लेक्स लिम्बु । यो नाम कुनै समय ब्लगका निम्ति निकै चर्चित थियो । उनले lexlimbu.com मा ब्लग लेखेकै भरमा कोहि ब्यक्ति अन्तराष्ट्रिय जगतमा परिचित हुन्थे ।
अहिलेको जस्तो मल्टिमिडीया र फोटो भिडियोको जमाना नहुँदा शब्दको शक्ति उनको कलममा भेट्थे lexlimbu.com का पाठकहरु ।
भर्खर teen age का लेक्स ब्लग लेख्दा मख्ख पर्थे । उनले लेखेका ब्लगमा इन्गेजमेन्ट पनि टन्नै थियो । कमेन्टहरु टन्नाटन आउँथे । वाद प्रतिवाद ब्लगको कमेन्ट सेक्सनमै पढ्न पाईन्थ्यो ।
फूलमा मौरी घुम्छ, फोहोरमा झिंगा । त्यस्तै मानिस भने नकारात्मक कुरामा बढी आकर्षित हुने रहेछन् भन्ने उनले थाहा पाएकै ब्लगमा आएका क्रिया प्रतिक्रियाले हो, जुन अहिले सामाजिक सञ्जालका भाइरल कन्टेन्टहरुले थप प्रमाणित गरिरहेका छन् ।
सानै उमेरमा इन्टरनेटबाट पहिचान बनाएका उनि यसलाई सहि तरिकाले चलाउन नजाने मानसिक स्वास्थमा गम्भिर असर पार्ने बताउँछन् । उनिसँगको थप कुराकानी भिडियोमा हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला है त 🤗