कुराकानी । उबेला धेरैको मन जितेका दृश्यचित्रका निर्देशक हुन् दिपेन्द्र गौचन । अहिले झण्डै २ दशकपछि नेपाली फिल्म ‘मिसिङः केटी हराएको सुचना’ लिएर आएपछि अपेक्षा बढ्ने नै भयो । प्रमोसनका लागि दर्शकमाझ फालिएरका टिजर र ट्रेलरले त झन् फिल्मको अपेक्षा २ गुणा बढाइदियो ।
फिल्मले इन्टरनेटको दुनियाँबाट प्रेमीप्रेमीका खोज्ने जेनेरेसन अर्थात जेन जी जेनेरेशनका बारेमा कथा भनेको छ । प्रायः मिलिनियर जेनेरेशनका कथा मात्रै भनिरहेको नेपाली फिल्म क्षेत्रमा जेन जी जेनेरेशनका कथा देखाउनु, सानो कुरा हैन । २२ बर्षपछि नेपाली फिल्म क्षेत्रमा फर्किएर अहिले किशोरावस्थामा पुगेका जेनेरेशनको कथा देखाउनु आफैमा फिल्मको सकारात्मक पाटो हो ।
जेन जी जेनेरेशनको कथा भनेपनि यो पुस्तालाई फिल्मले कत्तिको छोयो, यसमा भने छलफल आवश्यक छ । जेन जि जेनेरेशका आत्मनिर्भर केटा राम र हकले अभिभावकको गहना र पैसा लिएर हिड्ने सितालाई नियतीले कसरी मधेश पुर्याउँछ ? राम र सिताको आँखाबाट कसरी फिल्मले मधेशको सुन्दरता देखाउँछ ? यो थाहा पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ ।
फिल्ममा गरिवीलाई निशेध गरिएको छ । धनि परिवारको केटाकेटीले धनि वाला चस्मा लगाएर मधेशलाई हेरेको फिल्म भएकाले यहाँ गरिवीको गन्ध कत्तिपनि आउँदैन । त्यसैले त फिल्ममा मधेश धनि छ, त्यहाँका महिला काला भएपनि चिल्ला छन् । त्यहाँका महिलाले शिर ढाक्दैनन्, मिथिला चित्र बेचेरै आत्मनिर्भर छन् ।
यदि फिल्ममा गरिवीको चस्मा लगाएर हेरिएको भए देखिने थियो, गुइँठा बालेर खाना पकाउँदा पटपटी फुटेका गाला, हात गोडा । मिथिला चित्र व्यवसायीक भएसँगै पुरुषको हालीमुहाली, जसले गर्दा औंलाले गनेर पनि नभेटिने महिला मिथिला चित्रकार । पान खाएर थुकिएका राताम्मे गल्लीहरु । तर यि सब माफ, किनभने यो चिल्लो गाडीमा रेल भेट्न हुँइकिने बर्गको कथा हो, जो हवेलीमा बस्छ ।
तर के हवेलीको नजरमा पनि मधेश भनेको जनकपुरमा रहेको जानकी मन्दिर, मिथिला चित्र, होली, ताल, आँप र भैंसी मात्रै हो त ? यसबारे छलफल जरुरी छ ।
फिल्ममा जोड दिन नपर्ने तर बारम्बार जोड दिइरहेको बिषय हो, हिन्दु धर्म । राम सिता, जानकी मन्दिर । यदि सिक्वेन्स नै मिलाउने हो भनेपनि त्यहाँको समाजलाई बाइपास गरेर जान मिल्दैनथ्यो कि !
यदि फिल्मका अभिनेता नाजिर हुसेनकै ब्यक्तिगत कुरा गर्ने हो भनेपनि उनको आमा पहाडकी हिन्दु सम्प्रदायकी छोरी हुन् भने बुबा मधेशको मुस्लिम । खासमा असली पहाड र मधेशको सम्बन्ध त यो होला नि । एक धर्मलाई मात्रै जोड दिँदा यसले सामाजिक संरचनामा खलल पुर्याउन सक्छ भन्ने कुरा निर्देशक गौचनले ध्यान दिन जरुरी थियो । यहि उनले धार्मिक किंवदन्तीलाई नै आधार मानेर फिल्म बनाउन चाहेका थिए भने, जोधा र
अकबरको प्रेमकथा पनि थियो । जोधा हिन्दु सम्प्रदाय र अकबर मुस्लिम समुदायबाट प्रतिनिधित्व गरेका किंवदन्तीका पात्रहरु हुन् जो राम र सिता जस्तै रोमाञ्चक छन् ।
ल्ममा साना कुराहरुलाई रोमाञ्चक ढंगले देखाइएको छ । फिल्मको प्रस्तुतीकरण र शैली नौलो र रमाइलो छ । तर कतिपय दृश्यमा यसको प्रस्तुतीकरण फिल्मी शैलीमा देखाइएको छ । जसले गर्दा यो फिल्म कम फिल्मी ज्यादा भने लाग्छ ।
हेर्न यता: