ट्रेलर सार्वजनिक

जेरी अन टपको ट्रेलर सार्वजनिकमा अनमोल आएनन्, किन ?

जेरी अन टपको ट्रेलर सार्वजनिकमा अनमोल आएनन्, किन ?

हलिउड, वलिउडतिर बन्ने ए लेवलको फिल्म जस्तो ट्रेलर देखिएको सामाजिक सञ्जाल प्रयोगकर्ताले दावी !

  • कुराकानी

  • शुक्रबार, अशोज २४, २०८२

  • 30
    SHARES
जेरी अन टपको ट्रेलर सार्वजनिकमा अनमोल आएनन्, किन ?

कुराकानी । त्रिकोणात्मक प्रेमकथा समेटिएको फिल्म जेरी अन टपको ट्रेलर सार्वजनिक कार्यक्रममा यसमा मुख्य कलाकार अनमोल केसी नै अनुपस्थित भएका छन् । उनि उच्च ज्वरो आएकाले कार्यक्रममा उपस्थित हुन नसकेको फिल्म निर्माण पक्षले बताएको छ ।

फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसको सर्वत्र चर्चा सुरु भएको छ । हलिउड, वलिउडतिर बन्ने ए लेवलको फिल्म जस्तो ट्रेलर देखिएको सामाजिक सञ्जाल प्रयोगकर्ताले बताएका छन् ।

ट्रेलर

ट्रेलर सार्वजनिक कार्यक्रममा समेत निर्माता छविराज ओझाले बलिउडतिर बन्ने ए लेवलको ट्रेलर जस्तै रहेको भन्दै प्रशंसा गरे । छविका अनुसार यत्तिको मिहेनत उनले आफूले बनाएका सिनेमामा कहिल्यै गरेनन् जति जेरी टप अनका निर्माण समुहले गरेका छन् ।

कार्यक्रममा नायिका आँचल शर्माले निर्देशक सुयोग गुरुङसँग फेरि पनि धेरै काम गर्ने रहर भएको बताईन् । उनले निकै पारिवारिक वातावरणमा काम गर्न पाईएको भन्दै यसै फिल्मका लागि अन्य फिल्म छाड्दा फाइदाजनक रहेको उल्लेख गरिन् ।

सबै पारिवारिक सदस्यजस्ता अनि पहिले पनि सँगै काम गरिसकेको टीमसँग काम गर्दा तपाईलाई आफू आउटसाइडर जस्तो फिल भएन भन्ने प्रश्नमा आँचलले झनै आत्मियता अनुभूति गरेको बताइन् ।

अर्की नायिका जसिता गुरुङ र सुयोग गुरुङ रगत नजोडिने दाजुबहिनी हुन् । उनिहरुले एकअर्कालाई भाईटीका समेत लगाउने गरेका छन् ।

त्यस्तै, यहि टीमले यसअघि फर्कि-फर्कि नामको सिनेमा बनाएको थियो जसमा अनमोल र जसिता थिए ।

फिल्म प्रर्दशन मिती नजिकिँदै गर्दा आफू निकै उत्साहित र नर्भस दुबै भएको पनि जसिताको भनाई छ ।

त्यस्तै, कलाकार भुवन केसीलाई अनमोल जहाँ भुवन त्यहाँ किन भनेर सोधिएको प्रश्नमा पहिलोपटक सँगै स्कृन सेयर गरिएको बताए । पछि पत्रकारले अन्य अनमोल जोडिएका सिनेमामा पनि पर्दा वाहिर र भित्र रहेर भुवनले सहभागिता जनाएको बारे जिज्ञासा राख्दा यसको उत्तर निर्देशक सुयोगले दिए ।

उनका अनुसार, जेरी भएकाले अनमोल फिल्ममा छ र अनमोल भएकाले सम्पुर्ण सदस्य यस फिल्ममा छन् ।

अनमोलको बुबाको भुमिकामा भुवन बाहेक अन्य पात्र सुहाउँदो नभेटिएकाले उनि यसमा अटाएको समेत निर्देशक सुयोगले दावी गरे ।

अनमोल सँगै अर्का पात्र केदार घिमिरे कार्यक्रममा उपस्थित हुन सकेनन् । उनि अहिले हलमा चलिरहेको फिल्म बोकेर मोफसलतिर गएकाले कार्यक्रममा उपस्थित हुन नसकेको निर्माण पक्षले बताएको छ ।

भुवन केसी, केदार घिमिरे, अनमोल केसी, आंचल शर्मा, जसिता गुरुङ्ग, उषा खड्गी, केदार प्रसाद घिमिरे लगायतका कलाकारहरु यस फिल्ममा छन् ।

सरोज न्यौपानेको प्रस्तुतीमा सुयोग गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्र असोज ३१ गतेबाट रिलिज हुँदैछ। भबिष्य खड्का , रोबिन शेरचन , रामकृष्ण श्रेष्ठ , दीपक भण्डारी , अनान्या न्यौपाने निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा अनिरुद्र गिरि र इश्वर श्रेष्ठ रहेका छन्।

फोटोहरु


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology