
कुराकानी । राज्यका तीनै अंग प्रदर्शनकारीको कब्जामा पुगेको छ।
मंगलबार प्रदर्शनको क्रममा प्रदर्शनकारीले राज्यसत्ताका प्रमुख तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको तिनै अंगका कार्यालय नियन्त्रणमा लिएका हुन्।
मंगलबार प्रदर्शनकारीले सिंहदरबारस्थित कार्यपालिकाको केन्द्रीय मन्त्रालयहरूमा प्रवेश गरेर आगजनी र तोडफोड गरेका थिए।
त्यस्तै, प्रदर्शनकारीले दिउँसो बानेश्वरस्थित संसद् भवनमा आगजनी गरे भने सर्वोच्च अदालतमा पनि तोडफोड गरेका छन्।