रोटरीको भोकेसनल सर्भिस अवार्ड भट्टराई र अछामीलाई

रोटरीको भोकेसनल सर्भिस अवार्ड भट्टराई र अछामीलाई

  • गोपाल जंग थापा

  • मङ्लबार, बैशाख ४, २०८१

  • 327
    SHARES
रोटरीको भोकेसनल सर्भिस अवार्ड भट्टराई र अछामीलाई

कुराकानी । रोटरी क्लब अफ पाटनले वर्ष २०२३-२४ को भोकेसनल सर्भिस अवार्ड प्रकृति भट्टराई र मिन बहादुर अछामीलाई प्रदान गरेको छ ।

सोमबार ललितपुरमा एक विशेष कार्यक्रमको आयोजना गरी अपांगता क्षेत्रबाट भट्टराई र शिक्षा क्षेत्रबाट अछामीलाई नगद पच्चीस पच्चीस हजार रुपैया सहित पुरस्कृत गरिएको हो ।

ललितपुर महानगरपालिकाको महिला विकास शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत प्रकृति भट्टराई अपांगता भएका व्यक्तिहरुको हक हितका लागि विगत लामो समय देखि सक्रिय छिन् । उनले अपांगता भएका व्यक्तिहरुलाई रोजगारीमा विभिन्न कठिनाईको सामना गर्नु पर्ने बाध्यता रहेको अनुभव सुनाएकी थिइन् ।

खेर गइरहेका तर पुनः प्रयोग गर्न मिल्ने सामानहरुबाट आय आर्जन गर्न सकिने किसिमका सामग्री बनाउनेतर्फ अपांगता भएका व्यक्तिहरुलाई जोड्ने भावी योजना रहेको भट्टराईले सुनाइन् ।

उनले आफूले प्राप्त गरेको पुरस्कारले भविष्यमा अपांगताहरुको लागि सशक्त ढंगले काम गर्ने हौसला मिलेको प्रतिक्रिया दिइन् ।

त्यसैगरी शिक्षा क्षेत्रबाट पुरस्कृत ललितपुरको महालक्ष्मी नगरपालिमा अवस्थित सिद्धिमङ्गल माध्यामिक विद्यालयका प्रधानाध्यापक मिनबहादुर अछामी विगत ३० वर्ष देखि शिक्षा क्षेत्रमा सक्रिय छन् । उनले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

गोरखामा जन्मिएका अछामीले आफूले प्राप्त गरेको पुरस्कारले शिक्षा क्षेत्रको समग्र वृति विकासमा अझै जाँगर थपिएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी असिस्टेन्ट गर्भनर टिकानिधि लोहनीले रोटरीले विभिन्न क्षेत्रमा क्रियाशिल सामाजिक सेवाको भावना भएकाहरुलाई एक ठाउँमा जोड्ने काम गरेको बताए ।

कुनै दुई वटा विधामा उत्कृष्ट योगदान पुर्याए बापत हरेक वर्ष २ जनालाई भोेकेसनल अवार्ड प्रदान गर्दै आएको रोटरी क्लब अफ पाटनका अध्यक्ष महेन्द्र रावलले जानकारी दिए ।

यस वर्ष प्रदान गरिएको १३ औ पुरस्कार हो ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology