वेव सिरिज समीक्षा

 मन्कलासँग जाने हैन त डेट?

 मन्कलासँग जाने हैन त डेट?

नेपाली र अमेरिकी कल्चरको बिचमा बसेर तयार पारिएको यो सिरिजले महिलाको दृष्टिकोणलाई मज्जासँग देखाएको छ ।

  • पुष्पा थपलिया

  • बिहिबार, कार्तिक २८, २०८२

  • 32
    SHARES
 मन्कलासँग जाने हैन त डेट?

कुराकानी । मन्कला अहिले ३० बर्षकी भइन् । उनि अमेरिको न्युयोर्कमा बस्छिन् । त्यहाँकै रहनसहनमा घुलमिल पनि भइरहेकी छिन् ।

नेपालबाट तारान्तार भिडियो कल गरेर अव त बिहे गर्नेपर्छ भनेर उनकी आमाले वाक्कै पारिसकिन् । उनलाई पनि नर्सिङ् पढ्न ग्रिनकार्ड चाहिएको छ र त्यसको सटकट बाटो त ग्रिनकार्ड होल्डरसँग बिहे नै हो ।

अब मन्कलाको थर, गोत्र, नेपालको पहाड घर कता अनि उनलाई कस्ता केटा मनपर्छन् सबै थाहा पाउन वेव सिरिज मन्कला नै हेर्नुपर्ने हुन्छ । न्यु इनभिजन प्रोडक्सनको युट्युव च्यानलमा यो सिरिजको पहिलो एपिसोड सार्वजनिक भइसकेको छ । अरु कुराहरु चाहिँ आफै हेरेर थाहा पाउनुहोला ।

अब लागौं मन्कला वेव सिरिजको पाइलट एपसोड कस्तो छ त भन्ने तर्फ

पहिलो एपिसोड सार्वजनिक भएको यस सिरिजको अव ५ ओटा थप एपिसोडहरु सार्वजनिक हुन बाँकी छ । त्यसपछि पहिलो सिजनको अन्त्य हुनेछ । तपाईँहरुले नै साथ र माया दिनुभयो भने के थाहा त्यसअघि पनि मन्कलाले निरन्तरता पाउलिन् कि ?

यो सिरिजलाई ओम राज रावत र प्रमोद विश्वकर्माले संयुक्त रुपमा लेख्ने र निर्देशन गर्ने काम गरेका हुन् । पहिलो एपिसोडमा आयुषा सञ्जेल क्षेत्री, मीन भण्डारी, लिजा पौडेल, ल्हाक्पा डोल्मा, ओमराज राउत लगायतको अभिनय देख्न सकिन्छ ।

भिडियोमा समीक्षा हेर्ने हो र?

 

यसको मुख्य भुमिका निर्वाह गरेकी मन्कला अर्थात आयुषा सञ्जेल क्षेत्रीको कुरा सबैभन्दा पहिले गरौं है त । उनले अभिनय गरेको यस भुमिकामा मिलिनियल अर्थात जेन वाई जेनेरेशनकी अविवाहित युवतीको झल्को महशुष गर्न सक्छौं । अमेरिकामा मात्रै हैन मन्कला दिदी हाम्रै वरीपरी पनि हस्याङ् फस्याङ् गर्दै डेटिङ् तिर कुदिरहेको अनुभूति उनको अभिनयले दिन्छ ।

मन्कला स्मार्ट छिन्, क्यापेवल छिन् । उनलाई जोडी मिल्ने केटा न्युयोर्कमा त के पुरै विश्वमै पाइँदैन भन्ने पनि उनलाई लाग्छ । जे होस् मन्कला दिदी हाम्रो दिमागबाट सजिलै जानेवाली छैनन् ।

उनि नेपाल जस्तो सानो देशबाट न्युयोर्क जस्तो ठुलो शहरमा पनि आफूलाई बोकेर हिँड्न सफल छिन् । मन्कला पात्रको अभिनय एकदमै प्राकृतिक छ । आयुषाले मन्कलाको अभिनय मात्रै गरेकी छैनन् त्यस भुमिकामा बाँचेकी पनि छन् ।

त्यस्तै अर्को पात्र छन् रमेश । रमेशको भुमिका निर्वाह गरेका छन् मीन भण्डारीले । उनि न्युयोर्कमा बस्ने ग्रिनकार्ड होल्डर केटा हुन् । उनि युवतिको वाहिरी आवरण हेर्दिन, मनको सुन्दरता ठुलो हो भन्नेखालको देखाउँछन् तर उनिभित्र नेपाली पाराको पुरुषत्व भने छ । पहिलो एपिसोड हेरिसक्नुभएको छ भने बाथरुम वाला इन्सिडेन्ट सम्झनुस् त, हाँस्नेवाला भनेको हैन क्या रमेशले मन्कलालाई कुन रुपमा हेरिरहेको थियो भन्ने कुरा गरेको । पुरुषहरु महिलालाई बुझ्दै नबुझी कस्तो बुझेको जस्तो स्वाँङ् पार्छन् नि । हो त्यहि कुरालाई रमाइलो पारामा प्रस्तुत गरिएको छ । त्यहाँ रमेश एकैचोटी बिचरा र घृणाको पात्र बन्छन् । त्यो समयमा उनको अभिनय एकदमै प्राकृतिक लाग्छ । मलाई चाहिँ मन्कला र रमेशको सम्बन्ध गज्जवकै लाग्यो ।

सिरिजमा अन्य कलाकारहरुको भुमिका भने थोरै तर एकदमै मिनिङफूल छ । उदाहरणका लागि मन्कलालाई सम्बन्धप्रति विश्वास नै नलागेको समयमा मानुषी र उसको श्रीमानको झगडा पर्छ । अनि एक्लो जीवन भन्दा मिङ्गल नै ठिक हुन्छ क्यारे भन्ने लाग्दा उज्वल र विनिता अनि मानुषी र उसको श्रीमानको लवी-डवी वाला सम्बन्ध देखाइन्छ ।

नचाहिँदो कलाकार हालेर सिरिज यता न उताको नवन्न नर्माण टीम सचेत छ भन्ने कुरा यहिँबाट थाहा हुन्छ ।

सिरिजको पटकथा पनि एकदमै मज्जाको छ । दर्शकलाई मन्कला एक्लैले बाँधेर राख्न सक्ने खालको छ । उसको मनसपटलमा घुमेका कुरा र दृष्टिकोणलाई पर्दामा सजिलोसँग उतारिएको छ ।

यसको ब्याकग्राउन्ड म्युजिक र एम्वियन्स साउन्ड अर्को गज्जवको पाटो हो । यसमा रअ भ्वाईसहरु नै प्रयोग गरिएको छ । जसले गर्दा केहि संवाद बुझ्न गार्हो भएपनि फिल भने नेचुरल दिन्छ ।

एकदमै कम संवादहरु प्रयोग गरिएको छ र पात्रहरुको मनोदशालाई क्यामराबाटै देखाउने प्रयास गरिएको छ । यो पनि मज्जाको लाग्यो ।

नेपाली र अमेरिकी कल्चरको बिचमा बसेर तयार पारिएको यो सिरिजले महिलाको दृष्टिकोणलाई मज्जासँग देखाएको छ ।

मन्कलाले त रमेशलाई च्यालेन्ज दिइहालिन्, “तँ भन्दा राम्रो, सिटिजन भा‘को पढेलेखेको केटा पाएन भने, मेरो नाम मन्कला हैन भनेर ।”

अब के होला त? मन्कलाले भनेजस्तै केटा पाउलिन् या रमेशसँगको मिसअन्डरस्ट्याण्ड मेटिएला । थाहा पाउन नयाँ एपिसोड त हेर्नै पर्यो,  कि कसो ?

वेव सिरिज पनि हेर्दिम न त !

 

 


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology