‘आकाशैमा चिल हो कि बेसारा’ काे फिमेल भर्सन सार्वजनिक

‘आकाशैमा चिल हो कि बेसारा’ काे फिमेल भर्सन सार्वजनिक

  • कुराकानी

  • मङ्लबार, फाल्गुन २९, २०८०

  • 336
    SHARES

काठमाडौं । महेश थुलुङद्धारा गाइएको एक दशकअघिको चर्चित गीत ‘आकाशैमा चिल हो कि बेसारा’ गायिका बबिना किरातीको स्वरमा फिमेल भर्सन सार्वजनिक भएको छ ।

भुवन थुलुङको शब्द तथा संगीत रहेको यस पुर्वेली गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् । किङ स्टुडियो र स्टुडियो २१ मा रेकर्ड भएको यस गीतको मिक्सिङ र मास्टररिङ राजु कार्कीको रहेको छ ।

पूर्वका रमणीय ठाउँहरुमा छयंकन गरिएको यस गीत भिडियोको निर्देशन राजेश पुमा राईले गरेका हुन् भने गायिका किराती, सम्राट अधिकारी, अनिस मगर, सृष्टि सुब्बा, रश्मी आले मगर लगायत कलाकारलाई फिचरिङ गरिएको छ ।

इसाक जबेगुले खिचेको भिडियोको सम्पादन विकास दाहालले गरेका छन् । यसअघि किरातीको ‘चरी भए’, ओई भन्यो मायाले’, ‘चाइनाको रेल’ ‘बेचिदिन्थे यो जवानी’ लगायत गीत हिट छन् ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology