
यो फिल्म ऋषभ शेट्टी (Rishab Shetty) द्वारा लेखिएको, निर्देशित र अभिनीत हो। सन् २०२२ मा आएको चर्चित फिल्म “कान्तारा” को पूर्वकथा (prequel) हो।
फिल्मको कथा प्राचीन दक्षिण भारतको कर्नाटक क्षेत्रमा आधारित छ — जहाँ आदिवासी समुदाय, देवी-देवता, वनजंगल र परम्परागत आस्थाहरू केन्द्रमा छन्।
फिल्मको दृष्यभाषा अत्यन्त प्रभावशाली छन्। जंगल, पहाड, मन्दिर र धार्मिक संस्कारहरूको प्रस्तुति एकदम यथार्थ र सौन्दर्यपूर्ण देखिन्छ। सिनेमेट्रोग्राफीले पुरै फिल्मलाई आध्यात्मिक र रहस्यमयी बनाएको छ।
ऋषभ शेट्टीको अभिनय शक्तिशाली र गहिरो छ। उनले पात्रलाई केवल अभिनय मात्र हैन, जीवन्त नै बनाएका छन्।
यसका कमजोरी भनेकै फिल्मको पहिलो भाग अलि स्लो-पेस्ड छ। कथाको गहिराइमा पुग्न केही समय लाग्छ, जसले केही दर्शकलाई बोर महसुस गराउन सक्छ।
त्यस्तै, पहिलो “कान्तारा” मा जुन भावनात्मक प्रभाव थियो, यो फिल्ममा त्यति तीव्र अनुभूति छैन। कथा कहिलेकाहीँ बढी दृष्य भाषा देखाउनमै केन्द्रित छ।
फिल्मले धेरै पौराणिक प्रसङ्ग, देवी-देवता र संस्कृतिहरू समेटेको छ। त्यसले कहिलेकाहीँ मुख्य कथाको फोकस हराउने समस्या पनि ल्याउँछ।