‘ज्याकीः आई एम ट्वान्टी वान’ देखियो दर्शकको पावर

‘ज्याकीः आई एम ट्वान्टी वान’ देखियो दर्शकको पावर

फिल्म हेरेर फर्किएका अधिकांश दर्शकले यसको कथावस्तुलाई नयाँ भन्दै प्रशंसा गरेका छन् । यसैले, पनि आगामी दिनमा दर्शकको साथ पाउनेमा निर्माणपक्ष विश्वस्त छ ।

  • कुरौटेपाटी

  • बिहिबार, जेष्ठ ४, २०८०

  • 151
    SHARES
‘ज्याकीः आई एम ट्वान्टी वान’ देखियो दर्शकको पावर
jackie i am 21 kurautepati

डान्सिङ ड्रामा बिद्यामा बनेको फिल्म ज्याकीः आइ एम ट्वान्टी वान फिल्मले दर्शकको मागकै भरमा फिल्मको क्लाइमेक्स परिवर्तन गरेको छ। फिल्मको क्लाइमेक्समा दर्शकले असन्तुष्टी जनाएका थिए ।

फिल्म हेरेर फर्किएका अधिकांश दर्शकले यसको क्लाइमेक्स अपूर्ण भएको भन्दै निर्माणपक्षसँग असन्तुष्टी जनाएकै कारण क्लाइमेक्स परिवर्तन गरिएको निमार्ण टिमले जनाएको छ।

दर्शकको मागलाई ध्यानमा राखेर क्लाइमेक्समा परिवर्तन गरेका छौं । परिवर्तित क्लाइमेक्सलाई दर्शकले मन पराउनुभएको छ ।

अब, दर्शकले परिवर्तन भएको क्लाइमेक्ससहित फिल्म हेर्न पाउनेछन् । दर्शकको मागलाई ध्यानमा राखेर निर्देशक रेनशा वान्तवा राईले क्लाइमेक्समा परिवर्तन गरेको बताएकी छिन् । क्लाइमेक्स परिवर्तन गरेर फिल्म हलमा लागेपछि दर्शकले धन्यवाद दिएको रेनशाले बताइन् ।

उनले भनिन्–‘हामीले दर्शकको मागलाई ध्यानमा राखेर क्लाइमेक्समा परिवर्तन गरेका छौं । परिवर्तित क्लाइमेक्सलाई दर्शकले मन पराउनुभएको छ । दर्शकले फिल्मलाई पूर्ण रुपमा मन पराउनुभएको छ । क्लाइमेक्समा आएको गुनासोलाई समेत हामीले परिवर्तन गरेका छौं ।’

बिहिबारदेखि रिलिजमा आएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ले ३ दिने विकेन्डमा औषत व्यापार गरेको छ । तर, फिल्म हेरेर फर्किएका अधिकांश दर्शकले यसको कथावस्तुलाई नयाँ भन्दै प्रशंसा गरेका छन् । यसैले, पनि आगामी दिनमा दर्शकको साथ पाउनेमा निर्माणपक्ष विश्वस्त छ ।

नायक धिरज मगर, नायिका जसिता गुरुङले पनि अब दर्शकले क्लाइमेक्सलाई रुचाउने बताए । नेपाली फिल्म क्षेत्रमै पहिलो पटक डान्स र पारिवारिक कथावस्तुमा तयार भएको यो फिल्म हेरेपछि अधिकांश दर्शकले निर्माण टिमको मिहिनेतको खुलेरै प्रशंसा गरेका थिए । नेपालमा यस्तो शैलीको फिल्म यस अगाडि नबनेको भन्दै उनीहरुले ‘ज्याकीः आई एम ट्वान्टी वान’ जस्ता फिल्म बन्नुपर्ने तर्क गरेका छन् ।

 


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology