नयाँ वर्ष, परम्परा र सिन्दुरको सहर (फोटो फिचर)

नयाँ वर्ष, परम्परा र सिन्दुरको सहर (फोटो फिचर)

  • कृष्पा श्रेष्ठ

  • बुधबार, बैशाख २, २०८३

  • 1
    SHARES
नयाँ वर्ष, परम्परा र सिन्दुरको सहर (फोटो फिचर)

कुराकानी। नयाँ वर्ष सुरु भएको दोस्रो दिन, भक्तपुरको मध्यपुर थिमीमा परम्परागत सिन्दुर जात्रा भव्य रूपमा मनाइएको छ। सहरका गल्ली, चोक र घरका छाना–झ्याल सिन्दुरले राताम्मे बनेका थिए।

नेवार समुदायको सांस्कृतिक परम्परासँग जोडिएको यो जात्रा बिस्केट जात्राको चार दिने श्रृङ्खलाअन्तर्गत आयोजना हुन्छ। पहिलो दिन विष्णुवीरको जात्रा, दोस्रो दिन सिद्धिकाली मन्दिरको जात्रा, तेस्रो दिन बालकुमारी मन्दिरको जात्रासँगै मुख्य सिन्दुर जात्रा मनाइन्छ भने चौथो दिन सिद्धिकाली मन्दिरलाई पुनः मूल स्थानमा फर्काइँदै जात्राको समापन गरिन्छ।

जात्राका क्रममा विभिन्न टोलबाट देवदेवीका खट (खःपा) सहर परिक्रमा गराइन्छ। परम्परागत पोसाकमा सजिएका पुजारी, मशाल बोकेका श्रद्धालु तथा धिमे, नायखिन र भुस्या बाजाको तालमा सहभागीहरू सिन्दुर छ्याप्दै उत्सव मनाउँछन्।

सिन्दुर जात्रालाई नयाँ सुरुवात, समृद्धि र सामूहिक एकताको प्रतीकका रूपमा लिइन्छ। रंगीन दृश्य र जनसहभागिताले यो जात्रा फोटो पत्रकार तथा सांस्कृतिक दस्तावेजीकरणका लागि महत्वपूर्ण मानिन्छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology