पर्यटन र साहित्य एकअर्काका परिपुरक

पर्यटन र साहित्य एकअर्काका परिपुरक

  • Kurautepati

  • शुक्रबार, भदौ १५, २०८०

  • 171
    SHARES
पर्यटन र साहित्य एकअर्काका परिपुरक

कुरौटेपाटी । यात्रा र साहित्यको एकआपसमा सम्बन्ध भएकैले यात्रा साहित्य र नियात्रा जस्ता विधा अस्तित्वमा छन्। शुक्रबार सूर्य नेपाल कलिङ साहित्य महोत्सवमा साहित्य र यात्रासँग गाँसिएर आउने नेपाल र साहित्यिक पर्यटनको गन्तव्य विषयमा अन्तर्किया भएको छ।

कार्यक्रममा तीन जना वक्ता युभिका भण्डारी, अच्युत गुरागाईं र राजन सिंंम्खडाको पर्यटन र साहित्य एकआपसमा परिपूरक विषयमा अन्तर्किया गरेका हुन्।
पुस्तक हिँडे पुगिन्छ का लेखक तथा पर्यटन व्यवसायी सिम्खडाले नेपालका पर्यटन स्थलमा हिँड्दा आफैँ साहित्य फुर्ने बताए। भन्छन्, नेपालको पर्यटकीय क्षेत्रमा जाँदा साहित्य आफैँ फुर्छ। मैले पनि मुस्ताङ जाँदा गीत लेखेको थिए।

विदेशबाट पनि लेखनकै लागि भनेर पनि नेपाल आउने गरेका छन्। यता आएर कविता, गीत र फिल्मको कथा समेत लेखेको देखेको छु।

त्यसैगरि, अर्का वक्ता अच्युत गुरागाईंले नेपाल एसियामा मात्र नभई विश्वकै सुन्दर देश भएको बताए। पर्यटन र साहित्य निरन्तर जोडिन्छ। हाम्रो नेपाल प्राकृतिक स्रोतसाधन, जैविक विविधताले भरिपूर्ण छ। यता घुम्न आउँदा कविता लेख्न नजान्नेलाई पनि कवि बनाइदिन्छ। साहित्य सिर्जनामा प्रकृतिको ठूलो भूमिका हुन्छ,ु उनले भने।

पर्यटकीय हिसाबले सुन्दर भए पनि भरपुर सदुप्रयोग हुन नसक्दा पछाडि परेको सुनाउँछन् उनी। गुरागाई नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन विभागका उप सभापतिसमेत हुन्।

नेपालका हरेक गल्ली र चोकमा कथाहरू रहेको बताउँदै नेपालका हरेक कथालाई साहित्यमा ढाल्न सकेको खण्डमा नेपालको पर्यटन विकासमा टेवा पुग्ने युभिका भण्डारीले सुनाइन्। उनले पुराना साहित्यिक सष्ट्राको घरहरूलाई म्युजियम बनाएर पर्यटकलाई तान्न सकिने सुझाव दिइन्।

काठमाडौंमै विश्व सम्पदा सूचिमा समावेश ८ वटा सम्पदा छन्। जसमध्ये मलाई पाटन दरबार निकै मन पर्छ। पाटनमा हरेक गल्लिमा नयाँ कथाहरु छन्। हरेक ठाउँको स्टोरीलाई साहित्यमा ल्याउँदा पर्यटन विकास सम्भव छ, भण्डारीले भनिन्।

आधुनिकताको नाममा नेपालको प्रकृति र मौलिकता हराउँदै गएको सिम्खडा बताउँछन्। उनी भन्छन्, ुआजको विकासले गर्दा प्रकृतिमा असर परेको छ। आधुनिकीकरणको नाममा हामीले पुर्खाका कलाकौशल र मौलिकतालाई नजरअन्दाज गरेको फिल हुन्छ। प्राकृतिक ठाउँहरुलाई पस्केर पर्यटनलाई आकर्षण गर्दा समृद्ध नेपाल बन्न गाह्रो छैन।

अच्युत गुरागाईंले पनि आधुनिकताको असर नेपालको प्राकृतिक स्रोतसाधनमा परेको गुनासो गर्छन्। पर्यटनसम्बन्धि विकास र नीतिनियममा सरकारको ध्यान नपुग्दा काठमाडौं मात्र नभई नेपालकै पर्यटन विस्तार हुन नसकेको उनले बताए।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology