जेनजी आन्दोलनमा १९ को मृत्यु, १४ को अवस्था गम्भिर

जेनजी आन्दोलनमा १९ को मृत्यु, १४ को अवस्था गम्भिर

  • कुराकानी

  • सोमवार, भदौ २३, २०८२

  • 25
    SHARES
जेनजी आन्दोलनमा १९ को मृत्यु, १४ को अवस्था गम्भिर

कुराकानी । जेनजीको भ्रष्टाचार विरुद्धको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ ।

काठमाडौंको बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।

ट्रमा सेन्टरमा ८, एभरेस्टमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको मृत्यु भएको हो ।

विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइतेको उपचार भइरहेको छ । सिभिलमा १००, ट्रमामा ५९, एभरेस्टमा १०२, केएमसीमा ३७, वीरमा ६ र पाटन अस्पतालमा ४, त्रिवि शिक्षणमा १८ जना, नर्भिकमा ३, बीपी प्रतिष्ठानमा २, गण्डकी मेडिकल कलेजमा १ जना, विराट मेडिकल कलेजमा ४ र दमक अस्पताल ७ जना उपचार भइरहेको छ ।

यस्तै, इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएसँगै प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको हो ।

विभिन्न अस्पतालमा गरेर अझै १४ जना गम्भिर घाइते भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको थियो । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
भ्रष्टाचारका विरुद्ध जेनजीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ । कर्फ्यु आदेशसँगै आन्दोलन अझै नियन्त्रणमा आइसकेको छैन ।


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology