फिल्म समीक्षा

फिल्म ‘नाङ्गो गाउँ’ : मुल कथा नै कमजोर

फिल्म ‘नाङ्गो गाउँ’ : मुल कथा नै कमजोर

फिल्मको बिषयबस्तु गम्भिर भएपनि पटकथा कमजोर भएकाले फिल्म कमजोर बन्न पुग्यो । यसको मुल कथामा समेत समस्या भएकाले जगै कमजोर देखियो ।

  • कुरौटेपाटी

  • शनिबार, भदौ ३०, २०८०

  • 287
    SHARES
फिल्म ‘नाङ्गो गाउँ’ : मुल कथा नै कमजोर

काठमाडौं । इमान्दार शिक्षक पासाङ तामाङ (दयाहाङ राई) विद्यालयलाई राजनीतिबाट टाढा राख्न चाहन्छन् । तर बिडम्बना, सक्दैनन् । देश संघीयतामा गइसकेपछि विद्यालय शिक्षा स्थानिय सरकारको मातहतमा छ । केन्द्र सरकारले पठाएको तलव समेत स्थानिय सरकारको हातबाट मात्रै विद्यालयले पाउँछ । स्थानिय सरकार रुष्ट भए शिक्षकको घर समेत चल्दैन । यहि हविगत छ, पासाङको विद्यालयको पनि ।

गाउँपालिका अध्यक्ष जरी लामा (शिशिर बांग्देल) ले हस्ताक्षर नगरिदिँदा महिनौं भयो, पासाङ लगायत अन्य शिक्षकहरुले तलव नपाएको । उल्टै शिक्षण योग्यता नभएको पार्टी कार्यकर्तालाई बिद्यालयमा जागिर खुवाउन दबाब दिन्छ जरीले । आफ्नै छोरालाई प्रयोग गरेर, कार्यकर्तालाई नेपाली शिक्षकको रुपमा भर्ति नलिएको भन्दै बिद्यालयमा ताला लगाउँछ ।

आम जनताको छोराछोरीको भविष्यमा लापर्बाही गरेकाले हेड मास्टर, पासाङ लगायत अन्य शिक्षकलाई यो कार्य सह्य हुँदैन । ताला खुलाउने माग सहित शिक्षकहरु जरीको घर पुग्छन् । हरेक बिकास निर्माणमा भ्रष्टाचार गरेपनि बिद्यार्थीको भविष्यमाथी खेलबाड नगर्न आग्रह गर्छन् । जरी पनि अडिग छ । आफुले पठाएको कार्यकर्ता भर्ति नगरेसम्म बिद्यालयको ताला नखोल्ने बताउँछ । अत्ति भएपछि रिसको झोकमा पासाङले सम्पुर्ण गाउँपालिकाबासी अध्यक्षसँग रुष्ट भएको तर अगाडी भन्न नसकेको बताउँछ ।

सबै गाउँले रुष्ट छन् भन्ने बित्तिकै जरीको आत्मसम्मानमा ठेस पुग्छ र पासाङलाई ४ महिनापछि हुने स्थानिय निर्वाचनमा उठेर जित्न चुनौती दिन्छ । चुनावमा उठ्ने भएमात्रै बिद्यालयको ताला खोलिदिने जरीको अडान हुन्छ ।

सबै गाउँले रुष्ट छन् भन्ने बित्तिकै जरीको आत्मसम्मानमा ठेस पुग्छ र पासाङलाई ४ महिनापछि हुने स्थानिय निर्वाचनमा उठेर जित्न चुनौती दिन्छ । चुनावमा उठ्ने भएमात्रै बिद्यालयको ताला खोलिदिने जरीको अडान हुन्छ ।

हुँदाखाँदाको सरकारी जागिर छाडेर पासाङले उम्मेद्धारी दिन्छ । चुनावलाई रोचक बनाउने भन्दै जरीले सर्त राख्छ, जसले चुनाव हार्छ, उ मतगणना स्थलबाट नाङ्गै घर जानुपर्ने ।

चुनावमा कसको हार, कसको जित होला त ? जरी र पासाङमध्ये को नाङ्गिएला ? थाहा पाउन फिल्म हेर्नुपर्ने हुन्छ ।

गएको स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेरद्धारहरु बालेन शाह, हर्क साङपाङ लगायतको अप्रत्यासित जितको प्रभाव नेपाली फिल्महरुमा देखिन थालेको छ । फलस्वरुप राजनीतिक फिल्महरु बन्न थालेका छन् । म त मर्छु कि क्या हो, छक्का पञ्जा ४, प्रसाद २ लगायत हालै प्रर्दशनमा आएको फिल्म एैचों पैचोंमा समेत चुनावी गमागर्मी मुख्य कथा बनेको छ ।

फिल्ममा सबैभन्दा सशक्त अभिनय शिशिर बांग्देलको छ । एन्टागोनिष्टको भुमिकामा उनको अभिनय बलियो छ । उनमा भएको घमण्ड र शानले सामन्ती प्रवृत्तिलाई झल्काएको छ । त्यस्तै, जरीको छोराको भुमिकामा रहेका अंकित खड्काले गरेको अभिनयले पनि फिल्मको कथालाई अगाडी बढ्न सहयोग पुगेको छ । उनको गेटअपदेखि बोलेका हरेक संवादले दर्शक हाँस्छन् ।

नाङ्गो गाउँ पनि चुनावको बिषयबस्तुमा बनेको फिल्म हो ।

कुरा सुरु गरौं फिल्मको बलियो पक्षबाट ।

नयाँ पुस्तामाझ नराम्रो छाप छाडेको राजनितीक कथामा फिल्म बन्नु नै यसको सबैभन्दा सकारात्मक पाटो हो । फिल्मले मतदाता शिक्षा अपुग र योग्य मानिस उम्मेद्धार नबनेकाले राजनीति खराव भएको हो, यो आफैमा नराम्रो बिषय हैन भन्ने प्रभाव छाड्न सफल छ । फिल्मले मतादाताहरुले गरेको सानो गल्तीले नेतृत्व छान्न कसरी गडबड हुन्छ भन्ने बिषय समेटेको छ ।

फिल्ममा सबैभन्दा सशक्त अभिनय शिशिर बांग्देलको छ । एन्टागोनिष्टको भुमिकामा उनको अभिनय बलियो छ । उनमा भएको घमण्ड र शानले सामन्ती प्रवृत्तिलाई झल्काएको छ । त्यस्तै, जरीको छोराको भुमिकामा रहेका अंकित खड्काले गरेको अभिनयले पनि फिल्मको कथालाई अगाडी बढ्न सहयोग पुगेको छ । उनको गेटअपदेखि बोलेका हरेक संवादले दर्शक हाँस्छन् ।

शंकरको भुमिकामा रहेका कर्माको अभिनय मौलिक छ, साम्राज्ञीलाई दिइएको भुमिका उनलाई सुहाउँदो छ । मिरुना मगरको अभिनय मौलिक छ तर उनि हुनु र नहुनुले फिल्मलाई खासै प्रभाव पार्दैन । दयाहाङ राईको अभिनय पुरानै छ, उनले नयाँपन दिन सकेका छैनन् ।
फिल्ममा प्रयोग गरिएको गीतहरु खासै सम्झन लायकका छैनन् । फिल्मको कथालाई अगाडी बढाउन यी गितहरुको भुमिका छैन ।

ब्याकग्राउण्ड म्युजिक मध्यम छ । फिल्मको छायांकनमा केहि सटहरु राम्रा छन् । उदाहरणका लागि नयाँ त हैन, तर दुई उम्मेद्धार बाटोमा भेट भइसकेपछिको खिचाई सुन्दर छ । केहि सिम्बोलिक दृष्यहरु पनि फिल्ममा अटाएका छन् ।

ब्याकग्राउण्ड म्युजिक मध्यम छ । फिल्मको छायांकनमा केहि सटहरु राम्रा छन् । उदाहरणका लागि नयाँ त हैन, तर दुई उम्मेद्धार बाटोमा भेट भइसकेपछिको खिचाई सुन्दर छ । केहि सिम्बोलिक दृष्यहरु पनि फिल्ममा अटाएका छन् ।

फिल्ममा मेहनत देखिन्छ तर केहि कमजोरीहरु सुधार्न सकेको भए अझै राम्रो हुन्थ्यो । कारण, गम्भिर बिषयमा फिल्म बनेपनि यो कुनै संस्थाबाट पैसा लिएर बनाइएका सन्देशमुलक टेलिश्रृखलाभन्दा माथी भने उठ्न सकेको छैन । यो फिल्मलाई चुनावताका निर्वाचन आयोगले टोलटोलमा देखाउने हो भने मतदाता शिक्षा भने गज्जवको हुन्छ ।

अब कुरा गरौं यसभित्र भएका कमजोरीका बारेमा । यसको सबैभन्दा ठुलो कमजोरी पात्रको चरित्र लेखन हो ।

यि र यस्ता धेरै घटनाहरु फिल्ममा देखाइएका छन्, जसले प्रमुख पात्र स्थिर छैन भन्ने देखाउँछ । निर्णय लिन नसक्ने कमजोर पात्र निर्माण भएकाले दर्शकले उक्त पात्रलाई अनुभुत गर्न सक्दैनन् ।

फिल्ममा दर्शकले हिरोलाई आफु ठान्छ । त्यसैले प्रोटागोनिष्टको चरित्र लेख्दा दर्शकको भावना समेट्न सक्ने बनाउन जरुरी छ । तर फिल्ममा पासाङको भुमिका निकै कमजोर छ । पासाङको चरित्र निर्णय लिन नसक्ने, सानातिना कुरामा पनि परिवर्तन भइहाल्ने स्वभावको बनाइएको छ ।

उदाहरणका लागि, मेडिकल चलाउने मधेशी पात्रले उचालेको भरमा उ गाउँपालिका अध्यक्षसँग लड्न जान्छ, चुनावमा उठ्दिन भन्छ तर फेरि श्रीमतीले उठ् भन्यो भनेर उठ्छ । आफुलाई सहयोग गर्छु भनेर हिडेकाहरुले साथ दिएन भनेर उम्मेद्धारी फिर्ता लिन्छु भन्छ फेरि गाउँले रिसाए भनेर चुनाव लड्छ । कहिले जनताको साथ छ भन्छ, कहिले जनताले साथ दिएन भनेर रोइलो गर्छ ।

यि र यस्ता धेरै घटनाहरु फिल्ममा देखाइएका छन्, जसले प्रमुख पात्र स्थिर छैन भन्ने देखाउँछ । निर्णय लिन नसक्ने कमजोर पात्र निर्माण भएकाले दर्शकले उक्त पात्रलाई अनुभुत गर्न सक्दैनन् ।

त्यस्तै, पात्रलाई इमान्दारीताको पगरी गुथाएर देशमा सोझा मानिसको काम छैन भन्नेखालको अन्त्य देखाइएको छ । सबै दोष मतदातालाई देखाएर इमान्दार मानिसले गाउँ छाडेको देखाउनु पलायनबादी सोच हो । यस्ता पात्रमा दर्शकले आफुलाई देख्न चाहँदैन । त्यसैले प्रमुख पात्र र दर्शकको जस्तो सम्बन्ध बन्नुपथ्र्यो, त्यस्तो बन्दैन । पात्रसँग भावनात्मक सम्बन्ध नबन्ने बित्तिकै दर्शक त्यसमा रम्न सक्दैनन् ।

कर्माले अभिनय गरेको शंकर पात्र सुरुमा सशक्त थियो तर त्यसलाई अन्त्यमा जस्तो देखाइयो, त्यसले पनि पात्रलाई न्याय दिन सकेन । आफुले सम्मान गरेको मानिसको कपडा खोल्दा समेत दर्शकहरुमा करुणा पैदा हुन नसक्नु फिल्मको अर्को कमजोर पाटो हो ।
फिल्ममा मिरुनाको अभिनय रहेको निमा पात्रलाई एकदमै कमजोर देखाइएको छ । भुमिका पनि निकै कम दिएकाले उनि फिल्ममा अटाउनु र नअटाउनुको कुनै औचित्य छैन।

फिल्मको बिषयबस्तु गम्भिर भएपनि पटकथा कमजोर भएकाले फिल्म कमजोर बन्न पुग्यो । यसको मुल कथामा समेत समस्या भएकाले जगै कमजोर देखियो ।

१०४ बर्षिय राणा शासन, पञ्चायत हुँदै बल्ल कागजी रुपमा वाक् तथा अभिब्यक्तिको स्वतन्त्रता उपभोग गर्न थालेका नेपाली मतदातालाई पैसा र रक्सीमा बिकेको आरोप लगाउन हतार गरिहाल्न हुँदैन्थ्यो कि !

मुल कथा कमजोर हुनुको कारण हरेक दोष मतदातालाई थुपार्नु हो । नेपाल अझै पुर्ण साक्षर बन्न सकेको छैन । कतिपय बिकट ग्रामिण स्थानमा अहिलेका नयाँ पुस्ताले समेत पढ्ने अधिकारबाट बञ्चित हुनुपर्ने अवस्था छ ।

शैक्षिक बेतिथीहरु धेरै छन् । संस्थागत बिद्यालय दिनानुदिन महंगो भइरहेको छ । सामुदायिक बिद्यालयमा स्थानिय सरकारको हस्तक्षेप बढेसँगै पठनपाठन झनै कमजोर हुँदै गइरहेको छ । यस्तो अवस्थामा फिल्म ‘नाङ्गो गाउँ’ ले उल्टै जनताको क्षमतामा प्रश्न उठाएको छ । समस्या नेतामा हैन, मतदातामा छ भन्ने भाष्य सिर्जना गरेको छ ।

१०४ बर्षिय राणा शासन, पञ्चायत हुँदै बल्ल कागजी रुपमा वाक् तथा अभिब्यक्तिको स्वतन्त्रता उपभोग गर्न थालेका नेपाली मतदातालाई पैसा र रक्सीमा बिकेको आरोप लगाउन हतार गरिहाल्न हुँदैन्थ्यो कि !

मतदाता शिक्षामा लगानी नगर्ने, गतिलो नेता उत्पादन नगर्ने र चुनाव लड्नका लागि साम, दाम, दण्डभेद सबै अपनाउनेहरुको सट्टा जनताले बिकेर चुनावमा राम्रा नेता छानिदिएनन् भन्नु अन्याय हुनजान्छ भलै यसमा बास्तविकता लुकेको होस् ।

समग्रमा फिल्मले उठाएको बिषय जायज छ । नेपालको राजनितीमा चासो हुनेहरुले फिल्म ‘नाङ्गो गाउँ’ हेर्न छुटाउँदा हानी हुनेछ । फिल्ममा मतदाताहरु किन रक्सी र मासुमा बिके भन्नेबारे पनि खुलाइदिएको भए मज्जा आउनेथियो ।

निर्देशक दिपेन्द्र लामा, पहिले फिल्म समिक्षक थिए । उनले गरेका फिल्मका निर्मम समिक्षाहरुको फ्यान धेरै छन् । उनैले खनेको बाटोमा हिड्ने कोशिस गरेकाले लामाका फिल्ममा निर्मम समिक्षा गर्ने हक छ । किनभने आउने फिल्ममा यस्ता समस्या नदेखियोस् । कमसेकम उनि जत्तिको निर्देशकले बलिउडको फर्मुला पछ्याएर फिल्म निर्माण नगरुन् ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology