मापदण्ड खै?

अस्कर अवार्ड अनि असन्तुष्टी

अस्कर अवार्ड अनि असन्तुष्टी

अञ्जिलाको तुलनामा गुन्युचोलो योग्य

  • पुष्पा थपलिया

  • शुक्रबार, अशोज ३, २०८२

  • 50
    SHARES
अस्कर अवार्ड अनि असन्तुष्टी

कुराकानी । नेपाली फिल्मका खाँटी दर्शकले खासै चासो नराख्ने विषय अन्तर्गत पर्छ, अस्कर अवार्ड । तर यसमा फिल्म बुझेकाहरुको मोह भने थेगिनसक्नु छ ।

अस्करको ९८ औं संस्करणका लागि यो बर्ष नेपालको प्रतिनिधित्व गर्दै फिल्म अञ्जिला छानियो। जम्मा दुईओटा फिल्म अञ्जिला र गुन्युचोलोको मात्रै आवेदन परेकोमा अञ्जिला छानिएको हो ।

अञ्जिला फिल्म राष्ट्रिय महिला फुटबल खेलाडी तथा पुर्व कप्तान एन्जिला तुम्बापो सुब्बाको जिवनीमा आधारित छ, जसमा लिनियर शैली मार्फत एक खेलाडीको जिवन र संघर्ष देखाउने प्रयास गरिएको छ ।
त्यस्तै अर्को फिल्म गुन्युचोलोमा एक ट्रान्स ओमनको यात्रा देखाइएको छ ।

अमेरिकामा बस्ने चिरञ्जीवी गुरागाईँ, पत्रकार जीवन पराजुली, कलिरष्ट कपिल पराजुली र यसका संयोजक विमल पौडेलको टिमले फिल्म अञ्जिलालाई यस वर्षको अस्करका लागि छनोट गरेको हो । स्रोतका अनुसार अस्करमा नेपालको तर्फबाट यो फिल्मको नाम समेत पठाईसकेको छ ।

चलचित्र विकास वोर्डको एक कोठामा ल्यापटपबाट फिल्म हेरेर निर्णय लिइएको र अझै एक सदस्यले त फिल्म समेत नहेरेको नोमिनेसनमा नपरेको फिल्म गुन्युचोलो समुहको आरोप छ ।

हेर्नस्, गुन्युचोलो समुहको प्रेस विज्ञप्ति

अस्करको उत्कृष्ट फिल्मको विधा अनि गुन्युचोलो

अस्कर एकेडेमी अवार्डले अघिल्लो वर्षबाट सर्वश्रेष्ठ फिल्म विधाको मापदण्डमा केही परिमार्जन गरेको थियो । जसमा अबदेखि उत्कृष्ट फिल्मको विधामा छनोट हुनका लागि स्ट्यान्डर्ड ए, बी, सी र डी गरी ४ खण्डमा विभाजन गरिएको थियो।

सर्वश्रेष्ठ फिल्म विधामा छनोट हुनका लागि फिल्मले चारमध्ये दुई नियमको मापदण्ड पूरा गरेकै हुनुपर्ने बनाइएको थियो ।

विश्वको जनसंख्यालाई पर्दामा राम्रोसँग देखाउन र समान प्रतिनिधित्वलाई प्रोत्साहन गर्न स्ट्यान्डर्ड ए अन्तर्गत कम्तीमा एक प्रमुख अभिनेता वा सहायक अभिनेता एक विशिष्ट देश वा उत्पादन गरिएको क्षेत्रको अल्पसंख्यक जाति वा जातीय समूहबाट प्रतिनिधित्व हुनुपर्ने उल्लेख गरिएको थियो ।

यसरी हेर्ने हो भने, गुन्युचोलो फिल्मले अवार्ड नै नजितेपनि कुनै विधामा छनोट हुने सम्भावना बोकेको थियो अञ्जिलाको तुलनामा । यो फिल्मले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथा उठाएको थियो त्यो पनि नेपालको मौलिकतालाई ध्यानमा राखेर ।

नेपाली समाजका लागि कलाकार नाजिर हुसेनको अभिनय मात्रै मनछुने भएपनि विश्वका लागि नेपालको एक ट्रान्स ओमनको कथा अनौठो हुनेवाला थियो । किनभने फिल्ममा वाध्यताले यौन व्यवसायमा लागेकी ट्रान्स महिलाको कथा र परिवारले स्वीकार गर्दा दिइने नेपाली संस्कार गुन्युचोलोको कथा उठाइएको छ ।

फिल्मको निर्देशक समुन्द्र भट्टले पनि आफूले फिल्म अस्करमै पठाउन मेहनत गरेको बताएकी छिन् । उनले भनिन्, ‘पहिल्यै अस्कर जितिसकेको मार्सेलो डी फ्रान्सिसी, ‘ग्लाडियटर २’ मा काम गरिसक्नुका लिजा जेरार्ड, पाँचपटक ओस्करमा नोमिनेसनमा परिसकेका रिथी पान्ह जस्ता व्यक्तिलाई लिनुको कारण नै अस्कर थियो ।’

समुन्द्र भट्ट, निर्देशक

के हो त नेपालबाट मनोनयनमा पर्ने अस्करको मापदण्ड ?

अस्कर कमिटीले कार्यविधी विना नै फिल्म छनोट गरेर अस्करमा पठाउने गरेको छ । अहिलेसम्म अफिसियल रुपमा आफ्नै फेसबुक पेज समेत नखोलेको यो कमिटीले नोमिनेसनको पैसा समेत ब्यक्तिगत खातामा जम्मा गर्ने गरेको निर्देशक समुन्द्र भट्टले बताएकी छिन् ।

यसअघि सेतो सुर्य फिल्मलाई अस्करमा पठाइसकेका निर्देशक दीपक रौनियारले समेत अस्करको आवेदन खुलेको थाहा पाएनन् । यो वर्ष उनको राजागंज भन्ने फिल्म प्रर्दशनमा आएको थियो ।

जम्मा २ ओटा फिल्मले मात्रै आवेदन दिनु, त्यो पनि व्यक्तिले दिएको सुचनाका आधारमा । निर्देशक भट्टकै अनुसार उनले नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले भनेका कारण थाहा पाएर आवेदन दिएकी हुन् । समाजले सामाजिक सञ्जालमा उसैको लेटरहेडमा अध्यक्षको हस्ताक्षर सहित यो सुचना छापेको छ । यो बाहेक अस्कर कमिटीकै तर्फवाट भने आवेदन खुला भएकोबारे कुनै जानकारी छैन ।

यस्तो छ आह्वान बारे सुचना

छनोटको आधार के हो ? कमिटीमा भएका मानिसहरु के का आधारमा त्यहाँ पुगे ? छनोटको कार्यविधी के हो ? लगायतका प्रश्न सोध्दै फिल्म गुन्युचोलो टिमले पत्रकार सम्मेल समेत गर्यो । जसमा छनोट कमिटीको पारदर्शिता र उनिहरुको नियतमाथी प्रश्न उठाइएको थियो । प्रश्न गर्नेमा कलाकार तथा यस फिल्मका लेखक नाजिर हुसेन, विशाल पहारी लगायत थिए ।

अस्करमा नेपालको इतिहास

ठ्याक्कै २५ वर्ष भयो नेपाली फिल्मले पनि अस्कर अवार्डका लागि नोमिनेस गरेर फिल्म पठाउन थालेको । पहिलो फिल्म फ्रान्सेली निर्देशक यरिक भ्यालीले निर्देशन गरको ‘हिमालय क्याराभ्यान’ थियो जसले अस्करको ७२ औं संस्करणमा बेस्ट फरेन ल्याङ्ग्वेज अन्तर्गत छनोट हुने सौभाग्य पायो । तर यसले पनि अवार्ड नै जित्न भने सकेन । विदेशी निर्देशकले बनाएपनि यसले नेपालको मौलिकता समेटेको थियो ।

माथिल्लो डोल्पामा बसोबास गर्ने मानिसहरुको जीवनशैलीलाई देखाइएको थियो । डोल्पो/ डोल्पेली भाषमा बनेको यस फिल्म पछि नेपालबाट फिल्म अस्कारका लागि जाने गरेका छन् तर कुनैपनि फिल्मले कुनैपनि विधामा छानिने मौका पाएका छैनन् ।

यो फिल्म पछि सन् २००० मा छिरिङरितार शेर्पाले निर्देशन गरेको फिल्म ‘मुकुण्डो : मास्क अफ डिजाइन’ ७३ औँ ओस्कार अवार्डका लागि सिफरिस भयो तर कुनैपनि विधामा छनोटमा पर्न सकेन ।

मुखुन्डो पछि दुई वर्षसम्म नेपालबाट कुनै पनि फिल्म अस्करका लागि नोमिनेसनमा परेनन् । सन् २००३ मा मात्रै ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्म ‘मुनामदन’ ७६ औँ ओस्कारका लागि नेपालले सिफरिस गर्यो ।

त्यस्तै फेरि दुई वर्षको फेर पारेर सन् २००६ मा सुवास गजुरेलको निर्देशनमा बनेको फिल्म हो ‘बसाइँ’ नोमिनेसनमा पर्यो । यो फिल्म ७९औैँ ओस्कार अवार्डका लागि सिफारिस गरिएको थियो।

बसाईं अस्करमा नोमिनेसनमा परेपछि ७ वर्षसम्म कसैले फिल्म अस्करका पठाएनन् । एक्कैचोटी सन् २०१३ मा सुवर्ण थापाको निर्देशनमा बनेको फिल्म ‘सुनगाभा : डान्स अफ द अर्किड’ नेपालको प्रतिनिधित्व गरेर अस्करमा गयो । यो ८६ औँ अस्कर अवार्डमा सिफारिस गरिएको थियो।

त्यसपछि भने लगातार सन् २०१४ देखि २०१९ सम्म फिल्महरु नेपालको प्रतिनिधित्व गर्दै अस्करमा सहभागी भइरहे । जसमा यादवकुमार भट्टराईको झोला, निश्चल बस्नेतको फिल्म ‘टलकजंग भर्सेस टुल्के, मीनबहादुर भामको फिल्म ‘कालो पोथी’, दीपक रौनियारको ‘सेतो सूर्य’, शिवम अधिकारीको फिल्म ‘पञ्चायत’ र विनोद पौडेलको ‘बुलबुल’ थिए । यी सबै फिल्मले कर्मकाण्डी पारामा अस्करमा नेपालको प्रतिनिधित्व गरे । कुनैपनि फिल्मले कुनै विधामा छनोट हुने अवसर समेत पाएनन् । अवार्ड जित्नु त परको कुरा ।

सन् २०२० र २०२१ मा नेपालबाट कुनै फिल्म गएनन् । कोभिड महामारिका कारण मनोरञ्जन क्षेत्र धरापमा परेको समय थियो त्यो ।

सन् २०२२ मा भने सुजित बिडारीको डेब्यु निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ ९५ औँ अस्कर अवार्डका लागि नेपालबाट सिफरिस भयो । सन् २०२३ मा विक्रम सापकोटाको फिल्म ‘हल्कारा’ र ९७ औँ अस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा ‘शाम्बाला’ अनि सट फिल्म तर्फ लोरीले नेपालको प्रतिनिधित्व गरे । दुवैले सुखद खबर ल्याउन सकेनन् ।

 

 


सम्बन्धित समाचार
       © 2022 - 2025 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology