फिल्म समीक्षा

दिमाग खराब: बैकल्पिक शक्तितिर ढल्किँदा मुल मुद्धाले बाटो बिरायो

दिमाग खराब: बैकल्पिक शक्तितिर ढल्किँदा मुल मुद्धाले बाटो बिरायो

फिल्म निर्माणकर्ताको ध्यानमा बैकल्पिक शक्ति हावी हुँदा यो कतै अहिले जन्मिरहेका राजनितीक पार्टीहरुलाई खुशी बनाउन तयार पारिएको प्रोपोगान्डा फिल्म त हैन भन्ने अनुभुति समेत हुन्छ ।

  • कुराकानी

  • शुक्रबार, मंसिर १, २०८०

  • 150
    SHARES
दिमाग खराब: बैकल्पिक शक्तितिर ढल्किँदा मुल मुद्धाले बाटो बिरायो

काठमाडौं ।  इन्द्र शर्मा (खगेन्द्र लामिछाने) खाली खुट्टा एयरपोर्ट पुगेको दृष्यबाट फिल्म सुरु हुन्छ । बिभिन्न घटनाक्रम चल्छ र चुनावमा गएर फिल्म सकिन्छ । तर फिल्मभर धेरै पात्रहरुको दिमाग खराब हुन्छ । कसले कसलाई कसरी दिमाग खराब गर्छ त ? त्यो हेर्न भने हलमै पुग्नुपर्ने हुन्छ । नेपालभरका हलहरुमा शुक्रवारदेखि फिल्म चलिरहेको छ ।

फिल्ममा दुइओटा कथा छ । एक बैदेशिक रोजगारीमा जान प्रयास गरिरहेको अतिन्युन आर्थिक अवस्थाको परिवारको कथा । र अर्को देशमा चलिरहेको पुराना राजनितीक दलको गतिविधी र बैकल्पिक शक्तिबीचको उतारचढाव । दुबै कथामा खासै नौलोपन नभेटिएपनि कथा भन्ने शैली रोचक छ । दुबै कथाले बर्तमान देशलाई देखाउने कोशिस गरेको छ ।

फिल्मको अभिनयबारे चर्चा गर्दा यसमा अभिनेत्री स्वस्तिमा खड्काले सबैको मन जित्न सफल भएकी छन् । उनको अभिनय निकै परिपक्व बन्दै गएको छ । अन्य फिल्महरुको तुलनामा उनि यसमा बलियो चरित्रका साथ पर्दामा उपस्थित भएकी छन् ।

चरित्रमा अब्बल अभिनय गर्न सफल अर्का कलाकार हुन्, बिजय बराल । बलेको भुमिकामा उनको काम गज्जवको छ । फरक फरक चरित्रमा न्याय दिइरहेका बिजयको अनुहारको भावभंगी र आँखाबाट गरिएको अभिनयले दर्शकलाई उनितर्फ खिचिन बाध्य बनाउँछ ।
खगेन्द्र लामिछानेको पात्र र अभिनयलाई पशुपति प्रसादमै हेरिसकिएको हो । त्यसैको पात्र टपक्क टिपेजस्तो अनुभूति हुन्छ । दयाहाङ राइको अभिनयमा पनि खासै नौलोपना भेटिँदैन ।

फिल्ममा चुकेको पाटो भनेको केहि क्षेत्रमा अनुशन्धान पनि हो । किसानको कथा भन्नुअघि कृषि अनुदान र बैंकका क्रृणहरुबारे अध्ययन गरिदिएको भए फिल्म झनै यथार्थपरक लाग्थ्यो । नेपालमा भएका कानुनहरुलाई गम्भिर रुपमा हेरेर त्यसको बास्तविक चित्र उतार्न सकेको भए मज्जा आउँथ्यो ।

फिल्ममा सशक्त इन्ट्री तर फितलो अभिनय भने हरि प्रसाद बराल (अर्पण थापा) को छ । उनलाई जुन तरिकाले खिचिएको छ, त्यहि स्तरको अभिनय गर्न सकेका छैनन् । उनि शान्त स्वभावका छन् । खासै कुटिल पनि छैनन् । बस् उनका दाइने हात बलेले गरेका गल्ती सच्याउनतिर उनको समय बितेको देखाइएको छ । बैकल्पिक शक्ति नै आवस्यक पर्ने गरी क्रान्ति आवस्यक भएको ठाउँमा उनको पात्रलाई अझै बलियोसँग प्रस्तुत गरेको भए मज्जा आउँथ्यो । उनको अभिनयले खास प्रभाव नपारेपनि आँखामा बिजाउने खालको भने छैन ।

फिल्ममा राखिएका गीतहरुले कथा अगाडी बढाएको छ । ठाउँ ठाउँमा आएका हाँस्य रस र सरल संवादले दर्शकहरुलाई तानिरहन फिल्म सफल छ ।

फिल्मको खिचाइमा नौलोपना छ । सिम्बोलहरुको प्रयोग खिचाइमा पर्याप्त मात्रामा छ । दिमाग खराब हुँदा घुमेको क्यामरादेखि बर्ग देखाउँदा बारम्बार आएको जुत्ता र चप्पलले धेरै कुराहरुलाई सहज बनाइदिएको छ । ब्यवसाय गर्न चाहने युवाको बोर्ड शौचालयको ढोका बनेकोदेखि क्यामरा होल्ड भएको सम्मका दृष्यले कथा भनेको छ ।

पटकथा नै कमजोर, कथा नै कमजोर । नेपाली फिल्ममा यो पंक्ति धेरै दोहोरिए । तर सायद स्कृप्ट डाक्टरको कमाल हुनसक्छ, पटकथा अन्य फिल्मको तुलनामा यो फिल्ममा केहि सुधारिएको छ । तर फिल्मको कथा सजिलै अनुमान गर्न सकिने र ट्वीष्ट आउँदा पनि दर्शकले ‘मैले भनेको हैन यस्तो हुन्छ भनेर’ भन्नेखालको बनेको छ ।

फिल्म निर्माणकर्ताको ध्यानमा बैकल्पिक शक्ति हावी हुँदा यो कतै अहिले जन्मिरहेका राजनितीक पार्टीहरुलाई खुशी बनाउन तयार पारिएको प्रोपोगान्डा फिल्म त हैन भन्ने अनुभुति समेत हुन्छ ।

केहि बिषयमा भने स्कृनप्लेले अलि कथा स्पष्ट नपारेको भान हुन्छ । उदाहरणका लागि फिल्ममा टाइमफ्रेम र लोकेशन स्पष्ट छैन ।
फिल्मले कुन कालखण्डको कथा भनेको हो दर्शकले स्पष्ट बुझ्न सक्दैनन् । यदि त्यो कथा अहिलेको थियो भने, एकछाक खाने गरिवले पनि चाइनाले सस्तोमा दिएको स्मार्ट फोन बोकेको हुन्छ । सबैको हातमा नहोला, परिवारमा एक सदस्यको हातमा अवश्य एक स्मार्ट फोन हुन्छ ।

फिल्ममै पनि त्यहाँका गाउँलेहरुले स्मार्ट फोन मार्फत युट्युवर र अभियान्ताको भिडियो हेरेको देखाइएको छ । तर फिल्मको मुख्य पात्र भने मेमोरी बोकेर अरु कहाँ भिडियो हेर्न गएको देखिन्छ । त्यसैले उ कुन समयमा बाँचिरहेको पात्र हो छुट्याउन मुस्किल पर्छ । मुख्य पात्रले नपढेको पनि हैन, उ पढेलेखेको मानिस हो यदि मेमोरी फोनमा लगाउन आउँदैन कि भन्ने हो भनेपनि ।

त्यस्तै, फिल्ममा अन्योलको अर्को बिषय रहेको छ, लोकेशन । फिल्मका अधिकांश दृष्य गाउँमा छायांकन भएका छन् भने केहि दृष्य काठमाडौंमा पनि खिचिएको छ । कथा थाहा नदिइकन भन्दा गाउँ र शहरबीचको कनेक्स खासै बिश्वासिलो छैन । सुचिको माइति शहरमा थियो भने उ कसरी गाउँमा चुँडिएको चप्पल लगाउनेसँग बिबाह गर्न पुगी । शहरमा माइती भएको तर छोरीकै भविष्यका लागि श्रीमान बिदेश पठाउन खोजेकी उनले किन गाउँमा अरुको घरमा भाँडा माझी, आफै शहर बसेर किन भाडा माझिन आदि आदि । हुन त यस्ता कुराहरुलाई फिल्म मेकरहरु फिल्मी उदारता (सिने लिवर्टी) का रुपमा लिन्छन् तर सामाजिक यथार्थबादी फिल्म बनाउँदा भने यी कुरामा ध्यान दिन पथ्र्यो जस्तो लाग्छ ।

अर्को कमजोर पक्ष भने फिल्ममा एन्टागोनिष्टको उपस्थिती हो । खलपात्रको भुमिका निकै कमजोर छ । हरिप्रसाद बराल (अर्पण थापा) को चरित्र लेखन र अभिनयले दर्शकको नजरमा उ खासै खराब प्रवृतिका छैनन्, जति फिल्मका प्रोटागोनिष्टले देखेको छ । उनका राइट ह्याण्ड बले (बिजय बराल) ले काम बिगार्दा त्यसको प्रभाव मात्रै खेपिरहेका छ खलपात्रले । त्यसैले फिल्ममा जति एन्टागोनिष्टप्रति घृणा पैदा हुनुपथ्र्यो त्यति हुँदैन । उनले भ्रष्टाचार समेत आफ्ना लागि नभई पार्टीका लागि गरेका छन् । त्यसैले फिल्मको द्वन्द अलि कमजोर हुनजान्छ ।

समग्रमा भन्ने हो भने, फिल्म सरल छ, सरस छ । यथार्थपरक कथामा रमाउनेहरुलाई फिल्म मनपर्छ । राजनितीक र समसामयिक बिषयमा बनेका उस्तै प्रकृतिका फिल्महरु यतिबेला हलमा लागिरहेका छन् । सबै फिल्म नबिराइ हेर्ने दर्शकका लागि भने फिल्ममा खासै नौलो केहि छैन ।

फिल्ममा चुकेको पाटो भनेको केहि क्षेत्रमा अनुशन्धान पनि हो । किसानको कथा भन्नुअघि कृषि अनुदान र बैंकका क्रृणहरुबारे अध्ययन गरिदिएको भए फिल्म झनै यथार्थपरक लाग्थ्यो । नेपालमा भएका कानुनहरुलाई गम्भिर रुपमा हेरेर त्यसको बास्तविक चित्र उतार्न सकेको भए मज्जा आउँथ्यो । फिल्म बैकल्पिक शक्तिलाई उभ्याउने बाटोतिर लाग्दा यी तमाम कुराहरु छु्ट्न पुगेको छ ।

फिल्म निर्माणकर्ताको ध्यानमा बैकल्पिक शक्ति हावी हुँदा यो कतै अहिले जन्मिरहेका राजनितीक पार्टीहरुलाई खुशी बनाउन तयार पारिएको प्रोपोगान्डा फिल्म त हैन भन्ने अनुभुति समेत हुन्छ । सानो उदाहरण दिउँ, चुनावमा प्रोटागोनिष्टले बोकेको झण्डा निलो रंगको छ, र एन्टागोनिष्टले बोकेको झण्डा रातो रंगको । फिल्मको क्लाइमेक्समा जनताहरु रातो रंगको झण्डालाई कुल्चेर निलोतिर बढेको दृष्य छ । यसले निलो रंगको झण्डा भएकाहरु खुशी हुनु स्वभाविक होला, तर रातो झण्डाको आइडोलोजी पनि खराव त हैन । नेतृत्वमा पुगेका ब्यक्ति भ्रष्ट हुन्छ तर पार्टी र त्यसको आइडोलोजी हैन । इतिहासका दिनहरुमा रातो झण्डाको योगदान भुल्न हुँदैन जस्तो लाग्छ । नत्र त निलो झण्डा बोक्ने नेतृत्वकर्ताहरुमा पनि त खराब प्रबृत्तिका ब्यक्तिहरु होलान् यसको अर्थ निलो झण्डा खराब त पक्कै हैन होला ।

समग्रमा भन्ने हो भने, फिल्म सरल छ, सरस छ । यथार्थपरक कथामा रमाउनेहरुलाई फिल्म मनपर्छ । राजनितीक र समसामयिक बिषयमा बनेका उस्तै प्रकृतिका फिल्महरु यतिबेला हलमा लागिरहेका छन् । सबै फिल्म नबिराइ हेर्ने दर्शकका लागि भने फिल्ममा खासै नौलो केहि छैन ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology