बहसमा यौनिक शिक्षा

अलमलमा याैनिक तथा लैंगिक शिक्षा

अलमलमा याैनिक तथा लैंगिक शिक्षा

यौनिकता भनेको यौन, यौनिक पहिचान, भूमिका र प्रजनन जस्ता विषयहरूका एकीकृत रूप हो भनिएको छ । यो गलत हो ।

  • कुराकानी

  • शुक्रबार, साउन १८, २०८१

  • 178
    SHARES
अलमलमा याैनिक तथा लैंगिक शिक्षा

कुराकानी । कक्षा ६, ७ र ८ । यि तिन ओटै कक्षाको पाठ्यपुस्तकमा समावेश गरिएको छ यौनिक तथा प्रजनन् स्वस्थ्यबारे शिक्षा । शारिरीक तथा सिर्जनात्मक कला नामको पाठ्यपुस्तक, एकाइ पाँचमा यौनिक तथा प्रजनन स्वास्थ्य पढाई हुन्छ । कक्षा ६ को पाठको सुरुवातमै एक प्रश्न सोधिएको छ, तपाइले केटा, केटी, अन्तरलिङ्गी यौनिक तथा लैंङ्गिक रुपले भिन्न भएको कुरा कसरी थाहा पाउनुभयो ?

प्रश्न लगतै लेखिएको छ, यस्तो भिन्नता छुट्याउने शारिरीक आधार लिंग हो । यौनिकताले यौन चाहना, समान वा विपरीत लिंगप्रतिको आकर्षण, यौन क्रियाकलाप तथा यौन सम्बन्धी भुमिका समेतलाई समेट्छ ।
यसपछि सिधै प्रजनन भनेको के हो भन्नेबारे लेखिएको छ । अर्थात कक्षा ६ को पाठ्यपुस्तकमा समावेश गरिएको यौनिक शिक्षामा यति मात्रै हो ।

तर यसमा जुन प्रश्न सोधेर बिषयबस्तुको सुरुवात गरिएको छ, त्यसको उत्तर दिन सकेको छैन । बिना उत्तर नै पाठलाई अपुरो छाडिएको छ ।
यसबारे यहि शिर्षकमा यहि एकाइमा कक्षा ७ मा बिस्तृत रुपमा लेखिएको छ । जसमा लेखिएको छ, यौन प्राकृतिक तथा जैविक पहिचान हो । यस शब्दले जैविक गुणहरु संरचना, प्रक्रिया र आनुवांशिकलाई जनाउँछ । व्यक्ति जन्मँदा शारीरिक रुपमा जस्तो हुन्छ त्यो नै यौन हो ।

यसको अगाडी लेखिएको छ, उक्त पहिचानले व्यक्तिलाई आफू माहिला, पुरुष अन्तरलिंगी तथा यौन अल्पसंख्यक भन्ने परिचय दिन्छ । यो अपरिवर्तनशील हुन्छ ।
यहाँ यौन अल्पसंख्यक भनेको के हो त्यो प्रष्ट खुलाइएको छैन । यो अपरिवर्तनशील छ भन्ने कुरामा पनि प्रष्ट नपारिएकाले पाठ्यक्रम तयार पार्ने लेखक नै यस बिषयमा स्पष्ट नभएको देखिन्छ ।

यसैको अर्को हरफमा लेखिएको छ, शारीकि बनावट, उत्पादन हुने हर्मोन, देखापर्ने परिवर्तनहरु, महिलाको डिम्ब निस्कासन हुनु तथा पुरुषको शुक्रकीट उत्पादन हुनु र सन्तान उत्पादन गर्नु जस्ता गुण प्राकृतिक हुन् । यी सबै विशेषताहरु यौनिकताभित्र पर्छन् ।

यौनिकता र लैंगिकताको फरक थाहा भएन
यसपछि अर्को अनुच्छेदमा बल्ल यौनिकता के हो भन्नेबारे उल्लेख गरिएको छ । जसमा यौनिकता भनेको यौन, यौनिक पहिचान, भूमिका र प्रजनन जस्ता विषयहरूका एकीकृत रूप हो भनिएको छ । यो गलत हो ।

यौनिकता भनेको मानिसको यौनिक भावना, अभिव्यक्ति, र अनुभवसँग सम्बन्धित प्रक्रिया हो । यसमा यौनिक पहिचान, यौनिक आकर्षण, र यौनिक गतिविधिहरू समावेश छन् । यौनिकता विभिन्न रूपमा व्यक्त हुन सक्छ, र यो व्यक्तिगत र सांस्कृतिक पृष्ठभूमिको आधारमा फरक हुन सक्छ । यसले एक व्यक्तिको यौनिक रुचिहरू र अनुभवलाई बुझ्नमा मद्दत पुर्याउँछ । तर पाठ्यक्रममा सबैको एकिकृत रुप भनेर गलत ब्याख्या गरिएको छ ।

अझै यसलाई व्याख्या गर्दै लेखिएको अर्को अनुच्छेदले बिद्यार्थीलाई झनै यस बिषयमा भ्रमित पार्छ । जहाँ लेखिएको छ, यसअन्तर्गत शारीरिक बनावट, लैगिकता, लैङ्गिक पहिचान र यौनिक परिचय, यौन स्वास्थ्य, यौन अधिकार जस्ता पक्षहरू पर्छन् । यसले यौनसम्बन्धी मूल्य र मान्यता, अभिव्यक्ति र व्यवस्थापन आदि कुराहरूको समग्र रूपलाई बुझाउँछ । माया, प्रेम जीवनप्रतिको विचार, सम्बन्ध र व्यक्तिप्रतिको व्यवहार पनि यौनिकता हो । यौनिकता नितान्त व्यक्तिगत अनुभूति अभिव्यक्ति हो । यौनिकताको अभिव्यक्ति फरक ढङ्गले हुने गर्छ । मानिसको यौनिकता व्यक्तिपिच्छे फरक हुन्छ यसमा व्यक्तिले यौनका बारेमा समान यौन र विपरीत यौनप्रति कस्तो व्यवहार गर्छन् भन्ने कुरा समेटिएको हुन्छ ।

मानिसको यौनिकतालाई संस्कृति, जाति, धर्म, आर्थिक तथा सामाजिक अवस्था, शारीरिक अवस्था, यौन पहिचान आदि कुराहरूले प्रभाव पारेको हुन्छ । यौनिकताको अभिव्यक्ति व्यक्तिको यौन पहिचानमा पनि निर्भर गर्छ । यौन पहिचान भन्नाले व्यक्तिले देखाउने यौन व्यवहार हार र र सम्बन्धहरू हुन् । यौनिकता हाम्रो जीवनकालभरि नै रहिरहन्छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यकको बुझाइमा समस्या
कक्षा ७ को पाठ्यक्रममा यौनिक पहिचानका आधारमा व्यक्तिहरुलाई निम्नानुसार तीन समूहमा विभाजन गर्न सकिन्छ भन्दै लेखिएको छ, विपरीत यौनिक समुह, समयौनिक समुह र द्धियौनिक । विपरीत यौनिक समूहमा लेखिएको छ, महिला र पुरुष एकअकासँग यौनिकरूपले आकर्षित हुने व्यक्तिहरू यस समूहमा पर्छन् ।

समयौनिक समूहमा लेखिएको छ महिला महिलाबिच वा पुरुष पुरुविच यौनिक रूपले आकर्षित हुने व्यक्तिहरू यस समूहमा पर्छन् । पुरुप समलिङ्गीलाई गे र महिला समलिङ्गीलाई लेस्बियन पनि भनिन्छ ।
त्यस्तै, द्धियौनिकमा लेखिएको छ, कोही मानिस विपरीत यौनका साथै समयौनसँग पनि यौनिक रूपले फेर्पित हुने गर्छन् । यस्ता व्यक्तिहरू यस समूहमा पर्छन् । यौनिक परिचय व्यक्तिको पहिचान, अस्तित्व र मानव अधिकारको विषय हो। विपरीत यौनिकभन्दा भिन्न यौनिक परिचय भएका व्यक्तिलाई समग्रमा यौनिक अल्पसङ्ख्यक भनिन्छ । यसलाई एजिविटिआई पनि भनिन्छ । यसको सङ्क्षिप्त परिचय यसप्रकार छ ।
यो भनेर फेरि माथी लेखिएकै कुरालाई दोहोर्याइएको छ । केहि उदाहरण हेरौं:

स्त्री समयौनिक उपशिर्षकमा लेखिएको छ, कुनै पनि स्त्रीहरू स्वीप्रति मात्रै यौनिक व्यवहारका लागि शारीरिक र भावनात्मक रूपमा आकर्षित हुन्छिन् भने तिनलाई स्त्री समयौनिक भनिन्छ ।

पुरुष समयौतिकता भनेर लेखिएको छ, कुनै पुरुष पुरुषसँगै यौनिकताका हिसाबले शारीरिक र भावनात्मक रूपमा आकर्षित हुन्छन् भने त्यस्तो व्यक्तिलाई पुरुष समयौनिक भनिन्छ ।

द्वियौनिक शिर्षकमा लेखिएको छ, शारीरिक र भावनात्मक रूपमा दुवै प्रकारका यौनसँग यौनिक आनन्द गर्न, भावना साटासाट गर्न आकर्षित हुने व्यक्तिलाई द्वियौनिक भनिन्छ ।
ट्रान्ससेक्सूयल उपशिर्षकमा लेखिएको छ, यो समूहका व्यक्ति शारीरिक रूपमा वा जन्मंदा महिला वा पुरुष भए तापनि आफ्नो पौन पहिचानका आधारमा व्यक्तिहरुलाई निम्नानुसार तीन समूहमा विभाजन गर्न सकिन्छस्
त्यस्तै, विपरीत यौनिक समूह भनेर त्यहाँ लेखिएको छ, महिला र पुरुष एकअकासँग यौनिकरूपले आकर्षित हुने व्यक्तिहरू यस समूहमा पर्छन् ।

यस्तै, समयौनिक समूहमा लेखिएको छ, महिला महिलाबिच वा पुरुष पुरुविच यौनिक रूपले आकर्षित हुने व्यक्तिहरू यस समूहमा पर्छन् । पुरुप समलिङ्गीलाई गे र महिला समलिङ्गीलाई लेस्बियन पनि भनिन्छ ।
यसैगरी डियौनिक उपशिर्षक दिएर लेखिएको छ, कोही मानिस विपरीत यौनका साथै समयौनसँग पनि यौनिक रूपले फेर्पित हुने गर्छन् । यस्ता व्यक्तिहरू यस समूहमा पर्छन् । यौनिक परिचय व्यक्तिको पहिचान, अस्तित्व र मानव अधिकारको विषय हो। विपरीत यौनिकभन्दा भिन्न यौनिक परिचय भएका व्यक्तिलाई समग्रमा यौनिक अल्पसङ्ख्यक भनिन्छ । यसलाई एजिविटिआई (ीन्द्यत्क्ष्) पनि भनिन्छ। यसको सङ्क्षिप्त परिचय यसप्रकार छ ।

शारीरिक वा प्राकृतिक स्वरूपभन्दा विपरीत यौनिक व्यवहार गर्छन् । जस्तै शारीरिक रूपमा महिला भएता पनि पुरुष जस्तो व्यवहार गर्ने र पुरुषको जस्तो पहिरन लगाउने, पुरुषको जस्ता शङ्गार गर्ने गर्छन् ।
त्यस्तै शारीरिक रूपमा पुरुष भए महिला जस्तो व्यवहार गर्ने र महिलाको पहिरन लगाउने, महिलाको जस्तो शृङ्गार गर्ने गर्छन् ।

त्यस्तै अन्रतयौनिकमा लेखिएको छ, प्राकृतिक रूपमा नै पुरुष वा महिलाको पहिचान गर्न नसकिने अवस्थामा रहेका व्यक्तिलाई अन्तरयौनिक भनिन्छ । उदाहरणका लागि मानिस जन्मदाखेरी पुरुष र महिला दुवैको जननेन्द्रिय अथात् लिङ्ग, अन्डकोष, योनि र पाठेघरसहित जन्मेको छ भने यसलाई अन्तरयौनिक भनिन्छ ।

शिक्षकलाई नै बुझ्न समस्या
माथी लेखिएका कुराहरु को संग छलफल गरेर लेखिएको हो भन्ने थाहा पाउन सकिँदैन । सरल र सजिलो तरिकाले बुझाउन सकिने कुरालाई दोहोर्याएर अफ्ट्यारो पारिएको छ । महेन्द्रोदय मा.वि मा यिनै बिषय पढाउने एक शिक्षकले च्याप्टर पाँच आफैले बुझ्न नसकेकाले बिद्यार्थीलाई बुझाउन नसकिएको बताए ।

भिन्न यौनिक परिचय भएका मानिसहरूलाई पनि अन्य व्यक्तिसरह सम्मान गर्नुपर्छ । यौनिक परिचय मानवअधिकारको एक अंश हो । त्यसैले सबै प्रकारका यौनिक परिचय भएका व्यक्तिहरूको अधिकारलाई सम्मान गर्नुपर्छ ।
यौनिकतासम्बन्धी ज्ञान, अभिवृत्तिर व्यवहारमा सकरात्मक परिवर्तन ल्याउने प्रक्रियालाई यौनिकता शिक्षा भनिन्छ ।

यसले व्यक्तिको यौनिकतालाई कसरी व्यक्त गर्ने, योनिकनाअनुसार कसरी जिम्मेवारीपूर्ण व्यवहार गर्ने भन्ने कुरा सिकाउँछ। जस्तो विषयप्रति किशोरकिशोरी जिज्ञासु र उत्साहित पनि हुन्छन् उनीहरूकी जिज्ञासा र उत्साहलाई अभिभावक वा शिक्षकले बुझेर समाधान गरि दिएमा उनीहरूले गलत बाटो अंगाल्नबाट बच्न सक्छन् । घरमा आमाबुवाले, विद्यालयमा शिक्षकले र स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले यौन र अन्य विविध पक्षसँग सम्वन्धित परामर्श र सल्लाह दिन सक्छन्।

ठिक समयमा किशोर किशोरीहरूले यौनर यौनिकताबारे सिक्न पाउनुपर्छ। यसो भएमा स्वस्थ यौन आचरण अपनाएर आफ तथा अरूलाई पनि स्वस्थ भई जिउन मदत पुग्छ यसअन्र्तगत मानव प्रजनन प्रणाली, यौनिक व्यवहारका जैविक सांस्कृतिक तथा महिला र पुरुषका वैयक्तिक धारणाका बारेमा शिक्षा दिइन्छ ।

यसवाट व्यक्ति, परिवार तथा समाजलाई यौनिकतासम्बन्धी सवाल तथा कार्यका लागि जानकारी प्राप्त भई स्वस्थ यौन जीवनयापनमा सहयोग पुग्छ । यसरी यौनिक व्यवहारलाई सकारात्मक धारतर्फ उत्प्रेरित गराउन र यौनिकतासम्बन्धी गलत धारणा र नकारात्मक भावना निराकरण गरी स्वस्थ यौनिक आचरण र सुरक्षित यौन जीवनका लागि यौनिक शिक्षा आवश्यक छ ।

यहि बिषयलाई कक्षा ८ मा पनि समावेश गरिएको छ । तर केहि एड्भानस कुराहरु थपिएको छ । जुनको न शब्द बुझ्न सकिन्छ न व्याख्या नै ।

दक्षिण एसियामै नेपाल यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा उदार देश मानिन्छ । मान्छे बन्ने आधारभुत अधिकार समेत स्वीकार गर्ने देशहरुको तुलनामा नेपाल अगाडी मानेको मान्नुपर्छ ।

बिद्यालय शिक्षामा समेत यौनिक तथा लैंगिक अल्पसंख्यकको बारेमा पाठ्य सामग्री राखिएको छ । यो अर्को सुखद कुरा हो । तर कसैले बुझ्न नसक्ने र झनै अफ्यारो पार्ने बिषयबस्तुले बिद्यार्थीमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति नकारात्मक प्रभाव पार्ने सम्भावना रहेको छ ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology