काठमाडौं । अभिनेत्री साम्राज्ञी शाह र अभिनेता–मोडल विशाल खरेलको इन्गेजमेन्ट पछिल्लो सयम सोसल मिडियामा ठूलो विवादको विषय बनेको छ। साम्राज्ञीले गतसाता विशालसँग इन्गेजमेन्ट गरेको सार्वजनिक गरेसँगै उनीहरूको व्यक्तिगत जीवनबारे TikTok र रिल्समा आएका खुलासाले सामाजिक सञ्जाल दुई भागमा विभाजित भएको छ।
एक पक्षले श्रीमती हुँदाहुँदै विशालले चिटिङ गरेको आरोप लगाइरहेका छन् भने अर्को पक्षले विवाहित हो भन्ने थाहा हुँदाहुँदै साम्राज्ञीले सम्बन्ध अघि बढाएको दाबी गरेका छन्। यिनै आरोप–प्रत्यारोप चर्किएपछि विशालकी पूर्वपत्नीले ३ मिनेटको TikTok भिडियो सार्वजनिक गर्दै आफ्नो पक्ष राखेकी छन्।
भिडियोमा उनले आफू र विशाल विवाहित रहेको र बच्चा भएको कुरा साम्राज्ञीले पहिल्यै थाहा पाएको दाबी गरेकी छन्। थाइल्यान्डमा सुटिङको क्रममा विशालले साम्राज्ञीसँग ‘बेड सेयर’ गरेको कुरा उनले विशालबाटै निश्चित भएपछि आफूहरू एक वर्षअघि नै अलग भएको खुलासा गरेकी छन्। “हामी अलग भएको एक वर्ष भयो,” उनले भनेकी छिन्।
पूर्वपत्नीले स्पष्ट तथ्य नबुझेका मानिसहरूले सोसल मिडियामा अनावश्यक सामग्री नहाल्न आग्रह गर्दै आफू र परिवारको गोपनीयताको सम्मान गर्न भनेकी छन्।
यसैबीच, साम्राज्ञी शाहले बुधबार इन्स्टाग्राम स्टोरीमार्फत आफूहरूले कानूनी रूपमा मंगेतर दर्ता गराएको र इन्गेजमेन्टबारे कुनै पछुतो नरहेको बताएका छन्। उनले विशाल विवाहित रहेको थाहा हुँदाहुँदै सम्बन्ध अघि बढाएको आरोप अस्वीकार गर्दै लेखेकी छन्, “म कहिल्यै विवाहित पुरुषसँग डेट गर्दिन, इन्गेजमेन्ट गर्दिन, र कुनै परिवार तोड्दिन।”

साम्राज्ञीले प्रेमको रक्षा गर्ने आफ्नो निर्णयलाई आलोचनाले नछुने बताएकी छन् भने विशाल पहिले नै ‘मुभ अन’ भइसकेको दाबी गरेको उल्लेख गरेकी छन्।
विशाल र साम्राज्ञीले पछिल्लो एक वर्षमा दुईवटा म्युजिक भिडियोमा सहकार्य गरेका थिए। थाइल्यान्डमा गरिएको छायांकनका क्रममा उनीहरू नजिकिएको अनुमान गरिन्छ। मंसिर २ गते परेको जन्मदिनमा साम्राज्ञीले इन्गेजमेन्ट सार्वजनिक गरेकी थिइन्।
यस विषयमा विशाल खरेलले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।