नेपाली बक्स अफिस तातेको: ‘परान’ सहित नयाँ फिल्मले उत्साहजनक व्यापार

नेपाली बक्स अफिस तातेको: ‘परान’ सहित नयाँ फिल्मले उत्साहजनक व्यापार

  • कुराकानी

  • सोमवार, कार्तिक २५, २०८२

  • 5
    SHARES
नेपाली बक्स अफिस तातेको: ‘परान’ सहित नयाँ फिल्मले उत्साहजनक व्यापार

काठमाडौं । यतिबेला नेपाली फिल्म नगरीमा नयाँ उत्साह देखिएको छ। पछिल्लो समय रिलिज भएका फिल्महरूले हलमा राम्रो व्यापार गरिरहेका छन्। विशेषगरी फिल्म ‘परान’ ले दर्शकको ध्यान तान्दै बक्स अफिसमा बलियो सुरुवात गरेको छ।

पहिलो दिन करिब ६ लाख रुपैयाँ कमाएको ‘परान’ ले अहिले सम्म ३ करोड ७१ लाख ३६ हजार ५५३ रुपैयाँ आम्दानी गरेको बक्स अफिस रिपोर्टले देखाउँछ। फिल्म हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका कारण टिकटको माग उच्च रहेको हल सञ्चालक बताउँछन्। शोहरू बढाइँदै जाँदा कतिपय हलमा टिकट पाउनसमेत मुस्किल भइरहेको छ।

फिल्मका निर्माता रञ्जित आचार्यका अनुसार सुरुवाती २–३ दिन मौसमलगायतका कारण केही चाप कम भए पनि अहिले फेरि क्रेज बढेको छ। “दर्शकको प्रतिक्रिया उत्साहजनक छ,” आचार्य भन्छन्।

त्यसैगरी, हाल प्रदर्शनमा रहेका अन्य फिल्महरूको बक्स अफिस रिपोर्ट यसप्रकार छ—

  • Jerry On Top:
    टिकट बिक्री: ३ लाख ७५ हजार ८१
    ग्रस आम्दानी: ११ करोड ७१ लाख ४१ हजार ४९८ रुपैयाँ

  • Paran:
    टिकट बिक्री: १ लाख २८ हजार ६७९
    ग्रस आम्दानी: ३ करोड ७१ लाख ३६ हजार ५५३ रुपैयाँ

  • Barista Balaram:
    टिकट बिक्री: ८५ हजार ३५६
    ग्रस आम्दानी: २ करोड ५६ लाख ५७ हजार ९२९ रुपैयाँ

  • Maijaro:
    टिकट बिक्री: ३५ हजार १७६
    ग्रस आम्दानी: १ करोड ४ लाख २९ हजार २२८ रुपैयाँ

  • Soltini:
    टिकट बिक्री: ८ हजार ९४५
    ग्रस आम्दानी: २९ लाख ५ हजार ९५६ रुपैयाँ

दर्शकको आकर्षण, प्रचार र सकारात्मक ‘वर्ड अफ माउथ’ सँगै फिल्म नगरीमा हाल उत्साहजनक माहोल कायम भएको देखिन्छ।


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology