‘डाकिनी’ फिल्मबारे मास्टरक्लास दिन रिम्पोछे काठमाडौं आउँदै

‘डाकिनी’ फिल्मबारे मास्टरक्लास दिन रिम्पोछे काठमाडौं आउँदै

फिल्मको सबै सुटिङ पनौती र पाटनमा भएको थियो । यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ । फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् ।

  • कुरौटेपाटी

  • बुधबार, जेष्ठ ३, २०८०

  • 155
    SHARES
‘डाकिनी’ फिल्मबारे मास्टरक्लास दिन रिम्पोछे काठमाडौं आउँदै
Dakini

कुरौटेपाटी। फिल्मबारे मास्टरक्लास दिन बौद्ध भिक्षु रिम्पोछे काठमाडौं आउने भएका छन्। उनि ‘डाकिनी’ फिल्मबारे मास्टरक्लास दिन काठमाडौं आउने भएका हुन्।

अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाम दिइएको यो फिल्मको नेपाली नाम डाकिनी हो । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का प्रशस्तै मिथक र दन्त्यकथा छन् । यो फिल्म पनि यस्तै देवीको खोजीको कथा हो जसले बौद्ध ग्रन्थको यो सुन्दर आयामलाई बाहिर ल्याउँछ ।

षट्कोण आर्ट्सका नेपाली निर्माताहरु रविन्द्रसिंह बानियाँ र म्याक्स दिपेश खत्रीले फिल्मलाई सीमित नेपाली मल्टिप्लेक्स हलमा रिलिज गर्न लागेका हुन् । रिलिजकै दिनमा पहिलो शोसहित फिल्मको ग्राण्ड प्रिमियर आयोजना हुँदैछ जसको आकर्षण बन्नेछन् यस फिल्मका निर्देशक समेत रहेका खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) । उनी बौद्ध धर्मका ठूला गुरु समेत हुन् । गुरु रिम्पोछेको यो पाँचौ फिल्म समेत हो ।

तिमी अब जम्मा ७ दिन बाँच्छौं । तर, जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ जुँगा र दाह्रा भएकी डाकिनीको खोजी ।

 

रिलिजको पूर्वसन्ध्यामा रिम्पोछे अमेरिकादेखि नेपाल आउँदैछन् । उनको काठमाडौं आगमनकै छेको पारेर षट्कोण आर्ट्सले फिल्मलाई रिलिज गर्न लागेको निर्माता म्याक्स दिपेश खत्रीले बताए । जेठ ६ गते शनिबार मूभी लभर्स ग्रुपले पनि यसको विशेष प्रदर्शन गर्दैछ । स्वयम रिम्पोछेले पर्यटन बोर्डमा ‘ब्यूटी इज अ ट्रयाप’ (सुन्दरता एउटा जाल हो) विषयमा मास्टरक्लास पनि संचालन गर्दैछन् । आइतबार बौद्धस्थित लिच्छवी हाउसमा ‘बुद्ध र भिखारी’ नाटक समेत मञ्चन हुनेछ ।

फिल्मको सबै सुटिङ पनौती र पाटनमा भएको थियो । यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ । फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । भारतमा जन्मिएका यी दुबै तिब्बती मूलका हुन् । दुबैले अभिनय गरेको यो पहिलो फिल्म हो । कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियाँ लगायतका नेपाली कलाकारले समेत यसमा अभिनय गरेका छन् ।

काठमाडौंमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई एक दिन सपनामा केही संकेत मिल्छ । एक दिन उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ– तिमी अब जम्मा ७ दिन बाँच्छौं । तर, जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ जुँगा र दाह्रा भएकी डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर फिल्मको कथा बगेको छ ।

निर्देशक मात्र होइन, छायांकार पनि उत्तिकै हाइप्रोफाइल छन् –मार्क लि पिङ बिङ । २१ अन्तर्राष्ट्रिय अवार्ड पाएका ताइवानका मार्कले सन् २००० मा वङ कर वाइको फिल्म ‘इन द मुड फर लभ’ का लागि कान्स फिल्म फेस्टिभलको ग्रान्ड टेक्निकल प्राइज पाएका थिए ।

निर्देशक रिम्पोछेको यो पाँचौं फिल्म हो । बौद्ध धर्मबारेका उनका प्रवचन जति चर्चित छन्, फिल्म निर्देशकका रूपमा पनि उति नै । सन् १९९९ मा उनले निर्देशन गरेको पहिलो फिल्म ‘द कप’ कान्स फिल्म फेस्टिभलमा देखाइएको थियो । दोस्रो फिल्म ‘ट्राभल्र्स एन्ड म्याजिसियन्स’ पनि निकै चर्चित रह्यो । सन् २०१७ मा उनले बनाएको ‘हिमा हिमा ः सिंग मी अ सङ ह्वाइल आई वेट’ लोकार्नो र टोरन्टो फिल्म फेस्टिभलमा प्रदर्शन गरियो । २००७ मा प्रकाशित उनको पुस्तक ‘ह्वाट मेक्स यु नट अ बुद्धिस्ट’ विश्वभर निकै पढिएको पुस्तक मानिन्छ । त्यसपछि पनि उनले तीन पुस्तक प्रकाशन गरे ।

तिब्बती मूलका यी भुटानी रिम्पोछेको नेपाल नाता पनि उत्तिकै पुरानो छ । उनले बौद्धको एक गुम्बामा पढेका हुन् । रिम्पोछेले बनाएको पहिलो फिल्म ‘द कप’ भारतीय तिब्बती शरणार्थी शिविरको एक बाल भिक्षुबारे थियो । सन् १९९८ को विश्वकप फुटबलप्रतिको उसको आशक्तिलाई लिएर बनाइएको यो फिल्मलाई समीक्षकले रुचाएका थिए ।

निर्देशक मात्र होइन, छायांकार पनि उत्तिकै हाइप्रोफाइल छन् –मार्क लि पिङ बिङ । २१ अन्तर्राष्ट्रिय अवार्ड पाएका ताइवानका मार्कले सन् २००० मा वङ कर वाइको फिल्म ‘इन द मुड फर लभ’ का लागि कान्स फिल्म फेस्टिभलको ग्रान्ड टेक्निकल प्राइज पाएका थिए । एकेडेमी अफ मोसन पिक्चर एन्ड साइन्सेज (ओस्कार अवार्ड)का सदस्यसमेत रहेका मार्क लीले खिचेका केही चर्चित फिल्ममा ‘इन द मुड फर लभ’सहित द असासियन, रेनोयर, नर्वेजियन उड, फ्लाइट अफ रेड बलुनलगायत छन् ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology