
कुराकानी । किरण नेपालीको प्रस्तुतीमा बन्न लागेको फिल्म कल्लीको ३ ओटा पोष्टर एकसाथ प्रदर्शन भएका छन् ।
कलाकार सौगात मल्ल र सुलक्षण भारतीको सोलो पोष्टर सार्वजनिक गरिएको छ भने एउटामा कलाकार नाजिर हुसेन र वर्षा राउतलाई निराश मुडमा देख्न सकिन्छ ।
सोलो पोष्टरमा सौगातलाई कतै भाग्न लागेको हो कि जस्तो एक्सनमा देखिन्छ । उनका पछाडी भिडभाड छन् र अनुहारमा डर देखिन्छ । त्यस्तै सुलक्षणको पोष्टर पनि रोचक छ । उनि पोते र गरगहना सहित आक्रमक रुपमा उभ्भिएका छन् । उनको पछाडी शिव भगवानको आकृति पनि राखिएको छ ।
यसरी हेर्दा उनलाई अर्धनारेश्वरको रुपमा पोष्टरमा प्रस्तुत गरिएको भान हुन्छ ।
सबैजनाको पोष्टर हेर्दा सिनेमा प्रति उत्सुकता बढ्ने नै भयो ।
फिल्म फागुनको १ गतेबाट प्रर्दशनमा आउन लागेको हो ।
महेश दवाडीको लेखन रहेको यो फिल्ममा कथा र निर्देशक लक्ष्मण सुनारको छ ।
फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका छ । यस्तै, फिल्ममा उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडा बाल कलाकारको रुपमा छन् ।
आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत रहेको यो फिल्ममा एनवी महर्जनको एक्सन, निसाल पौडेलको छायांकन छ । राकेश दाहालले फिल्मको पोस्टर तयार पारेका हुन् । लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा सिनेमा तयार भएको हो ।