फिल्म समीक्षा

गन्तव्य भुलेकाे फिल्म बाटो

गन्तव्य भुलेकाे फिल्म बाटो

फिल्मको नाम बाटोः रोड टु डेथ छ । तर यसको कथा सन्तानको मायामा गएर गाँठो परेको छ ।

  • कुराकानी

  • शुक्रबार, असार ८, २०८१

  • 326
    SHARES
गन्तव्य भुलेकाे फिल्म बाटो

कुराकानी । टोनी ट्याक्सी चालक हुन् । मन्जिल फिल्म निर्देशक हुन् अनि कोमल नर्स हुन् । यी तिनै जनाको यात्रा काठमाडौंबाट धरानतर्फ अगाडी बढ्छ । बीच बाटोमा उनिहरुले के कस्ता परिस्थितिको सामाना गर्नुपर्ला, कस्ता मानिसहरुसँग उनिहरुको जम्काभेट होला, गन्तव्यमा पुग्ला नपुग्ला । फिल्म बोटोः रोड टु डेथ यिनै कथाबस्तुको वरपर घुमेको छ ।

मिस्ट्री थ्रिलर जनरा भनिएको फिल्म बाटो यतिबेला खुम्चियर हलमा प्रर्दशन भइरहेको छ । प्रचार–प्रसारमा खासै मेहनत नगरी हलमा लागेको फिल्मले सोचेजस्तो व्यापार भने गर्न सकेको छैन ।

सबै नयाँ कलाकार लिएर बनेको फिल्म खास कस्तो छ त ? सुरुमा कुरा गरौं यसको सकारात्मक पाटोबाट 😊

फिल्मले नयाँ बिधामा कथा भन्ने कोसिस गरेको छ । केहि समय यता नयाँ फिल्मका जनरामा फिल्म बनिरहेको छ । यो फिल्मले पनि परम्परागत बलिउड शैलीभन्दा फरक तरिकाले कथा भन्ने प्रयास गरेकको छ । फिल्मको मनपर्ने पाटो यहि हो ।

नयाँ शैलीमा कथा नभन्ने र दर्शकको सिने चेतमाथी प्रश्न उठाउने वर्गमाथी यो फिल्मले जे जस्तो प्रयास गरेको छ, यसलाई सम्मान गर्नैपर्ने हुन्छ ।

हेर्नुस् भिडियाेः

त्यस्तै, फिल्ममा कलर र लाइटिङको प्रयोग अर्को आकर्षक पक्ष रह्यो । जु्नेली रातमा काँस घारीमा डरलाग्दो तरिकाले हिँडेका अजिवका मानिसहरुले साँच्चै थ्रिल पैदा गराउँछ । थ्रिल पैदा गराउने काम प्रकास संयोजनले गरेको छ । त्यस्तै, कलरिङको काम पनि आकर्षक छ । 😘

फिल्ममा प्रयोग गरिएका केहि क्यामरा सटहरु र भिएफएक्स पनि दर्शकको ध्यान तान्ने प्रकारको छ । तर समस्या के भयो भने, लाइट, कलर र क्यामरा सटले कसरी कथा भनेको छ, कसको कथा भनेको छ या ति सुन्दर दृश्यले भन्न भन्न खोजेको के हो त्यो भने थाहा पाउन सकिएन । यी र यस्ता कुरा खासै नबुझ्ने भएकाले पनि हुनसक्छ ब्युटी सट र आँखालाई वाउ बनाउन सफल भएका कलर, क्यामरा र लाइटले भनेको कथा म जस्ता सामान्य दर्शकले बुझ्न सकिन  😢।

फिल्ममा हलोइनमा लगाउने कपडा लगाएका, जम्बी जस्ता देखिने नरभक्षी तान्त्रीहरुको पहिरन र मेकअप अर्को राम्रो लागेको पाटो बन्न पुग्यो । पधेंरोमा जाँदा समेत हिल जुत्ता लगाउने परिपाटीबाट आएको नेपाली फिल्ममा पहिरन र मेकअपमा गरिएको यो मेहनतले आशाको किरण जगाएको छ । अब केहि होला कि !

फिल्मको अन्त्यसम्म केहि भएपनि सस्पेन्स राख्न सफल हुनुपनि यसको चित्त बुझेका पाटोहरु हुन् ।

अब कुरा गरौं चित्त नबुझेका पाटोहरुको बारेमा 🙃

फिल्ममा दृश्य र मेकअपले केहि थ्रिल महसुस हुन्छ तर यो फिल्ममा नमिठोसँग चुकेको पाटो भनेको हरर हो । फिल्ममा आङ जिरिङ्ग बनाउने या डर अनुभूति गराउने कुनैपनि दृश्य छैन । जसले गर्दा फिल्मबाट मुख्य कथा अर्थात मुटू नै नभएको जस्तो भएको छ । प्रचारप्रसारमा भएजस्तो हरर र सस्पेन्स सबै फिल्ममा भने किन नराखिएको होला, फिल्म हेरुन्जेल यिनै कुराहरु मनमा खेलिरह्यो ।

फिल्मले जुन खालको सिने संसार निर्माण गरेको छ त्यसमा पस्न सकिएन । अझ भनौं पौडिन चाहेको एक पौडिबाज किनारामा बसेर टुलुटुलु नदि हेरिरहेजस्तो मात्रै भयो 😛 । फिल्मले त्यहाँ निर्माण गरेको संसारमा दर्शकलाई सँगै लैजान नसक्नु यो फिल्मको सबैभन्दा ठुलो कमजोरी हो ।

फिल्ममा के गर्न खोजेको र के भन्न खोजेको त्यो प्रष्ट छैन । फिल्मको नाम बाटोः रोड टु डेथ छ । तर यसको कथा सन्तानको मायामा गएर गाँठो परेको छ ।

दर्शक अन्योलमा पर्छन्, यसले मुटूको कुरा गर्न खोजेको हो कि, सन्तानको माया देखाउन खोजेको हो कि, जम्बीजस्ता देखिने नरभक्षी तान्त्रीकको कथा भन्न खोजेको हो या, यात्राको बर्णन गर्न खाजेको हो ?

हुन त फिल्म बुझ्नेहरुले यसलाई विभिन्न लेयर (तह) मा कथा भनेको पनि भन्छन् तर सामान्य दर्शक, जो हलिउडका यस्तै विधाका फिल्म हेर्न रुचाउँछ उ यसको टार्गेट अडियन्स हैन जस्तो लाग्यो ! कि कुरा के हो 🤣 ?

फिल्ममा अभिनयको कुरा गर्दा मन अड्डाउने तर थोरै भुमिका पाएकी पशुपति राइ मात्रै भइन् । अन्त्य कलाकारको अभिनयमा मौलिकता महसुस गर्न सकिएन ।

फिल्ममा धेरै प्रश्नहरुको उत्तर अनुत्तरित भए । केहि प्रश्नहरु निम्न छन्:

हरीको तस्विरमा देखाएको बाण र जम्बीजस्ता देखिने मानिसहरुको हातमा भएका बाणको कथा के हो? जंगलमा रुमल्लिएका तीन जना पात्रहरुले कसरी सजिलै उनिहरुको ग्यारेज भेटे ? कथा भन्ने पात्रहरुको अनुपस्थितीमा पनि ग्यारेजमा पुलिस पुगेको कसले देख्यो भनेर क्यामराले खिच्यो? ग्यारेजभित्र भएको भुँइतलाको कोठाको मतलव के हो ?

मुख्यपात्र कोमलको घर चेन्नाइ भन्न किन जरुरी भयो, त्यसको केहि कनेन्सन छ कि ?

ति जम्बीजस्ता देखिने नबुझिने आवाजमा नेपाली बोल्ने नरभक्षीहरुको को हुन् ? उनिहरुले कसरी थाहा पाए कोमलको बारेमा ?
पुलिसले बाटोमा स्कर्टिङ किन गर्छु भन्यो ? बाटो बिग्रिएको त कतै देखिएन, मौसम पनि कहिल्यै खराब भएन । बरु ८ घण्टामा दिन र रात परेपछि फेरि दिन भयो । यी कुराहरु सिने लिवर्टीमा आउने भएकाले त्यहाँ ४ घण्टाको दिन र रात होला भन्ने मान्न सकियो 😜।

अन्त्यमा नयाँ फिल्म बोटोः रोड टु लाइभ घोषणासँगै फिल्म सकियो ।

माथीमा प्रश्नको उत्तर सायद यसैमा आउला । तर अधुरो र अपुरो कथा भन्दै अर्को सिक्वेल घोषणा गर्ने प्रवृतिलाई तपाई के भन्नुहुन्छ ? यसले दर्शकलाई कत्तिको न्याय भएको ठान्नुहुन्छ, कृयया प्रतिक्रिया दिनुहोला ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology