फिल्म समीक्षा

यता न उताकाे एक्टर टेक वान

यता न उताकाे एक्टर टेक वान

तेरो बाउ राजेश हमाल हो र, सबैले चिन्न ? भन्ने धुमिलो आवाज ब्याकग्राउण्डमा गुन्जन्छ ।

  • कुराकानी कुराकानी

  • बिहिबार, माघ २४, २०८१

  • 65
    SHARES

कुराकानी । पहिचानको खोजीमा सुपरस्टार बन्न खोजिरहेको एक युवा पात्रको कथा हो फिल्म एक्टर टेक वान ।

रमाइलो कुरा के भने, यो फिल्ममा एकेटीओआर र अर्को फिल्म एसीटीओरमा उच्चारण मात्रै हैन सरोज खनाल पनि एकै परेका छन् । यो हल्का रमाइलो किन भने केमियो रोल भएपनि खनालले सिकाएको गुरुमन्त्रले नै फिल्मको पात्रलाई अगाडी बढ्न महत्वपुर्ण भुमिका खेलेको छ ।

तेरो बाउ राजेश हमाल हो र, सबैले चिन्न ? भन्ने धुमिलो आवाज ब्याकग्राउण्डमा गुन्जन्छ । बाउको पहिचान नभएकाले, हेपिनु परेको बाल्यकालको स्मरणलाई लिएर आफ्नो पहिचान बनाउन सुपरस्टार बन्ने चाहेको युवाको कथा बोकेको यो फिल्म यतिबेला नेपालभरका हलहरुमा लागिरहेको छ ।

फिल्ममा मलाई मन परेको कुरा भनेको यसको कथाबाचन शैली हो । फिल्म भित्र फिल्मको कथा भनिरहेको यो कथ्यशैली नेपाली फिल्मका लागि नौलो हो जस्तो लाग्छ ।

फिल्ममा अर्को मन परेको पाटो भनेको नायक प्रदिप खड्काको अभिनय हो । अरु कलाकारले राम्रो प्रयास गरेका छन् तर प्रदिपले भने मन जितेका छन् । त्यस्तै, फिल्ममा सुशिल सिटौलाको अभिनय पनि राम्रो छ भलै उनको भुमिका कम होस् ।

दिब्या रायमाझी र आना शर्मालाई भने अभिनय भन्दापनि हिरोको प्रेमीका बन्न राखेकाले उनिहरुको कलाकारिताको कुरै नगरौं । निर्देशकले जसरी देखाउन खोजेका हुन् त्यसमा सफल छन् । साउथ इण्डियन फिल्महरुमा महिला पात्रको भुमिका जसरी लेखिन्छ उनिहरु पनि त्यहि हुन् । यो फिल्म प्रदिपको मात्र हो भनेर, अरु पात्रहरुलाई गौण मानिदिदा फिल्म हेर्न रमाइलो लाग्छ ।

दिव्य देव जस्तो खारिएको कलाकारलाई समेत भारी आवजमा अंग्रेजी संवाद बोल्न मात्रै राखिएको आभास हुन्छ । उषा रजक जत्तिको थियटर एक्टरलाई दिएको स्पेस र उनको पात्रको प्रस्तुतिकरणलाई देखेर त हाँसो लाग्छ । यति राम्रा कलाकार राखेपछि यसो उनिहरुलाई पनि अभिनय गर्न दिएको भए हुने नि ।

यसरी भनौं प्रदिप बाहेक अरु पात्रलाई कलाकारिता देखाउन राखिएकै हैन । उनिहरु कथा अगाडी बढाउन मात्रै प्रयोग गरिएका हुन् जसमा फिल्मको निर्माण पक्ष सफल भएको छ ।

लामो समयपछि नेपाली फिल्ममा भिलेन अवतार लिएर फर्किएका राजवल्लभ कोइरालाको भुमिकामा पनि खास नौलोपना छैन । कतै कतै नाना पाटेकरको फिल्म वेलकमको झल्को दिने गरेर उनको पात्रलाई तयार पारिएको छ ।

त्यसो त, एक्टर टेक वानका केहि प्लटहरु पनि विभिन्न फिल्महरुबाटै उठाइएका छन् । कलाकारको कथा भनेपछि अन्य फिल्मको भाइब्स् दिन, जानिबुझी देखाएकै त्यहि होला भनेर यसलाई पनि सहज रुपमा स्वीकार गर्न सकिन्छ ।
फिल्म समग्रम रमाइलो छ । ट्वीष्टहरु रोचक छन् । देखाउन खोजेको कुरामा सहमती जनाउन सकिन्छ ।

तर केहि कुरालाई भने फिल्मी शैलीमा नभई बास्तविकतामै देखाउन सकेको भए गज्जव हुन्थयो ।

उदाहरणका लागि नेपालको नाटकघर । फिल्ममा जुन तरिकाले नेपालको नाटकघरलाई धनि देखाइएको छ, बास्तबमा त्यस्तो छैन । अनि नाटकमा कुशल जस्तो रुचि नहुँदानहुँदै पनि नाटक गर्न जाने पात्रहरु कम छन् । अहिले फिल्ममा नाटकका कलाकारहरुको हालीमुहाली भएसँगै क्यामरा फेश गर्नेहरुको नाटक मोह बढेको हो । नत्र प्यासन र समय दिन नसक्ने कलाकार थियटरमा टिक्न सक्दैनन् । अझै यहाँ त प्रेमिकाको कारण थियटर जोइन गरेको पात्र देखाइएको छ । यो समग्र थियटर कलाकार प्रति अन्याय हो । अझै थियटरबाटै ठुलो पर्दामा आउने कलाकारहरुका लागि त अपमान पनि हो ।

फिल्मको नाममा बिबाद पर्यो । बरु फिल्मको नाम यता न उता राखेको भए कस्तो सुहाउँदो हुन्थयो होला, यो चाहि फिल्म हेरिसकेकाहरुले मात्रै बुझ्नुहुन्छ है त किन भनेर ।

 

 

 

 

 

 


सम्बन्धित समाचार
       © 2022 - 2025 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology