शैलुङमा स्रष्टा घर निर्माण गरिने

शैलुङमा स्रष्टा घर निर्माण गरिने

कविता यात्रामा राजधानीका सर्जकहरु शैलुङ जाँदै

  • कुराकानी

  • मङ्लबार, पुस ३, २०८०

  • 344
    SHARES
शैलुङमा स्रष्टा घर निर्माण गरिने

काठमाडौं। साहित्यिक पत्रकार संघले दोलखाको शैलुुङमा पुस ४ देखि पुस ६ गतेसम्म “कविता यात्रा”को आयोजना गर्ने भएको छ । स्रष्टाहरुलाई देश दर्शन गराउने तथा  मोफसललाई केन्द्रसंग जोड्ने र केन्द्रलाई मोफसलसम्म पुर्‍याउने कविता यात्राको उदेश्य रहेको संस्थाले जनाएको छ ।

यस कविता यात्रामा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा दुई दर्जन बढी सर्जकहरु शैलुङ जाँदै हुनुहुन्छ । कविता यात्रामा सहभागी सर्जकहरुमा मदनदास श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, शोभित उप्रेती, प्रा. डा. गोविन्दमान सिंह कार्की, रामप्रसाद पन्त, विनोद नेपाल, नन्दु उप्रेती, सुवाश ढुंगेल, प्रद्युम्न जोशी, मुरारि सिग्देल, श्रीबाबु कार्की, रुद्र अधिकारी, कृष्ण के. सी., नीता श्रेष्ठ, डा. बुनु दाहाल, नवीन शाही रहनु भएको
छ ।

यसैगरी चर्चित गायकहरु नविन पौडेल, नरहरी प्रेमी, रितु कंडेल, गंगा भूर्तेल र बालनृत्यकार रन्जना थपलिया तथा संचारकर्मी हुनुहुन्छ ।

कार्यक्रममा दोलखाका अन्य सर्जक, पत्रकार र स्थानीयहरुको सहभागीता रहनेछ ।

शैलुङ गाउँपालिका-८, भैंसे स्थानीय आयोजक रहेको यस कार्यक्रमले शैलुङमा थप सांस्कृतिक जागरण ल्याउनेमा समाजसेवी एवं गीतकार शोभित उप्रेती विश्वस्त हुनुहुन्छ ।

कार्यक्रम तालिकानुसार पुस ४ गते चरणावतीधाम दर्शन, ५ गते शैलुङको थुम्कामा साहित्य विमर्श एवं कवि गोष्ठी तथा “स्रष्टा घर”को शिलान्यास र ६ गते भैंसेमा कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ ।

साहित्यिक पत्रकार संघले वि. स. २०४२ सालमा दोलखा जिरीमा कविता यात्राको आयोजना गरेको
थियो ।

शैलुङ ३४,०० मिटर उचाईमा अवस्थित महाभारत पर्वत शृङ्खलाको सबैभन्दा उच्च पर्वत हो । शैलुङलाई पहाडहरूको ‘रानी पहाड’ पनि भनिन्छ । शैलुङ क्षेत्रमा १०८ प्रकारका जडिबुटीहरू पाइन्छ ।

हिउँदमा प्राय: शैलुङको उच्चभाग हिउँले ढाकिएको हुन्छ ।शैलुङबाट गौरीशङ्कर हिमाल, गणेश हिमाल, जुगल हिमालका साथै अन्नपूर्णसहित मुलुकका प्राय हिमश्रृङखलाहरू र महाभारत पर्वतका माथिल्लो क्षेत्रका पहाड र पर्वतहरूको चित्ताकर्षक दृश्य  देखिन्छ।

प्राकृतिक सौन्दर्यसँगै शैलुङ हिन्दु र बोद्ध, बोन धर्मावलम्बीहरूको पवित्र धार्मिक स्थल पनि हो। यहाँ जनैपूर्णिमा, बाला चतुदर्शी लगायतका समयमा जात्रा (मेला) लाग्ने गर्दछ ।

शैलुङडाँडाको एउटा ओढारमा – शैलुङेश्वर महादेव विराजमान छन् । शैलुङ्गेश्वर महादेवको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

शैलुङ सम्बन्धि स्थानीयहरू माझ विभिन्न किवदन्तीहरू प्रचलनमा रहेका छन् । प्रथम बुद्ध साङ्गे माह्मोर्चेले ज्ञान दिएको हुनाले पहिले यस पर्वतलाई ‘साङ्गेलुङ’ भनिन्थ्यो  । पछि अपभ्रंश हुँदै शैलुङ रहन गयो ।  तामाङ भाषाको शब्द ‘सयलुङ’को नेपाली अर्थ हुन्छ – सय थुम्का । पछि ‘सयलुङ’लाई नै शैलुङ भनिन थालेको स्थानीय बुद्धिजीवीहरूको तर्क छ । सरकारले घोषणा गरेको नेपालको एक सय वटा प्रमुख पर्यटकीय गन्तव्यमा परेको स्थान मध्यको एक हो- शैलुङ ।

यसले वि.सं. २०४६ देखि २०६४ सालसम्म गाइजात्रे कार्यक्रमको आयोजना, स्रष्टाहरुको सम्मान, अभिनन्दन, रथारोहणजस्ता कार्यक्रम गर्दै आएको छ । यस्तै कविता क्यासेट, स्मारिका, सिर्जना बुलेटिनलगायत विभिन्न स्रष्टाका कृति पनि प्रकाशन पनि प्रकाशन गर्दै आइरहेको छ ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology