फिल्म समीक्षा

एक्सनले मात्रै धानेको लियो

एक्सनले मात्रै धानेको लियो

एक्सन चलचित्र मन पराउने र विजयका फ्यानहरुले चलचित्रबाट मनोरञ्जन लिन सक्नेछन्।

  • कुमार विनोद पौड्याल

  • शुक्रबार, कार्तिक ३, २०८०

  • 517
    SHARES
एक्सनले मात्रै धानेको लियो

फिल्म ‘मास्टर’ पछि निर्देशक लोकेश कनागराज र अभिनेता विजयको जोडी फिल्म ‘लियो’ मा देखिएको छ । यो फिल्म ‘कैथी’ र ‘विक्रम’ पछि लोकेश सिनेम्याटिक युनिभर्स (एलसीयू ) को तेस्रो संस्करण हो । तर, यो युनिभर्सको नाममा लोकेशले आफ्नै फ्यानलाई धोका दिएका छन् । फिल्मका सम्पूर्ण दर्शक विक्रम र रोलेक्सको पर्खाइमा थिए र उनीहरूले जे पाए त्यो धोखा बाहेक केही थिएन। फिल्म पूर्ण एक्सन मसाला हो । मसला थप्ने क्रममा कथा उनको हातबाट निस्किएको पत्तै पाएनन् ।

फिल्म ‘लियो’को कथा पार्थिवनबाट सुरु हुन्छ, जो आफ्नी श्रीमती सत्या र दुई छोराछोरीसँग हिमाञ्चल प्रदेशमा शान्तिपूर्वक कफी सप चलाउँछन्। एक दिन केही गुण्डाहरूले पार्थिवनको क्याफेमा आक्रमण गर्छन् र उनकी छोरी र त्यहाँ काम गर्ने एक कर्मचारीलाई मार्ने धम्की दिन्छन्।जब पार्थिवनले गुण्डाहरूलाई मार्छ, ऊ एन्टोनी र ह्यारोल्डको ध्यानमा आउँछ।

एन्टोनी दास र हेरोल्ड दासलाई लाग्छ कि पार्थिवन उनीहरूको लामो समयदेखि हराएको आफन्त लियो दास हो। को हुन यो लियो दास जसका कारण पार्थिवनको सादा जीवनमा उथलपुथल छ र उनी यसबाट कसरी बाहिर निस्किन्छन् । यो फिल्मको कथा हो, यो फिल्मलाई पूर्ण रूपमा बुझ्नको लागि लोकेश कनागराजको यसअघिका फिल्म ‘कैथी’ र ‘विक्रम’ हेर्नु त्यति जरुरी छैन । यो कथा ती फिल्म नहेरे पनि बुझ्न सकिन्छ ।।

फिल्म ‘लियो’ निकै बिस्तारै सुरु हुन्छ । तर जब फिल्मको कथामा लियो दास आउँछन्, कथाको गति बढ्छ । पार्थिवन, एक सामान्य मानिस हुन्, उनी आफ्नो परिवार बचाउन जुनै पनि हदसम्म जान सक्छन। यो चरित्र मार्फत लोकेश कनागराजले आफ्नो ज्यान जोखिममा परेर पनि आफ्नो परिवारको रक्षाका लागि जे पनि गर्न सक्ने आम मानिसको आवाज उठाएका छन् । साथै, उनले लियो दासको चरित्रबाट आफ्नो एलसीयु पनि स्थापना गरेका छन् ।

तर यदि हामीले लोकेशका यसअघिका फिल्महरू हेर्‍यौं भने, तिनीहरूको कथा गजबको थियो। यो फिल्ममा कथा अलि कमजोर देखिएका ठाउँहरुमा एक्सन दृश्यहरू थपेर त्यो कमीलाई पूर्ति गर्ने चलाख प्रयास लोकेशले गरेका छन्।

भनिन्छ नि, अति सर्वत्र वर्जयेत , यो फिल्ममा पनि त्यस्तै देखियो । अत्याधिक एक्शन दृश्यले कथालाई कमजोर बनाएको छ, जसका कारण सञ्जय दत्त र अर्जुनका पात्रले खासै प्रभाव पार्न सकेका छैनन् । मध्यान्तर पछि फिल्मको गति फेरि सुस्त हुन्छ र कमजोर कथालाई फ्ल्यासब्याक सिक्वेन्समार्फत अगाडि बढाउने प्रयास गरिएको छ ।

यस फिल्मको कथा निर्देशक लोकेश कनागराजसँगै रत्न कुमार र धीरज वैद्यले लेखेका हुन् । फिल्मका अन्य पक्षमा पनि जति ध्यान दिइएको छ, कथालाई अलिकति सशक्त बनाउने प्रयास गरिएको भए एक्सनसहितको यो फिल्म हेर्न पाउँदा छुट्टै थ्रिल हुने थियो ।
एक्शन दृश्यमा अभिनेता विजयको अभिनय निकै दमदार छ तर भावुक दृश्यमा उनी कमजोर देखिएका छन् ।

सञ्जय दत्त र अर्जुनको स्क्रिन प्रेजेन्स बलियो छ तर हाफ बेक्ड क्यारेक्टरका कारण दुवैले प्रभाव पार्न सकेनन् । तृषाको अभिनय पनि एउटा दायरामा सिमित रह्यो, विजयसँगको उनको भावनात्मक दृश्य पनि देखिएन । प्रहरी अफिसरको भूमिकामा गौतम मेनन सरप्राइज प्याकेज हुन् ।

कन्स्टेबल नेपोलियनको रूपमा जर्ज मारिन राम्रो छन् र ुक्याथीु समाप्त भएको ठाउँबाट आफ्नो चरित्र जारी राख्छन्। विजय र गौतम मेननको मित्रतालाई फिल्म ‘लियो’मा राम्रोसँग प्रस्तुत गरिएको छ । प्रिया आनन्दजस्ता कलाकारले फिल्ममा आफनो प्रेजेन्स देखाउने मौका पाएका छैनन्।

फिल्ममा अनिरुद्ध रविचन्द्रनको ब्याकग्राउन्ड स्कोर केही भागमा राम्रो छ । तर उनको अघिल्लो फिल्म ‘विक्रम’ सँग तुलना गर्ने हो भने यो फिल्मको ब्याकग्राउन्ड स्कोर अलि कमजोर छ । फिल्मका गीतहरू हिन्दीमा राम्रोसँग अनुवाद गरिएको भए फिल्मका गीतहरू अलिकति राम्रो लाग्ने थिएहोलान् । मनोज परमहंसको छायांकन चाहिँ अति उत्कृष्ट छ। हाइनाको दृश्यमा भीएफएक्स को राम्रो प्रयोग गरिएको छ। ‘लियो’ पूर्णतया एक्सन मसाला फिल्म हो।

पक्कै पनि कथा र पटकथामा अलिक बढी मेहनत गरेको भए उत्कृष्ट फिल्म बन्न सक्थ्यो । एक्सन चलचित्र मन पराउने र विजयका फ्यानहरुले चलचित्रबाट मनोरञ्जन लिन सक्नेछन्।

फिल्म समीक्षा : लियो
कलाकार : विजय , संजय दत्त , तृषा , प्रिया आनंद , अर्जुन , मैडोना सेबस्टियन और गौतम वासुदेव मेनन आदि
लेखक : लोकेश कनगराज , रत्न कुमार और धीरज वैद्य
निर्देशक : लोकेश कनगराज
निर्माता : एसएस ललित कुमार र जगदीश पलानीसामी

रेटिंग : २.५।५

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology