मिडियाको परिवर्तित स्वरुपलाई अंगाल्न सक्नुपर्नेमा जोड

मिडियाको परिवर्तित स्वरुपलाई अंगाल्न सक्नुपर्नेमा जोड

  • कुराकानी

  • शुक्रबार, मंसिर २७, २०८२

  • 30
    SHARES
मिडियाको परिवर्तित स्वरुपलाई अंगाल्न सक्नुपर्नेमा जोड

कुराकानी। पत्रकार टिकाराम यात्रीले पत्रकारिता आफ्नो जीवनशैली भएको बताएका छन्। किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार परिवर्तित समयमा मिडिया विषयक बहसमा आफ्नो धारणा राख्दै यात्रीले उक्त कुरा बताएका हुन्।

उनले प्रविधिको विकाससँगै सञ्चारमाध्यममा भइरहेको विकासले आफूलाई खुसी तुल्याएको बताएका छन्। बदलिँदो प्रविधिसँगै पत्रकारिता पेसाको साध्य उही भए पनि माध्यम फरक भइरहेको उनको भनाइ छ।

बजारमा लगानी अभाव, कर्मचारी टिक्न नसक्ने अवस्था, विज्ञापन बजार खुम्चिँदो र दर्शक, पठाक तथा स्रोताको संख्या सञ्चार क्षेत्रमा घट्दो रहेको उनले बताए। सामाजिक सञ्जालका कारण यस्तो अवस्था आएकाले पाठक, दर्शक र स्रोताको आकांक्षा अनुसार आफूले पनि नयाँ बाटो अवलम्बन गरेको उनको भनाइ छ।

यस्तै पत्रकार रुपेश श्रेष्ठले पछिल्लो क्षेत्र पत्रकारिताप्रति जनताको विश्वास घट्दै गएको प्रति चिन्ता व्यक्त गरे। प्रविधिको विकास निरन्तर भइरहने क्रम भएकाले यसलाई भएका रुपमा भने बुझ्न नहुने उनले बताए। प्रविधिलाई नवीन ढंगबाट प्रयोग गर्न उनी सुझाउँछन्।

उनले कडा रूपमा पत्रकारितामा अन्य कारिता जाेडिन नहुने बताए ।

यस सेसनको सहजकर्ताको भूमिका शिवानी थापाले निभाएकी थिइन्।


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology