ट्रेलर समीक्षा

ब्राह्मणवादले देखेकोे दलितको कथा

ब्राह्मणवादले देखेकोे दलितको कथा

अनुभव र अनुभूति निकै फरक कुरा हो । गैरदलितले अनुभूति गरेर बनाएका फिल्ममा दलित समुदायले अपनत्व महसुस गर्न सकुन् सम्पुर्ण फिल्म निर्माण टोलीलाई धेरै शुभकामना ।

  • कुराकानी

  • मङ्लबार, जेष्ठ ८, २०८१

  • 379
    SHARES
ब्राह्मणवादले देखेकोे दलितको कथा
pujar-sarki

कुराकानी । शास्त्र पढे बाहुन भईन्छ ? यो प्रश्न हो, मैत बहादुरको । फिल्म पुजार सार्कीमा मैत बहादुरले सोधेको प्रश्नको उत्तर दिने हिम्मत फिल्मले राख्ला या नराख्ला, त्यो जेठ १० गते फिल्म प्रर्दशनमा आएपछि नै थाहा हुनेछ । 🙂

ट्रेलर हेर्दा मगर, दलित र बाहुन समुदायका व्यक्तिबीचको प्रेम सम्बन्ध र त्यसमा आएको उतार–चढावलाई देखाउन खोजेजस्तो देखिन्छ ।

मैत बहादुर, गाउँकै मगर जातकी छोरी ताकिरहेको छ । पुजार ब्राह्मण हुन् तर उनि आफु भन्दा तल्लो जातकी युवतीको प्रेममा छन् । दलित समुदायको युवायुवतीले आफु भन्दा माथीका जातसँग प्रेम सम्बन्ध राख्दा र विवाहको सपना देख्दा उनिहरुको जीवनमा के कस्ता उतार चढाव आउला त ? ट्रेलरमा देखाइएका कथाबस्तु यिनै बिषय वरपर घुमेको छ ।

यो फिल्मले केहि समयअघि अन्तरजातिय प्रेमकै कारण ज्यान गुमाएका नवराज वि.क. हरुको कथालाई समेत स्मरण गराउने आसा गर्न सकिन्छ ।

ट्रेलरमा, शास्त्र भन्ने शब्दले मुख्य भुमिका खेलेजस्तो लाग्छ । ‘ब्राह्मण जात हैन व्यवहार हो, शास्त्र पढे माने र मैते पनि बाहुन बन्छन् ।’ यस्ता संवाद फिल्ममा समावेश गरिएको छ । जसले यो फिल्म बाहुनवादको आँखाले भनेको दलितको कथा हो भन्नेमा दुई मत छैन । 🤭

फिल्ममा लेखक देखि निर्देशक अनि कलाकारसम्म गैरदलित समुदायबाट समावेश गरिएको छ । महिला कलाकारमा एक दलित कलाकार छिन्, अन्जना बराइली । उनि बाहेक अन्य सबै कलाकार गैरदलित छन् ।

अन्जनाको पनि ट्रेलरमा उपस्थिती नगन्य जस्तै छ । उनको प्रयोग, एक ब्राह्मणको प्रेमिका बन्न मात्रै प्रयोग गरिएको छ । यदि दलित समुदायकै मानिसहरुको संख्या फिल्ममा बढाउन सकेको भए फिल्ममा दलितको दृष्टिकोण पनि समावेश गर्न सकिन्थ्यो कि । खैर फिल्म कसको दृष्टिकोणबाट बनाइएको छ, त्यो थाहा पाउन भने फिल्म नै हेर्नुपर्ने हुन्छ । ट्रेलर हेर्दा भने दलित समुदायका व्यक्तिहरुको दृष्टिकोण कम, गैरदलित समुदायका व्यक्तिको दृष्टिकोण बढी भएजस्तो देखिन्छ । 😒

फिल्मको ट्रेलरमा प्रदिप खड्काको अभिनय आकर्षक पक्ष हो । प्रकाश फिल्ममा मौलिक अभिनय पस्केर सबैलाई चकित पारेका प्रदिपले यो फिल्ममा अझै तहल्का पिट्नेमा दर्शक ढुक्क छन् ।

त्यस्तै, आर्यन सिग्देलले पनि फरक प्रयास गरिरहेका छन् । पुजार सार्की जस्तो सामाजिक कथामा बनेको फिल्ममा उनको अभिनय हेर्न पाउनु पनि सकारात्मक पक्ष नै हो । पहिले चकलेटी लभर व्वाइ बनेर दर्शकको मन जितेका आर्यानले अचेल सामाजिक बिषयबस्तुमा बनेका फिल्ममा आफुलाई अगाडी बढाउनु र स्टारडम हैन, अभिनय कला चाहिन्छ भन्ने कुरालाई आत्मवोध गर्नु ठुलो उपलब्धि हो ।

ट्रेलर हेरेर अलि शंका उब्जेको बिषयबस्तु भनेको पटकथा नै हो । किनभने पहिले ‘प्रकाश’ फिल्म लेखिसकेका बिकास सुबेदीले त्यहाँ पनि दुर्गमको कोेटा प्रणाली र वर्गिय रुपमा दलितहरुलाई धनि वनाएर कथा भनेका थिए । जसको चौतर्फी बिरोध भएको थियो । अर्थात उनले कर्णालीलाई नबुझेर सुगममा बसेर दुर्गमको कथा भनेजस्तो देखिएको थियो । कर्णालीले अपनत्व महसुस गर्न नसक्ने गरेर उनले कथा लेखेका थिए ।

यस फिल्मको ट्रेलरमा पनि ब्राह्मण भनेको जात हैन, व्यवहार हो भनेर उनले बाहुनवादको पक्षपोषण गरेको जस्तो देखिन्छ । आसा गरौं, अघिल्लो फिल्ममा जस्तै यसमा पनि उनले ब्राह्मणवादको आँखाले कथा नभनेर दलितकै आँखाबाट कथा भनिएको होस् । 🤗

त्यस्तै, फिल्ममा केहि बन्दुकधारी मानिसहरूले बन्दुक पड्काएका दृष्य पनि समावेश गरिएकाे छ । उनिहरूले प्रयाेग गरेकाे पाेसाक नेपालमा पहिले र अहिले पनि कसले लगाएकाे छ, पत्ता लगाउन सकिएन । यस्ताे पाेशाक भारतका प्रहरीले भने लगाएकाे देखिएकाे छ । कथामा यी पाेशाकधारीकाे भुमिका के हाे त्याे पनि फिल्म प्रर्दशन पछि नै थाहा हुनेछ ।

पुजार सार्कीमा काम गर्ने प्रायःजसो फिल्मकर्मी गैरदलित समुदायबाट भएकाले दलितकै आँखाबाट कथा भन्न सकेको छ या छैन भन्ने अन्योलता भने बाँकी रहेको छ । अनुभव र अनुभूति निकै फरक कुरा हो । गैरदलितले अनुभूति गरेर बनाएका फिल्ममा दलित समुदायले अपनत्व महसुस गर्न सकुन् सम्पुर्ण फिल्म निर्माण टोलीलाई धेरै शुभकामना । 🥰

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology