कुराकानी । जन्मने बित्तिकै हिँड्न, कुद्न सक्ने एउटा बच्चा, जो तीन वर्षको उमेरमै अमेरिका जान तम्सेको छ । हो उ आईँ उर्फ नागरिकताको नाम लोकेन्द्र नेपाली !
उसको बुबाको नाम पनि आईँ हो जसको नागरिकता छैन तर ऊ राजेश हमालको डाई हार्ट फ्यान हो ।
यहाँ कुरा हुँदैछ तीन वर्षको पाडो र उसको बाउ राँगोको बारेमा ।
छोरो आईँ उसको बाउ जस्तो म:म बन्ने दिन कुर्न चाहँदैन । ऊ सपनाको देश अमेरिका जान चाहन्छ । तर उसँग औंठा छाप छैन । औंठा छाप छैन त भाग्य छैन । भाग्य छैन त उसको अमेरिकी सपना पनि छैन । के अब आईँले हार मान्ला या कर्ममा विश्वास गर्ला ?
अनि आईँ अमेरिका पुग्ला या म:म बन्ला, थाहा पाउन नाटक हेर्नुहोला । दिन थपेर अब में १८ सम्म नाटक मञ्चन हुन्छ कौशी थिएटर टेकुमा । आजै सिट सुरक्षित गर्नुहोला ।
नाटकले मानव जीवनलाई गज्जबको सटाएर हानेको छ, वायुपंखी बफेलो मार्फत । अहिलेको समसामयिक मुद्दालाई नाटकीय पाराले नाटकमै व्यङ्ग्य हान्नु चानचुने कुरा होइन । यो नै नाटकको सबैभन्दा बलियो पक्ष हो ।
नेपालका सरकारी निकायले पैसा खुवाए बफेलोलाई पनि नागरिकता दिन्छ, पासवर्ड दिन्छ । पैसा भए दुर्गेश थापा या साकिराहरु बफेलोको बोलावटमा गएर पनि नाच्छन्, गाउँछन् ।
पैसाको शक्तिमा घुँडा नटेक्ने त आखिर को छन् र, यी र यस्ता कुरालाई पनि नाटकमा मज्जासँग देखाईएको छ ।
फोटो हेर्नुस्: