमा यसलाई उसले आफू अरु बालबालिका भन्दा बिशेष भएको सम्झन्छ तर मनमा आमाको अभाव भने रहिरहन्छ ।

बिस्तारै ब्रुटका साथीहरुले उसलाई बुलिङ गर्न थाल्छन्। उ आफूमा आमा नभएकैले हेपिएको महसुस गर्नथाल्छ। छुट्टी मनाउन जाँदा सबै बालबालकाका आमा र बाबु हुन्छन् उ मात्रै दुई बाबुका साथमा हुन्छ। यसले ब्रुर्टको बाल मस्तिष्कमा नराम्रो छाप पर्नजान्छ।

उ स्कुलमा साथीभाइसँग झगडा गर्न थाल्छ। साथीभाइ भएको ठाउँमा उच्छृङ्खल ब्यवहार गर्नथाल्छ। बिद्यालयका सबै बिद्यार्थीका अभिभावकलाई यो गे जोडिले हुर्काएको बच्चा हो भन्ने थाहा हुन्छ र दोष जति ब्रुटको काँधमा आउन थाल्छ। एक अभिभावकले त गेहरु बढि एग्रेसिभ हुन्छन् त्यस्ताले हुर्काएको सन्तान पनि त्यस्तै हुन्छ भनेर बु्रटलाई बिद्यालयबाटै निकाल्न आग्रह गर्छ।

यो कुरा बिस्तारै बालबालिकाको अधिकार हेर्ने संगठनसम्म पुग्छ। उक्त संगठनमा दुई पुरुषले बच्चा हुर्काउन नसक्ने, यसले बालबालिकाको अधिका हनन भएको, बच्चालाई निकै उग्र बनाएर हुर्काइरहेको भन्ने मुद्धा दायर गरिएको हुन्छ।

यसरी दुई बाबुको हुर्काइ र प्रेम कानुनी अदालतसम्म पुग्छ।

ब्रुर्टको शारिरीक र मानसिक अवस्थाको जाँच गरिन्छ।

यसलाई तिमी को सँग बस्छौ भन्दा पप्पी र ड्याडीसँग बस्छु, दुबै मेरा बाउ हुन् जवाफ ब्रुर्टले दिन्छ।

ब्रुर्टले बालअधिकारबादी महिलालाई सोध्छ, तेरो आमा छ? ति महिलाले छैन भन्छिन् । ब्रुर्टले हामी दुबै उस्तै रहेछौं अनि तेरो पप्पी र ड्याडी छ त भनेर फेरि सोध्छ । ति महिलाले छैन भनेपछि उसले निन्याउरो अनुहार बनाएर बचरा भन्छ । फेरि सोध्छ, आमा र बाबुमा के भिन्नता छ । ति महिलाले भन्छिन्, आमा र बाबु भएकाले नै हामी जन्मिएका हौं । ब्रुर्टले फेरि सोध्छ, हामी कसरी जन्मिन्छौं? मेरो त दुई बाबु मात्रै छन् ।

ब्रुर्टको उछृङ्खल हर्कतका कारण उसलाई आमाको साथमा पठाउने कुरो हुन्छ । उ आफूलाई आमा चाहिएको तर पप्पी र ड्याडी पनि छोड्न नचाहेको बताउँछ ।

यता, ब्रुर्टकी जन्म दिने आमाले अर्को केटासँग बिहे गरेकी हुन्छिन् । उनको सन्तान त्यतिबेलै गुमाएकाले ब्रुर्ट आफ्नै हातमा फर्काउने उनको पनि सोच हुन्छ।

कानुनले दुई गे बाबुले सन्तान हुर्काउन नजानेको भन्दै बच्चा खोस्न खोज्छ। तर ब्रुर्टलाई केहि दिनका लागि उसकै आमासँग रहन र नमानेमा आफूसँगै फिर्ता दिने सर्तमा दुई बाबुहरु राजी हुन्छन् । उनिहरुको सन्तान मोह र छोरो फर्केर नआउला भन्ने पिरले सुन्दर परिवारमा बैराग्य छाउँछ । उनिहरु खुबै रुन्छन् ।

दुई बाबुहरु जो पुरुष भएकै कारण पितृप्रेमबाट बञ्चित भए, उनिहरु रुँदा सम्पूर्ण दर्शकको आँखा भरिन्छ ।

विवाहको मान्यता पाएका देशहरुमा अहिले यी र यस्ता बिषयमा सिनेमा बन्छन् । तर हाम्रो देशमा यी बिषय धेरै परको कुरा हो ।

नेपालको कानुनले लैंगिक अल्पसंख्यकहरुलाई धर्म पुत्र वा धर्म पुत्री राख्ने अधिकार दिएको छैन् । बिहेको अधिकार समेत अस्थाई अभिलेख रहने गरी तयार गरिएको देशमा अधिकार नपाउँदा लैंगिक अल्पसंख्यकहरूले सन्तानको रहर पूरा गर्न नपाउनु नौलो नभएको बताउँछन् अधिवक्ता सुनिल पन्त ।

उनका अनुसार, मुलुकी देवानी संहिता, २०७४ दफा १७२ ले विवाह भएको दश वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पती, ४५ वर्ष उमेर पूरा भएकी अविवाहिता, विधवा, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेकी छोरा वा छोरी नहुने महिला,४५ वर्ष उमेर पूरा भएको अविवाहित, विधुर, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेको छोरा वा छोरी नहुने पुरुषले धर्म पुत्र वा धर्मपुत्री राख्न पाउने व्यवस्था गरेको छ ।

कानुनले लैंगिक अल्पसंख्यकहरुलाई धर्म पुत्र वा धर्म पुत्री राख्ने अधिकार दिएको छैन् । धर्म पुत्र वा धर्म पुत्री राख्न महिला र पुरुष बीच विवाह भएकाे र सन्तान नभएकाे दश बर्ष हुनुपर्ने कानुनी मान्यता रहेकाे छ।  यो अधिकार नपाउँदा लैंगिक अल्पसंख्यकहरूले सन्तानको रहर पूरा गर्न पाएका छैनन् ।

मुलुकी देवानी संहिता, २०७४ दफा १७२ ले विवाह भएको दश वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पती, ४५ वर्ष उमेर पूरा भएकी अविवाहिता, विधवा, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेकी छोरा वा छोरी नहुने महिला,४५ वर्ष उमेर पूरा भएको अविवाहित, विधुर, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेको छोरा वा छोरी नहुने पुरुषले धर्म पुत्र वा धर्मपुत्री राख्न पाउने व्यवस्था गरेको छ ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology