बेनिशा हमाल अब ‘तारा’

बेनिशा हमाल अब ‘तारा’

  • कुराकानी

  • सोमवार, चैत्र ९, २०८२

  • 1
    SHARES
बेनिशा हमाल अब ‘तारा’

कुराकानी । अभिनेत्री बेनिशा हमालले नाटक ‘सेतो धरती’ बाट रंगमञ्चमा डेब्यू गर्ने भएकी छन् । कान्तिपुर फिल्म एकेडेमीले मञ्चन गर्न लागेको नाटकमा उनी शीर्ष पात्र ताराको रोलमा देखिने भएकी हुन् ।

अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धरती’ लाई एकेडेमीले नाटकको रुपमा मञ्चन गर्न लागेको हो ।

पछिल्लो समय फिल्ममा भिन्न-भिन्न चरित्रमार्फत दर्शकको मन जितेकी बेनिशाको यो थिएटर डेब्यू हो । केही समय अष्ट्रेलियाको बसाइपछि नेपाल आएर उनी थिएटरमा जोडिएकी हुन् ।

नाटक गर्नकै लागि उनले अबको २ महिना कुनै पनि फिल्मलाई समय नदिएको बुझिएको छ ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology