मिस इन्फरमेसन अलर्ट

मिडियामा जीपी पक्राउको झुटो समाचार दिएर उषा फरार भएको आरोप

मिडियामा जीपी पक्राउको झुटो समाचार दिएर उषा फरार भएको आरोप

पक्राउ हैन छलफलमा छन् जीपी !

  • कुराकानी

  • मङ्लबार, चैत्र २४, २०८२

  • 18
    SHARES
मिडियामा जीपी पक्राउको झुटो समाचार दिएर उषा फरार भएको आरोप

कुराकानी । पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको उजुरीका आधारमा सञ्चारकर्मी जीपी तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने समाचार यतिवेला जताततै फैलिएको छ । तर यो समाचार झुट भएको जीपी तिमल्सिनाकी श्रीमती सविना अधिकारीले जानकारी दिएकी छन् ।

उनका अनुसार प्रहरीले दुबै पक्षलाई छलफलमा बोलाएको तर उषा छलफलमा पनि नगएको र सम्पर्कमा पनि नआएकी सविनाको भनाई छ । सविनासँगको सम्पर्कमा उनले भनिन्, हामी यतिवेला जिल्ला प्रहरी परिसर भक्तपुरमै छौं, प्रहरीले दुबै पक्षलाई छलफलमा बोलाएको छ तर उषा सम्पर्कमा आएकी छैनन् ।

मिडियामा जिपी पक्राउ परेकोबारे समाचार भाइरल भइरहेको छ तर यसमा केहि सत्यता छैन । मिडियाले एकोहोरो कुरा सुनेर मिसलिड गरेको सविनाको भनाई छ ।

उषाले जिपीमाथि अभद्र व्यवहार, धम्की तथा कुटपिटको प्रयास गरेको आरोप लगाउँदै उजुरी दर्ता गराएकी थिइन्। जिपी आज बिहान आफै प्रहरी कार्यालयमा उपस्थित भएका थिए।

भएको के हो ?
उषा र जीपीबीच २०७९ सालमा सम्बन्धविच्छेद भएको थियो। सम्बन्धविच्छेद भए पनि अंशवण्डाको विषय टुङ्गो लाग्न सकेको छैन।

अदालतले भएको एक घरलाई ४ भागमा बाँडिदिएको थियो । जसमा छोरा, छोरी, उषा र जिपीको भाग छ । अदालतले दिएको फैसलालाई नमानेर यतिवेला उषाले सबै घर आफुलाई छाडिदिनुपर्ने माग राखेको र बारम्बार आफै निऊ खोज्न आएको सविनाको भनाई छ ।

उनले भनिन्, हामीले एक भागको पैसा देउ हामी निस्कन्छौं भन्दा पनि उहाँ मान्नुहुन्न । हामी एक भागको पैसा दिन्छौं भन्दा पनि उहाँ मान्नुहुन्न । जहाँ जसरी बसेको हो त्यसरी नै बसौं न त भन्दा पनि कुरा अनेक बहानामा जिस्काइरहनुहुन्छ ।

सविनाका अनुसार उषाले बारम्बार मेरो मिडिया छ भन्दै धम्काउने गरेको बताईन् । अहिले पनि उषाले सामाजिक सञ्जालमार्फत आफ्नो जीवन र सुरक्षामाथि खतरा रहेको लेखेपछि अधिकांश मिडियाले बास्तविकता नबुझी समाचार बनाएको उनको आरोप छ ।

उनले अंशवण्डाको विषयमा विवाद रहेको र आफ्नो व्यक्तिगत जीवनमा हस्तक्षेप भइरहेको उल्लेख गरेकी थिइन्।

के साँच्चै भएको हो त व्यक्तिगत जीवनमा हस्तक्षेप ?

सविनाले यो पटकको घटनावारे सम्झँदै भनिन्, जीपी र छोरा बाहिर खेलिरहेका थिए । त्यहि समयमा उषा एक युवकसँग बाइकमा बाहिरबाट आउनुभयो । बाइकमा फर्कने समयमा उक्त युवकले जीपीलाई आँखामा लाइट पार्दै जिस्काए ।

धेरैबेर नै जिस्काएपछि जीपीले रिसाउँदै मेरो घरमा आएर मेरै आँखामा लाइट पार्ने गेट आउट भन्नुभयो । यहि बहानामा जीपी र उषाको झगडा पर्यो र लम्विदैँ यो रुप लियो ।

 


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology