कुरौटेपाटी । सबैभन्दा पहिले यो महोत्सवले मलाई यतिधेरै माया दिएकोमा धेरै धन्यवाद । यहाँको भाषा एकदमै सुन्दर ढंगले बुझिरहेकी छु, घरमा आएको जस्तो लागिरहेको छ । हामी सबैले बाल्यकादेखि नै सितालाई सुन्दै आएको हौं । हाम्रो दिमागको कुनै रुपमा कुनै कुनामा सिता गढेर बसेकी छन् । त्यो चाहे फिल्ममा हो या साहित्यमा या अन्य क्षेत्रमा ।
म कलाकार भएकाले फिल्मको कुरा गर्छु । हरेक फिल्ममा सिताका सुन्दर पक्षहरुको बारेमा लेखिएको, बोलिएको छ, देखाइएको छ । हाम्रो ब्यक्तिगत जिन्दगीमा पनि यहि पात्रहरु आइपुगेका छन् । त्यसैले सिता हामी नै हो भन्दा फरक नपर्ला ।
आर्शिवादमा समेत राम र सिताको जोडी आउँछन् । बिबाह देखि बनबास सम्म सिताले श्रीमानलाई दिएको साथ र एक्लै बच्चालाई हुर्काउँदाको कथालाई हामीले आफुमा देख्छौं । तर यो यात्रा सजिलो भने छैन ।
महिला सशक्तिकरणका बारेमा भारतमा धेरै फिल्महरु बन्न थालेका छन् । ओटीटी प्ल्याटफर्मलाई म धन्यवाद दिन चाहन्छु । पहिले महिला कि हिरोइन थि, कि माँ । तर ओटीटीका कारण अहिले महिलाले थरीथरीका प्रयोग गर्न पाएका छन् । दर्शक पनि यसका लागि तयार छन् । समाज कहिँ न कहिँ परिवर्तन भइरहेको छ ।
त्यो समय थियो, जहाँ हरेक सम्बन्धमा धैर्यता हुन्थ्यो । जे जस्ता समस्या आएपनि आफ्नो श्रीमानको साथ छाड्न हुँदैन भन्ने थियो । तर अहिले पहिलेका जस्ता कुरा नभएपनि हामी त्यो सम्बन्धका बारेमा कुरा गछौं । राम, लक्ष्मण र हनुमानसँग सिताको सम्बन्ध अहिलेसम्म पनि चर्चामा हुनु सामान्य कुरा हैन ।
अहिले कोहि मानिस रामको चरित्रजस्तो देखिन्छ भने हाम्रा लागि उ हिरो हो । कोहि मानिस सिताको चरित्रजस्तो देखिन्छ भने उनि हाम्रा लागि हिरोइन हुन् । जो महिलाको चरित्र बलियो छ, जतिधेरै समस्या आएपनि उ बलियोसँग उभिएको छ, मेरा लागि सिता उनि नै हुन् ।
सिता मेरो बाल्यकालको यादमाा पनि छिन् । स्कुलमा हुने नाटकका लागि सिता छनौट गरिन्थ्यो । कक्षाभरबाट एक केटी सिता बन्थिन् । सबै केटी साथीहरु उत्साहित हुन्थे । उनिहरु आफ्नो बेष्ट दिन्थे ।
मैले पनि सिता बन्ने राम्रो कोशिस गरें त्यो समयमा । तर त्यो भुमिका मिलेन । मनमा भने सधैं यो चरित्र गढेर बसिरहेको छ । कोभिड १९ पछि मानिसहरु आफ्नो माइथोलोजीमा जान थालेका छन् । अहिले मैले ४ ओटा फिल्म साइन गरेकी छु, जसमा तीन ओटा फिल्म त पिरियोडिक मात्रै छ । मानिसहरु प्रविधि छाडेर पुराना कुराहरुमा रमाउन थालेका छन् ।
अब मलाई कसैले सिताको भुमिका दिन्छ भने म बच्चा बेलादेखि सुन्दै आएको सितालाई नै ध्यानमा राख्छु होला ।
महिलाहरुमा एउटा सुन्दर क्षमता हुन्छ । जस्तो सुकै चुनौती स्विकार गरेर त्यसैसँग लड्ने जित्ने । हाम्रा हजुरआमाहरुको कथामा सुनेका उनै बहादुर सिता नै मेरो पात्र बन्न सक्लान् ।
त्यस्तै किताव लेख्ने महिला लेखकहरु आइरहेका छन् । मेरो सधैंको प्रिय लेखक अमृता प्रितम हो । उनको कबिता होस्, या अन्य साहित्य पढ्दा सबै पुरुषहरुलाई काउन्टर दिइरहेको जस्तो लाग्छ ।
जब मैले फिल्म सुरु गरेकी थिएँ, ९० को दशकतिर । जता, जुनसुकै क्षेत्रमा पनि घरबाट निस्केर काम गर्नेमा पुरुष मात्रै हुन्थे । मेल क्यामरामेन, मेल डिरेक्टर, हिरो, भिलेनदेखि पर्दा पछाडीमा प्राविधिकहरु सबै पुरुषहरु मात्रै । तर खै कसरी, मैले यादै नगरेर अहिले सेटमा महिलाहरु देखिन्छन् । डिओपी पनि महिला, ड्रेस डिजाइनर महिला, मेकअप आर्टिष्ट महिला, सेट डिजाइनर महिला, एसिस्टेन्ट डिरेक्टर, डिरेक्टर महिला । एक दुइवटा केटा उभ्भिरहेका हुन्छन् । हामीले खोजेको समानता हो । जय सिया राम हो । सिया मात्रै हैन । यहाँ पनि केहि गढबढ भइरहेको हो कि भन्ने लाग्छ ।
केहि समय लाग्न सक्छ, बिस्तारै सबै ठिक हुन्छ ।