अशान्त राजधानी

काठमाडौंमा राजावादी आन्दोलन उग्र, १ जनाकाे मृत्यु

काठमाडौंमा राजावादी आन्दोलन उग्र, १ जनाकाे मृत्यु

राजधानी काठमाडौंमा हिंसात्मक रूप लिँदै गएको राजावादी आन्दोलन कर्फ्यूमा परिणत भएको हाे।

  • कुराकानी

  • शुक्रबार, चैत्र १४, २०८१

  • 50
    SHARES
काठमाडौंमा राजावादी आन्दोलन उग्र, १ जनाकाे मृत्यु

कुराकानी । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।

राजधानी काठमाडौंमा हिंसात्मक रूप लिँदै गएको राजावादी आन्दोलन कर्फ्यूमा परिणत भएको हाे। जिल्ला प्रशासन कार्यालयले शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म राति १० बजेसम्मका लागि कर्फ्यू लगाएको छ।

के भयो?

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादी समूहले प्रदर्शन गर्दा प्रहरीसँग झडप भयो। तीनकुनेलाई केन्द्र बनाएर सभा गर्न खोज्दा स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो। त्यसपछि भिड तितरबितर हुँदै केहि स्थानमा आगजनी र तोडफोड समेत भयो।

कहाँ-कहाँ भयो आगजनी?

१‍. जडीबुटीको औषधि उत्पादन कम्पनी

२. कोटेश्वरको भाटभटेनी सुपरस्टोर

३. एकीकृत समाजवादी पार्टीको कार्यालय

४. कान्तिपुर र अन्नपूर्ण पोस्टको कार्यालय

५. केही निजी घरहरू

प्रदर्शनकारीहरूले सरकारी तथा निजी गाडीहरूमा तोडफोड मात्र गरेनन्, केही मोटरसाइकलमा आगजनीसमेत गरे।

कतिजना घाइते भए?
यस हिंसात्मक झडपमा प्रहरीसहित २२ जना घाइते भएका छन्। सुरक्षाकर्मीहरूमाथि आक्रमण भएपछि प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो।

प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक
स्थिति बिग्रँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सरकारले शान्ति सुरक्षाको लागि थप कदम चाल्नसक्ने अनुमान गरिएको छ।

विमानस्थलमा उडान रोकियो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आगजनी भएपछि सुरक्षाको कारण देखाउँदै उडानहरू रोकिएको छ। अन्तर्राष्ट्रिय जहाजहरू आकाशमै होल्ड गरिएको छ।

के हुन्छ अब?
राजधानीमा शान्ति कायम गर्न सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रशासनले सर्वसाधारणलाई घरमै बस्न आग्रह गरेको छ।

 


सम्बन्धित समाचार
       © 2022 - 2025 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology