लैंङ्गिक हिंसा र बाल विवाह अन्त्यका लागि मर्यादित महिनावारी

लैंङ्गिक हिंसा र बाल विवाह अन्त्यका लागि मर्यादित महिनावारी

लैंङ्गिक हिंसा र बाल विवाह अन्त्यका लागि मर्यादित महिनावारी

  • गोपाल जंग थापा

  • शुक्रबार, मंसिर १५, २०८०

  • 392
    SHARES
लैंङ्गिक हिंसा र बाल विवाह अन्त्यका लागि मर्यादित महिनावारी

कुराकानी ।  आगामी डिसेम्बर ८ तारिखका दिन नेपालमा मर्यादित महिनावारी दिवस मनाइने भएको छ । ‘लैङ्गिक हिंसा र बालविवाह अन्त्यको लागि मर्यादित महिनावारी’ भन्ने मूल नाराका साथ पाँचौं मर्यादित महिनावारी दिवस मनाउन लागिएको हो ।

दक्षिण गोर्लादिय मर्यादित महिनावारी सञ्जाल र राधा पौडेल फाउण्डेसनले प्लान इन्टरनेशनल नेपालसंगको सहकार्यमा विशेष कार्यक्रम सहित यो दिवस मनाउने तयारी भइरहेको छ ।

विहिबार ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्था राधा पौडेल फाउण्डेसनकी संस्थापक डा. राधा पौडेलले समाजले महिनावारीलाई हेर्ने दृष्टिकोण बदल्न र मर्यादित महिनावारीको आन्दोलनमा जनचेतना जगाउँदै त्यसमा सकारात्मक परिवर्तन प्रवद्र्धन गर्ने उदेश्यले दिवसलाई राष्ट्रिय रुपमै मनाउने जानकारी दिइन् । उनले नेपालमा मनाइने यस दिवसमा विश्वभरीका १५ भन्दा बढी देशबाट भर्चुल रुपमा सहभागिता रहने बताइन् ।

पौडेलका अनुसार २२ मंसिर अर्थात डिसेम्बर ८ शुक्रबारका दिन ललितपुरको पुल्चोकमा आयोजना गरिने कार्यक्रममा मर्यादित महिनावारीमा युवाको भूमिका विषयमा नीति सम्वाद हुनेछ । बालविवाह र महिनावारी विभेद विरुद्धको कवितासँगै कार्यक्रम सुरु हुनेछ ।

दिवसको अवसरमा मर्यादित महिनावारी बारे पहिलो प्रशिक्षण पुस्तिका मर्यादित महिनावारीका १५ सवालमा पत्रकाहरुले लेखेको फेलोसीप किताब पनि बिमोचन गरिने छ । सो अवसरमा मर्यादित महिनावारीका विषयमा भएको अन्तर्राष्ट्रिय चित्रकला प्रतियोगिता र राष्ट्रिय निवन्ध प्रतियोगिताका विजेता घोषणा समेत गरिनेछ ।

संयुक्त राष्ट्र संघले घोषणा गरेको महिला हिंसा विरुद्धको १६ दिने अभियानको १४ औं दिन, डिसेम्बर ८ लाई अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको रुपमा मान्यता दिन संयुक्त राष्ट्र संघको महासभामा दवाव दिइदै आएको छ । यसपटक पनि दक्षिण गोलर्दिय मर्यादित महिनावारी सञ्जालले नेपाल भ्रमणका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई ज्ञापनपत्र समेत बुझाइएको थियो ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology