फेस टु फेस

‘भष्मे डन’को क्रेज देखेर दंग छु: निर्देशक दिपेन्द्र के. खनाल (भिडियो सहित)

‘भष्मे डन’को क्रेज देखेर दंग छु: निर्देशक दिपेन्द्र के. खनाल (भिडियो सहित)

  • कुमार विनोद पौड्याल

  • बुधबार, कार्तिक १, २०८०

  • 448
    SHARES

नवरात्रीको दोस्रो दिन सोमबार । अभिनेतृ स्वस्तिमा खड्कालाई फ्यानसँग फोटो खिचाउन भ्याई नभ्याइ थियो । हुलमुलमा पनि मिठो मुस्कानका साथ फोटो खिचाइरहेकी उनी भर्खरै पशुपतिनाथ सामु घुडाँ टेकेर क्षमा पुजा गरेर फर्केकी थिइन् ।

फिल्म पशुपति प्रसाद २ः भष्मे डन, प्रर्दशनको संघारमा पनि यो टोली कसैलाई थाहा नदिई पशुपतिनाथको बेलुकी हुने आरतीमा पुगेको थियो । सुटुक्क पशुपतिनाथ पुग्नेमा स्वस्तिमासँगै अभिनेता, लेखक तथा निर्माता खगेन्द्र लामिछाने, निर्देशक दिपेन्द्र के खनाल लगायतको टोली थियो । फिल्मका मुख्य पात्र भष्मे डनको भुमिका निर्वाह गरेका बिपीन भने विबिध कारणबस क्षमापुजा गर्ने स्थलसम्म पुग्न सकेनन् ।

पारीपट्टी मरेको शरिर जलिरहँदा, यता पशुपति प्रसाद २ भष्मे डनको टोलीले कुनै भुलचुक भए माफ गरिदिन पशुपतिनाथसँग आग्रह गरिरहेका थिए । भजन, आरती र धुप बत्तिमा लठ्टीएर भक्तजनहरु झुमिरहेका माहोल निकै मनमोहक थियो ।

लामो समयदेखि फिल्म क्षेत्रलाई नियालीरहेका कुमार बिनोद पौड्याल निर्देशक दिपेन्द्र के खनाल पछ्याउँदै पशुपतिनाथ नै पुगेका थिए । उनलै सम्पुर्ण छायाँकन पशुपतिमै भएको फिल्म पशुपति प्रसार २, भष्मे डनबारे जिज्ञासा राखेका छन् ।

 

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology