काठमाडौंमा कर्णालीको मागल

काठमाडौंमा कर्णालीको मागल

  • कुराकानी

  • शनिबार, साउन १९, २०८१

  • 85
    SHARES
काठमाडौंमा कर्णालीको मागल

कुराकानी । कर्णालीबाट आएका मुग्लेलीहरुले काठमाडैंमा मागल गाएका छन् । किताब जात्राको अन्तिम दिनको सुरुवात गर्दै उनीहरूले मागल गाए।

कर्णाली क्षेत्रमा विभिन्न स्थान र समयमा गाइँदै अएका विभिन्न संस्कृतिहरूमध्ये मंगल कार्यको सुरूवातमा लयमा गाइने शब्द मागल हो।

जुम्ली भाषामा गाइने मागलको सुरूवातमा ‘कस्तो देखिन्छ दियो, कस्ते देखिन्छ बत्ती सुन जस्तो देखिन्छ’ भन्ने भाव हुने अभियन्ता तथा लेखक माधव चौलागाईले बताए।

उनका अनुसार मागल भनेको कर्णालीको लोक बेद हो।

जुम्लाबाट आएका पाँच मुग्लेलीमा नारायणी आचार्य, रमा चौलागाई, लक्ष्मी पाण्डे, दुर्गा स्वार र शोभा उपाध्याय रहेका थिए। उनीहरूले मञ्चबाटै छोटो मागल गाउँदै जुम्ला घुम्न निमन्त्रणा समेत दिए।

त्यस्तै, संगम श्रुति ब्यान्डका कलाकारहरूले सोलो मादल, स्ट्रयाण्डिङ सितार बजाएर समेत महेत्सवमा आउने अवलोकनकर्ताहरूको ध्यान खिँचे।

महोत्सवको दोस्रो तथा अन्तिम नेपाली साहित्यमा समीक्षकको उपस्थिती, मुलधारबाट सधैं उपेक्षामा कला, हाँस्य विधाः शक्ति र चुनौती, संञ्चारका सारथी लगायतका बिषयमा छलफल हुँदैछ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology