थारु लोककला तथा मुर्तिकला रामगुलाम प्रथम

थारु लोककला तथा मुर्तिकला रामगुलाम प्रथम

  • कुरौटेपाटी

  • शनिबार, भदौ २३, २०८०

  • 232
    SHARES
थारु लोककला तथा मुर्तिकला रामगुलाम प्रथम

काठमाडौं । ‘थारु लोकचित्रकला तथा मूर्तिकला प्रशिक्षण कार्यशाला’ नामक प्रतियोगितामा रामगुलाम चौधरी प्रथम भएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र जानकी गाउँपालिकाको संयुक्त आयोजनामा भएको यस प्रतियोगितात्मक कार्यशालामा चौधरीले प्रथम पुरस्कार स्वरुप १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगितामा मेनु डगौराले ८ हजारसहित दोस्रो, राजकुमार रावत र अनिल चौधरी ६ हजारसहित तेस्रो, संगीता चौधरी एवं अञ्जु चौधरी र कृष्ण चौधरीले ४ हजारसहित सान्त्वना पुरस्कार पाएका हुन् ।

प्रतियोगितात्मक रुपमा गरिएको उक्त कार्यशालामा ३० जनाभन्दा बढी कलाकार सहभागी भएका थिए । जानकी गाउँपालिकाका ९ वटै वडाबाट सहभागिता रहेको उक्त प्रतियोगितात्मक कार्यक्रम अन्तर्गत सहभागीले आ–आफ्ना घरमा ‘अष्टिम्की चित्र’ बनाएका थिए ।

थारुले मनाउने कृष्णाष्टमी पर्वमा बनाउने अष्टिम्की चित्रमा कृष्ण, गोपिनी, पाण्डव, रावण लगायतका विषयलाई चित्रण गरिएको हुन्छ ।समापन समारोहमा गाउँपालिका उपाध्यक्ष लालमती कठरियाले थारुको मौलिक संस्कृति जोगाउन कार्यशाला प्रशिक्षण निकै सफल भएको बताए ।

उनले स्थानीयमा लुकेर रहेको प्रतिभालाई उजागर गर्न कार्यक्रमले निकै मद्दत पु¥याएको विचार व्यक्त गरेका हुन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’ले नेपालको मौलिक कला,संस्कृतिको जगेर्ना गर्ने लक्ष्य प्रतिष्ठानले लिएको बताउँदै कार्यशाला तथा प्रशिक्षणले नयाँ उत्साह थपेको बताए ।

उनले मौलिकता बचाउँदै रोजगारी र अर्थतन्त्रमा कलामार्फत योगदान दिनेुपर्नेमा जोड दिनुपर्ने बताए । भने, ‘जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले प्रतिष्ठानसँग मिलेर गरिएको कार्यक्रमले मौलिकता बचाउन र नयाँ पुस्तामा संस्कृतिप्रति सचेतना जगाउन मद्दत मिलेको छ ।’

थारुको घर चिन्ने मुख्य आधार थारु चित्रकला, मूर्तिकला भएको बताउँदै संस्कृति सकिँदा जीवनपद्धति हराएर जान लागेकोमा दुःख ब्यक्त गर्दै उनले भने, ‘मौलिकताको संरक्षणमा ध्यान दिँदै लोकचित्र तथा मूर्तिको विकासमा हामी ध्यान दिएर काम गर्न खोजिरहेका छौं ।’ अध्यक्ष चौधरीले तिनको संरक्षण पारम्परिक विधि अनुसार गरिने बताए ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology