मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद : कार्यकक्षमा तोडफोड, सडकमा प्रदर्शन

मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद : कार्यकक्षमा तोडफोड, सडकमा प्रदर्शन

  • कुराकानी

  • सोमवार, कार्तिक २५, २०८२

  • 4
    SHARES
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद : कार्यकक्षमा तोडफोड, सडकमा प्रदर्शन

जनकपुरधाम । मधेशमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादले मधेश प्रदेशमा तनाव चुलिएको छ। आज बिहान नेपाली कांग्रेस, जसपा र लोसपाका प्रदेश सांसद तथा कार्यकर्ताहरूले मुख्यमन्त्रीको कार्यकक्ष र प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड तथा विरोध प्रदर्शन गरेका छन्।

कांग्रेस सांसद वीरेन्द्र कुमार सिंहले कार्यकक्षबाट राष्ट्रिय झण्डा फालेका हुन् भने अन्यहरूले कुर्सी र गमलाहरू तोडफोड गरेका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहान काठमाडौँ उपचारका लागि जाने भन्दै निस्किए पनि महोत्तरीको पानस होटलमा पुगेर एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीको शपथ गराएपछि विवाद भड्किएको हो।

जसपा र लोसपाले प्रदेश प्रमुखले ‘मधेशको अस्मिता लुटेको’ आरोप लगाएका छन् भने केही नेताहरूले प्रदेश सभाको बैठक सडकमै डाकेर ‘स्वायत्त घोषणा’ गर्नसमेत आह्वान गरेका छन्।

नवनियुक्त मुख्यमन्त्री यादव मधेश भवन आउने सूचना पाएपछि विरोधमा रहेका कार्यकर्ताहरूले भवन अगाडि टायर बालेर अवरोध गरिरहेका छन्।


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology