दशैं र व्यवसायी

जेनजी आन्दोलनले निरास व्यवसायी !

जेनजी आन्दोलनले निरास व्यवसायी !

जेनजी आन्दोलनले तहसनहस पारेको निजी क्षेत्रको व्यवसायीहरु विस्तारै तङ्ग्रन थालेका छन् । आन्दोलनको प्रभावमा परेका व्यवसाय मात्रै हैन नयाँ उद्यमीहरुले पनि आफ्ना व्यवसाय यतिवेला खोलिरहेका छन् ।

  • कुराकानी

  • मङ्लबार, अशोज ७, २०८२

  • 15
    SHARES
जेनजी आन्दोलनले निरास व्यवसायी !
AI तस्विर

कुराकानी । जेनजी आन्दोलनले तहसनहस पारेको निजी क्षेत्रको व्यवसायीहरु विस्तारै तङ्ग्रन थालेका छन् । आन्दोलनको प्रभावमा परेका व्यवसाय मात्रै हैन नयाँ उद्यमीहरुले पनि आफ्ना व्यवसाय यतिवेला खोलिरहेका छन् ।

आन्दोलनले थलिएका चितवन र पोखरामा पनि ब्यवसायीहरु उत्साहका साथ नयाँ स्टोरहरु खोलिरहेका छन् ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका १० मा एकै भवनमा होटल र सपिङ स्टोर सञ्चालनमा आएका छन् ।

विमानस्थल अगाडीको एकै भवनमा होटल र सपिङ स्टोर सञ्चालनमा आएका हुन् ।

चितवन बिजनेस कम्पलेक्स होटल प्रा.लि. (सिबिसी) र चितवन बिजनेसन मार्टले सञ्चालन गरेको दुवै सेवा एकसाथ सञ्चालनमा आएको हो ।

चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (सिबिसी) का कार्यकारी अध्यक्ष दिनुप बरालले भवन र होटलमा गरी कुल रु एक अर्ब ६० करोड र सपिङ स्टोर ‘सेल्सबेरी’मा रु २५ करोड लगानी रहेको बताए । उनका अनुसार दुई तला अन्डरग्राउन्डसहित ११ तल रहेको उक्त कम्प्लेक्समा अन्डरग्राउन्ड दुई तलामा पार्किङ, तीन तलामा सेल्सबेरी, छवटा तलामा होटल सञ्चालन गरिएको बरालले जानकारी दिएका हुन् ।

अन्तरराष्ट्रिय रूपमा ख्यातिप्राप्त अमेरिका, भारत, नेपाललगायत विभिन्न देशमा चेन होटल सञ्चालन गरेको लड्र्स हस्पिटालिटीसँगको सहकार्यमा होटल सञ्चालनमा ल्याइएको बरालले बताए ।

उनका अनुसार, होटलमा ५८ वटा कोठा रहेका छन् । तीमध्ये प्रेसिडेन्टियल एक, स्विट तीन, सुपर डिलक्स १०, प्रिमियम १५ र बाँकी स्ट्यान्डर्ड कोठा रहेका छन् ।

होटल शुभारम्भका अवसरमा सन् २०२५ भरि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनको भनाइ छ ।

होटलमा ५०० क्षमताको सभा कक्ष, १०० क्षमताको कन्फ्रेन्स हल, ३० जना क्षमताका तीनवटा बैठक कक्ष रहेको भन्दै कार्यकारी अध्यक्ष बरालले भने, रेष्टुरेन्टमा बाहिर र भित्र गरी १२५ जना एकै पटक बसेर सेवा लिन सक्ने क्षमता रहेको छ ।

भवनको माथिल्लो तलामा स्वीमिङ पुल छिट्टै सञ्चालनमा आउने गरी तयारी गरिएको उनले जानकारी दिए।

 आन्दोलनले बिनास पनि टन्नै

जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ ।

कूल एक हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार ४७८ वटा दाबीको आवेदन परेका प्राधिकरणले जनाएको छ ।

गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोडलगायत घटना भएका थिए । प्राधिकरणले निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडका सम्बन्धमा बिमा दाबी भएको स्पष्ट पारेको छ । ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएकाले दाबीको मात्रा अझै बढ्न सक्ने देखिएको छ ।

प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार ओरियन्टल इन्स्योरेन्स कम्पनीमा मात्रै रु पाँच अर्ब २२ करोड ९८ लाख बराबरको दाबीको आवेदन परेको छ । यस्तै, सिद्धार्थ इन्स्योरेन्समा रु पाँच अर्ब आठ करोड २८ लाख बराबरको आवेदन प्राप्त भएको छ ।

सम्पत्ति बिमाको पाँच सय ३८, मोटर बिमा एक हजार सात सय ७८, इञ्जिनियरिङ तथा ठेकेदार जोखिमका एक सय ३२, परिवहन बिमा ११ र अन्यमा १९ वटा आवेदन प्राप्त भएका छन् ।

प्रदेशगत आधारमा कोशी तीन सय २२, मधेश दुई सय ४६, बागमती एक हजार ३४३, गण्डकी एक सय ८४, लुम्बिनी दुई सय दुई, कर्णाली २२ र सुदूरपश्चिम प्रदेश एक सय ५९ वटा बिमा दाबी परेका प्राधिकरणले जनाएको छ ।

 

 


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology