कविता यात्रामा राजधानीका सर्जक पुगे दोलखा

कविता यात्रामा राजधानीका सर्जक पुगे दोलखा

शैलुङमा स्रष्टा घर निर्माण 

  • कुराकानी

  • बिहिबार, पुस ५, २०८०

  • 138
    SHARES
कविता यात्रामा राजधानीका सर्जक पुगे दोलखा

दोलखा । साहित्यिक पत्रकार संघले दोलखाले आयोजना गरेको ‘कविता यात्रा’ दोलखा चरिकोट पुगेको छ । स्रष्टाहरुलाई देश दर्शन गराउने तथा  मोफसललाई केन्द्रसंग जोड्ने कविता यात्राको उदेश्य रहेको संघले जनाएको छ ।

कविता यात्रामा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा दुई दर्जन बढी सर्जकहरु शैलुङको यात्रामा निस्केका हुन् ।

कविता यात्रामा सहभागी सर्जकहरुमा मदनदास श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, शोभित उप्रेती, प्रा. डा. गोविन्दमान सिंह कार्की, रामप्रसाद पन्त, विनोद नेपाल, नन्दु उप्रेती, सुभाष चन्द्र पौडेल, प्रद्युम्न जोशी, मुरारि सिग्देल, श्रीबाबु कार्की, रुद्र अधिकारी, कृष्ण के. सी., नीता श्रेष्ठ, डा. बुनु दाहाल, नवीन शाही रहेका छन् ।

यसैगरी चर्चित गायकहरु नरहरी प्रेमी, रितु कंडेल र बालनृत्यकार रन्जना थपलिया तथा संचारकर्मी हेम थपलिया पनि यात्रामा सहभागी छन् ।

यात्राको पहिलो दिन, काठमाडौंको अनामनगरबाट हिँडेको टोली शैलुङ गाउँपालिकामा पुगेर बास बसेको हो हो ।

सुन्दर दृश्यावकोलन गर्दै हिँडेको टोलीलाई, दोलखाले भव्य स्वागत समेत गरेको छ । दोलखा सदरमुकाम चरिकोटमा दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष लगायत पदाधिकारी र भानु प्रतिष्ठान साहित्यिक मञ्चका साहित्यकारले ड्रिम्स क्याफे रेस्टुरेन्टमा स्वागत गरेको छ ।

त्यस्तै टोली शैलुङ गाउँपालिकामा अवस्थित जेष्ठ नागरिक भवनमा बास बसेको हो। दोस्रो दिनको यात्रा चरणावतीधाम दर्शन, शैलुङको थुम्कामा साहित्य विमर्श एवं कवि गोष्ठी तथा “स्रष्टा घर”को शिलान्यास र अन्तिम दिन भैंसेमा कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुने आयोजकको भनाई छ ।

 

 


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology