हाम्रो उदेश्य

सूचनाको बहाव तपाईको औंलामा छ। सामाजिक सञ्जालबाटै प्राय: सूचनाहरु हात-हातमा पुगिरहेका छन्। प्रविधिले फड्को मारेको यो समयमा सूचना दिनकै लागि नयाँ सञ्चार माध्यमको जरुरत किन पर्यो होला त ? प्रश्न स्वभाविक छ।

कुराकानीले यसैलाई मध्यनजर राख्दै सामाजिक सञ्जालहरु फेसबुक, टिकटक र इन्स्टाग्रामबाट आफुले तयार पारेका सामग्रीहरु पस्कँदै आएको छ। यसको आफ्नै युट्युव च्यानल पनि सञ्चालनमा छ।

तर अहिले हाम्रो जिन्दगीको हिस्सा बन्न आइपुगेका यी सामाजिक सञ्जालहरु जुनसुकै समयमा बन्द हुन या निरंकुश बन्न सक्छन्। जल्दोबल्दो उदाहरण, नेपालमा केहि समयका लागि बन्द भएको टिकटकलाई लिन सकिन्छ। सूचना, विचार र समाचारका लागि यस्ता सञ्जालको मात्रै भर पर्दा "भाडाको खेतमा घर बनाएजस्तो" हुन जान्छ। त्यसैले, अहिलेका नयाँ पुस्ताले बुझ्ने भाषा प्रयोग गरेर छोटो, मिठो र रमाईलो तरिकाले सूचना प्रवाह गर्ने हाम्रो उद्देश्य छ।

यसलाई हामीले "पहिलो डिजिटल ट्यावलोइट" नाम दिएका छौं। पहिले ट्यावलोइट फर्म्याट अर्थात 11.69 × 16.54 inches (297 x 420 mm) साइजमा पत्रिका छापिन्थ्यो, जसका कन्टेन्ट गम्भिर सँगै रमाइला र बुझ्न सकिने खालका हुन्थे। अहिले यो साइजका पत्रिका मात्रै हैन, यसले उठान गर्दै आएको मुद्दाहरु पनि हराइरहेका छन्।

मुलधार भनिएका सञ्चारमाध्यमले उठान नगरेका मुद्दामा अब हामी पनि लेख्नेछौं, बोल्नेछौं अनि देखाउनेछौं ।

कुराकानीको ३ बुँदे प्रतिबद्दता
  • हामी नेपाल प्रेस काउन्सिलले तयार पारेको पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नेछौँ।
  • मानवीय कमजोरीका कारण हुनसक्ने त्रुटिलाई जानकारी प्राप्त भएमा तत्काल भूल सुधार गरिनेछ। त्रुटि सच्याउँदा के त्रुटि भएको हो स्पष्ट उल्लेख गरेर राखिनेछ।
  • प्रकाशित भइसकेको समाचार पूर्ण रूपमा हटाइने छैन।

विशेषत: मानसिक स्वास्थ, वातावरण र कलाका विषयमा सामाजिक, राजिनतीक र आर्थिक दृष्टिकाेणबाट अहिलेका नयाँ पुस्तालाई सुहाउँदो सामाग्री तयार पार्ने हाम्रो मुख्य उदेश्य हो। रुट नेपाल नेटवर्क  प्रा.लि. द्वारा सञ्चालित यस कुराकानी मिडियालाई कुनै सल्लाह सुझाव या प्रतिक्रिया छ भने news@kurakaanee.com सम्पर्क राख्न सक्नुहुनेछ।

तपाईको समय शुभ रहोस्।

 
       © 2022 - 2025 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology