वीरगञ्जमा कर्फ्यु दिउँसो १ बजेसम्म थपियो

वीरगञ्जमा कर्फ्यु दिउँसो १ बजेसम्म थपियो

कर्फ्यु आदेशअनुसार पूर्वमा बसपार्क, नगवा र इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक तथा दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ।

  • कुराकानी

  • मङ्लबार, पुस २२, २०८२

  • 2
    SHARES
वीरगञ्जमा कर्फ्यु दिउँसो १ बजेसम्म थपियो

कुराकानी । धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि वीरगञ्जमा जारी कर्फ्यु आदेश आज दिउँसो १ बजेसम्म थप गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि जारी कर्फ्यु आदेशलाई सुरक्षा अवस्था मूल्याङ्कन गर्दै दिउँसो १ बजेसम्म लम्ब्याइएको हो। प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यु जारी गरिएको जानकारी दिए।

कर्फ्यु आदेशअनुसार पूर्वमा बसपार्क, नगवा र इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक तथा दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ।

कर्फ्यु अवधिभर अत्यावश्यक सेवाबाहेक घरबाहिर ननिस्कन प्रशासनले आम नागरिकलाई आग्रह गरेको छ। अत्यावश्यक कामका लागि बाहिर निस्कनु परेमा नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न वा १०० नम्बरमा फोन गरी जानकारी गराउन भनिएको छ।

प्रशासनका अनुसार कर्फ्यु अवधिमा एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू तथा हवाई टिकटको आधारमा यात्रा गर्ने यात्रुहरूको आवतजावतमा सुरक्षाकर्मीबाट सहजीकरण गरिनेछ।

आइतबारदेखि धार्मिक तथा सामाजिक विषयलाई लिएर वीरगञ्जमा प्रदर्शन भइरहेका छन्। प्रदर्शन चर्किएसँगै नगरको सुरक्षा अवस्था तनावपूर्ण बन्दै गएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको जनाएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology