बहसमा नेपाली फिल्म

बलिउड अघिअघि, नेपाल पछिपछि

बलिउड अघिअघि, नेपाल पछिपछि

बलिउडको रोग सार्दै बिकास बोर्ड: एक भागवद् गीताको नाममै लफडा

  • कुरौटेपाटी

  • बुधबार, भदौ २०, २०८०

  • 564
    SHARES
बलिउड अघिअघि, नेपाल पछिपछि

काठमाडौं । नेपालमा फिल्म क्षेत्रको सुरुवात नै भारतबाट कलाकार, प्राविधिक र फिल्म निर्देशक ल्याएर भयो । त्यसैले त नेपालमा छायाँकन गरिएको पहिलो नेपाली फिल्म ‘आमा’ जति गुणस्तरिय छ, अहिले बनिरहेका फिल्म झनै ओरालो लाग्दै गइरहेका छन् ।

सुरु नै बलिउडका प्रविधिक र निर्देशकले गरेकाले हुनसक्छ नेपाली फिल्ममा बलिउडको प्रभावले अहिलेसम्म नेपाली फिल्मलाई छाड्न सकेको छैन ।
सुचना प्रविधिकाे बिकास हुनुअघि बलिउड र कोरिया जापानतिरका फिल्म जस्ताको तस्तै नक्कल गर्ने चलन भने केहि हदसम्म कम भएको छ । अझैपनि कतिपय फिल्ममा संवाद र दृष्य हुवहु देख्न सकिन्छ ।

तर पहिलेको भन्दा केहि हदसम्म अरूकाे चोरीचकारी गर्ने काम कम भएको छ । ओटीटी (ओभर दी बक्स) र बिभिन्न एपहरुको बिकास भएसँगै फिल्मको सिमाना मेटिएकाले पनि फिल्मका स्कृप्ट राइटरलाई मेहनग गर्नुपर्ने बाध्यता भएकाे हाेला ।

कानुन भन्दा माथी अतिबादी धार्मिक संगठनले स्थान पाउने हो भने भोली हरेक फिल्मका दृष्यमा बिबाद सुरु हुन सक्छ । एउटा दृष्य एक पक्षलाई मन पर्ला, अर्को पक्षलाई मन नपर्ला । त्यसैमा बोर्ड अल्झिन थाले फिल्म अझै तलतिर झर्नेमा दुइमत छैन ।

अब अहिलेका कुरा गराैं । बलिउडमा अर्को रोग भित्रिएको छ, धर्म र देश। मुसलमान र हिन्दुको लडाईं भारतमा अहिलेको हैन । कुनै देशलाई लक्षित गरेर घृणा फैलाउने काम बलिउडले सुरुदेखि नै गर्दै आएको हो । त्यसैले बलिउडले हरेक फिल्मलाई कहिले देश त कहिले धर्मकाे चस्माको लगाएर हेर्छ ।

कास्मिरी पण्डितदेखि केहि समयअघि मात्रै प्रर्दशनमा आएको केरला स्टोरी सम्मका फिल्मले मुस्लिम धर्मलाई भिलेन बनाएका छन् । अतिबादी धार्मिक संगठनहरुका कारण राम्रा फिल्महरु बहिस्कारमा पर्ने गरेका छन् ।  हिन्दु अतिबादी समुहले मुस्लिमको आस्थासँग जोडिएको बुर्का फिल्ममा जलाउँदा वाह! वाह! भन्ने तर एक गितमा बेसरम रंग भनेर पहेंलो कपडा लगायो भनेर फिल्म बहिस्कार गर्ने रोग अब नेपालतिर सरेको छ ।

नेपाल धर्म निरपेक्ष देश हो । सबै धर्मलाई नेपालले समान रुपमा हेरेको छ । तर यतिबेला झरना थापाद्वारा बनेको फिल्म ‘एक भागवत् गीता’ को नामलाई लिएर बहस सुरु भएको हो । नाम पटक पटक परिवर्तन हुँदै अहिले ‘एक भागवत् गीता’ बनेको छ । यसैमा समेत बिभिन्न धार्मिक संगठनहरुले बिरोध जनाउन छाडेका छैनन् ।

फिल्मको ट्रेलर हेर्दा, यसले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा पनि तेस्रोलिंगी महिलाको कुरा उठाएको देखिन्छ । सुरुमा ‘भागवत् गीता’ थियो फिल्मको नाम । तर बलिउड फिल्म ‘आदिपुरुष’ बाट पाठ सिकेर होला, निर्माण टिमले ए फप्छ भन्दै फिल्मको अगाडी एक थप्यो ।

तर अहिले ट्रेलर, टिजर, पोष्टर र एक गीत समेत सार्वजनिक भइसकेपछि मात्र आध्यात्मिक विकास समाज, हिन्दु जागगरण नेपाल र विश्व हिन्दु युवा संघले बिरोध जनायो ।

फिल्म निर्माण टोलीले ‘एक भागवत् गीता’ र हिन्दुहरुले पवित्र धर्मग्रन्थ मान्ने ‘भागवत गीता’ को कथा नमिल्ने भनेर बारम्बार घोषणा गरिरहँदा समेत यी धार्मिक अतिबादी संगठनहरुले बिरोध जनाए ।

नेपाली फिल्मका लागि उभ्भिने भनेर खोलिएको चलचित्र बिकास बोर्डमा अध्यक्ष भुवन केसीको संयोजकत्वमा अतिबादी संगठनका प्रतिनिधी र फिल्म निर्माण पक्षबीच छलफल पनि भयो । बोर्डले अतिबादी संघ संगठनलाई फिल्म सेन्सर हुनुअगाडी नै स्क्रिप्ट र फिल्म देखाएर मात्र फिल्म प्रर्दशन गर्नु भनेर निर्णय गरिदियो । यो निर्णय सम्पुर्ण फिल्मकर्मीहरुका लागि दुखद हो ।

चलचित्रलाई सेन्सर गर्न भत्ता पचाएर बसेका मानिसहरुका लागि त झनै यो जत्तिको आपत्तिजनक कुरा अन्य नहुनुपर्ने हो तर सेन्सर बोर्ड मौन छ । यसरी गैरकानुनी प्रक्रियालाई बोर्डले सहमती दिन हुँदैनथ्यो ।

सेन्सर बोर्डले फिल्ममा के राख्न पाइने, के राख्न नपाइने भन्नेबारे नीति बनाएको छ । जसमा धार्मिक सहिष्णुणतामा आँच आउने दृष्यलाई कैंचि चलाउन पाउने अधिकार सेन्सर बोर्डलाई छ । त्यसैले सेन्सर पास नभएसम्म नेपालका हलहरुमा फिल्म प्रर्दशन गर्नु गैरकानुनी हो ।

कानुन उल्लंघन गरे कारवाहिका लागि बैधानिक प्रक्रिया हुँदाहुँदै पनि बोर्डले गरेको छलफल आगामी दिनमा नेपाली फिल्म माथी हस्तक्षेपको गर्ने नयाँ बाटो हो ।

यसमा सबै फिल्मकर्मी एकजुट हुनुपर्नेमा आनन्द मानेर बस्नु अर्को डरलाग्दो कुरा हो ।

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology