नेपाली फिल्म

दयाको फेरो समातेका विजय अब आमने-सामने

दयाको फेरो समातेका विजय अब आमने-सामने

दयाहाङ राईको फेरो समाउँदै बराबरको टक्करमा पुगेका विजय बरालको करियर जस्तै फिल्मको टीजर सार्वजनिक भएको छ ।

  • कुराकानी

  • बिहिबार, भदौ १९, २०८२

  • 25
    SHARES
दयाको फेरो समातेका विजय अब आमने-सामने

कुराकानी ।  दयाहाङ राईको फेरो समाउँदै बराबरको टक्करमा पुगेका विजय बरालको करियर जस्तै फिल्मको टीजर सार्वजनिक भएको छ ।

बलिष्ट बलराम नामको फिल्मको टिजरमा दया र विजयको टक्कर गज्जवसँग देख्न सकिन्छ ।

कबड्डीका सिरिज, जारी लगायतका हिट फिल्महरुमा दयाको सहायक पात्र भएर फिल्ममा देखिएका बिजय यो फिल्ममा भने उनकै सामुन्ने उभ्भिएका देखिन्छन् ।

मुख्य भुमिका निर्वाह गरेको पहिलो हिट फिल्म पुर्णबहादुरको सारंगीले करोडौंको ब्यापार गरेसँगै बिजयको ब्यस्तता बढेको छ । हालै उनले अभिनय गरेको फिल्म जनै हराएको मानिसले सोचे अनुरुपको ब्यापारिक सफलता हाँसिल नगरेपनि उनको अभिनयको भने व्यापक प्रसंसा भएको थियो ।

त्यसो त यो फिल्ममा दयालाई पनि अन्य पात्र भन्दा फरक चरित्रमा देख्न सकिन्छ । टिजर हेर्दा, दया भन्ने वित्तिकै दिमागमा आउने अल्छी, लोसे, सोझो र काजी चरित्रको ह्याङ्बाट यो फिल्मले उनलाई उतार्ला कि भन्ने आश गर्न सकिन्छ ।

दया र बिजय थियटरमा गुरु र चेला समेत हुन् । मण्डला थियटरले उत्पादन गरेका यी दुई कलाकरको नोकझोकले दर्शकलाई निराश नबनाउला ।

फिल्मको टिजरसँगै २ ओटा पोष्टरहरु पनि सार्वजनिक भएका छन् ।

हेर्नस् टिजर :

 

वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुँदैछ । पोस्ट प्रोडक्सनमा रहेको यो चलचित्र ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायत कलाकारको अभिनय छ ।

वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् । कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन् । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ को छायाकंन चितवनका विभिन्न स्थानमा गरिएको हो ।

मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । प्रशान्त शिवाकोटी र विशेष पाण्डेयको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

 


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology