फिल्म सतिदेवीका कुरा

हिरो को हो, ‘सतिदेवी’ ले चिनाउनेछ : निर्देशक सुवेदी

हिरो को हो, ‘सतिदेवी’ ले चिनाउनेछ : निर्देशक सुवेदी

‘यो चलचित्र बिशुद्द मौलिक नेपाली समाज, जनजीवन, परिबेशको माटोबाट अन्तर हृदयमा कुदिएको यथार्थ कथा हो । कथा मात्रै होइन यो आम ब्यथा समेत हो ।’

  • कुराकानी

  • मङ्लबार, मंसिर १९, २०८०

  • 496
    SHARES
हिरो को हो, ‘सतिदेवी’ ले चिनाउनेछ : निर्देशक सुवेदी

काठमाडौं । निर्दोष अनुहार अनि रातो कुर्था सुरुवाल लगाएकी एक युवती । जसको मुहारमा कालो मोसो छ, गलामा जुत्ताको माला । गाउँले पृष्ठभुमी देखिन्छ भने, ति युवतीका पछाडी केहि युवाहरु देखिन्छन् ।

लामो समय चलचित्र पत्रकारितामा बिताएका लक्ष्मण सुवेदीको लेखन, निर्देशन तथा निर्माणमा बन्न लागेको फिल्म ‘सतिदेवी’ को पोष्टर हो यो । मलिका महत चित्रित उक्त पोष्टर बाहिरिएसँगै आम मानिसको चासोमा यो फिल्म परेको छ ।

सतीप्रथाको बिषयमा यसअघि आख्यानात्मक कृति ‘झोला’ ले फिल्म बन्ने मौका पाएको थियो । जसको चर्चा फिल्मी क्षेत्रमा अझै हुन्छ । तर लेखक, निर्देशक तथा निर्माता सुवेदी ‘सतीदेवी’ पुर्ण रुपले काल्पनीक भएको बताउँछन् । उनले भने, सतिदेवीको सम्पूर्ण पात्र, घटना,स्थान तथा परिवेश काल्पनिक हुन् । तर यसले हाम्रो नेपाली समाजमा बिद्यमान यथार्थ भने समेट्छ ।

‘आम रुपमा फिल्मको हिरो को हो ?  ‘हिरो’ भनेको एक पुरुष हो भन्ने मात्यता राखिन्छ तर यो फिल्मको हिरो ‘सतीदेवी’ नामक युवती हुन् । उनले जाेड दिएर भने, ‘हिरो को हो, ‘सतिदेवी’ ले चिनाउनेछ।’

कुनै धर्म, जाती, सम्प्रदाय, परम्परा, कालखण्ड तथा ब्यक्तिसँग फिल्मको कुनै सम्बन्ध नरहेको भन्दै सुवेदीले भने, ‘यो चलचित्र बिसुद्द मौलिक नेपाली समाज, जनजीवन, परिबेशको माटोबाट अन्तर हृदयमा कुदिएको यथार्थ कथा हो । कथा मात्रै होइन यो आम ब्यथा समेत हो ।’

फिल्मले बाबु र छोरीहरु बीचको स्नेह र सम्बन्धको आरोह–अवरोह तथा समाजको कु–सोचको प्रक्षेपण गरेको उनको भनाई छ । उनले अझै जोड दिएर दोहोर्याए, ‘यो कुनै धर्म, प्रथासँग सम्बन्धित छैन ।’

त्यसो हो भने, फिल्म बनाउन किन जरुरी पर्यो त भन्ने प्रश्नमा उनले केहि राम्रो काम गरौं भन्ने हेतुले फिल्म ‘सतिदेवी’ बनाएको बताए । भने, ‘हामी मनुष्य यो धर्तीमा केही सत्कर्म गर्नका लागि अवतरित भएका हौं । कर्म गरेपछी मात्रै हामीले फेरेको सासको अर्थ हुन्छ । त्यसमाथि सत्कर्मको उद्देश्य राख्नु नै अर्को सत्कर्म हो । सत्कर्मसंगै जीवनयापन जोडिएर आउछ। मलाई यो सत्कर्म गर्ने सौभाग्य मिल्यो ।’

फिल्मको नारी पात्रको नाममा फिल्म छ । फिल्मको शीर्ष भुमिकामा नारी नै छिन । सतीदेवी फिल्मको मुख्य पात्रको नाम भएको भन्दै निर्देशक सुवेदीले भने, ‘आम रुपमा फिल्मको हिरो को हो ?  ‘हिरो’ भनेको एक पुरुष हो भन्ने मात्यता राखिन्छ तर यो फिल्मको हिरो ‘सतीदेवी’ नामक युवती हुन् । उनले जाेड दिएर भने, ‘हिरो को हो, ‘सतिदेवी’ ले चिनाउनेछ।’

फिल्म नारी प्रदान हो तर ठ्याक्कै यसले कुनै पक्षधर अर्थात कुनै बादको पदचाप भने नपछ्याएको सुवेदीको भनाई छ । उनले भने, ‘मेरो अहिलेको बुद्दिले कुनै बादलाई पछ्याएर न्याय दिन सकिहाल्ला भन्ने लाग्दैन । त्यसैले मैले आफ्नो अन्तरमनको आवाज सुनेर एक नारीकाे आवाज पर्दामा प्रस्तुत गर्ने कोसिस गरेको छु ।’

अहिले फिल्मको पोस्ट प्रोड्क्सन काम अन्तिम चरणमा पुगेको छ । नयाँ बर्ष ०८० को पहिलो त्रैमासिक भित्रै दर्शक माझ पस्कने सोच फिल्म निर्माण समुहको छ । सम्पुर्ण उमेर समुहलाई लक्षित गरेर फिल्म बनाएको उनको भनाई छ ।

लेखक, निर्माता तथा निर्देशक सुवेदीले अहिलेको अति व्यावसायिक प्रतिस्पर्धात्मक बजारमा नारीलाई केन्द्रमा राखेर फिल्म बनाएको देख्दा कतिपयले मुर्खता मानेपनि आफु भने सन्तुष्ट रहेको बताए ।

उनले दावीका साथ भने, ‘हरेक साता उस्तै कथा, शैली, र कलाकारका फिल्म हेर्दा दिक्दार हुनुभएका दर्शकलाई ‘सतीदेवी’ ले बिल्कुलै नौलो आयाम दिनेछ । उनका अनुसार ‘सतीदेवी’ चल्ने र हेर्ने चित्र मात्रै नभई, महसुस गर्ने प्राणयुक्त सजीव चित्र बनेको छ । बाँकी कुरा, फिल्म आफै बोल्ने छ ।’


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology