
कुराकानी । अलिकति चोरेर दाग जुनको
अलिकति टिपेर रंग ईन्द्रेणीको
अनि
एउटा फूल सिउरिएर केशमा
तिमीले मान्छे मान्दैनौ मलाई
तर
मलाई मान्छे नै हुनु छ तिम्रो देशमा ।
-गुलाबी
अभिनेता नाजिर हुसेनले यहि कविता मार्फत फिल्म गुन्यू चोलीको पोष्टर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
उनले अलिकति दाग जूनको मात्रै चोरेनन्, बलिउड अभिनेता रनविर सिंहको पूराका पूरा शैली पनि चोरे । अलिकति इन्द्रेणीको रंग मात्रै टिपेनन्, प्रमोसनका पुरा तरिका नै टिपे । हुन त यस्ता चोरी या टिपाईलाई पछ्याएको अर्थात फलो गरेको अझै एड्भान्स भाषामा भन्दा इन्सपाएर भएको भन्छन् क्यारे, कि के हो ? तपाईलाई लागेका कुरा कमेन्ट गर्न सक्नुहुन्छ ।
नाजिरले इन्ष्टाको सबै पोष्टहरु लुकाएर यहि फिल्मको पोष्ट मात्र देखाएका छन् ।
गएको हप्ता मात्रै बलिउडका अभिनेता रनविर सिंहले धुरन्धर नामको फिल्मको ट्रेलर सार्वजनिक गरेका थिए, नाजिरकै शैलीमा । अहिले पनि उनको इन्ष्टामा त्यही एउटा पोष्ट मात्र देख्न सकिन्छ ।
यसरी हेर्ने हो भने हाम्रा कलाकारहरु पनि बलिउडका कलाकार जस्तै बन्ने दौडमा छन् । एक हप्ताको दुरीमा छ बलिउड । थोरै स्पीड बढाए हामी बलिउड भन्दा अगाडि पुग्नेछौं । आशा गरौं कुनै दिन हामीबाट पनि हलिउड बलिउडले इन्पिरेसन लिनेछ ।