फिल्म समीक्षा

फिल्म एक भागवत र एक गीताः नियत राम्रो तर नतिजा गलत

फिल्म एक भागवत र एक गीताः नियत राम्रो तर नतिजा गलत

गम्भिर बिषयमा फिल्म बनेपनि निकै सतही र फितलो बन्नु दुखद हो । फिल्मले यो समुदायले भोगेका दर्दनाक घटना र बञ्चित अधिकार देखाउन सकेको छैन ।

  • कुरौटेपाटी

  • सोमवार, अशोज १, २०८०

  • 151
    SHARES
फिल्म एक भागवत र एक गीताः नियत राम्रो तर नतिजा गलत

काठमाडौं । हिरो देख्नै नहुने पछि लागिहाल्ने, केटा देख्दा शरिरमा बिजुली दौडिने लगायतका तेस्रोलिंगी महिला पात्र फिल्ममा धेरै देखियो । मसलाका रुपमा प्रयोग गरिएका यी फिल्मी पात्रका कारण तेस्रोलिंगी महिलाबारे समाजमा गलत धारणा समेत पर्न गएको देखिन्छ ।

फिल्म ‘ए मेरो हजुर’ का सिरिजहरुमा पनि कुनै न कुनै प्रसंगमा तेस्रोलिंगी महिला पात्रलाई गलत तरिकाले प्रस्तुत गराइयो । चौंथो सिरिजमा निलहिरा समाजले आपत्ती जनाएपछि बल्ल फिल्म निर्माण टोलीले तेस्रोलिंगी महिलासँग सामाजिक सञ्जाल मार्फत माफी मागेको थियो ।

भागवतका बुबा एकदमै पितृसत्तात्मक सोचका छन् । छोरी जन्मेको परिवारलाई समेत घृणा गर्ने उनि त्यहि समाजमा आफ्नै सन्तान छोराको रुपमा छोरी भएर जन्मँदा कस्तो प्रतिक्रिया जनाउलान् ? कमलामाई (बिपिन कार्की )को बास्तबिकता के होला ? तराइको भुगोलमा कत्तिपनि शारिरक बनावट नमिल्ने गीता (सुहाना थापा) ले कसरी मैथली लवजमा बोल्न जानिन् होला ? थाहा पाउन फिल्म हेर्नुपर्ने हुन्छ ।

तिनै गल्तीहरुबाट सिक्दै प्रमुख पात्र नै यहि समुदायको प्रतिनिधित्व गरेर बनेको फिल्म हो, एक भागवत् र एक गीता ।
हिन्दु धर्मालम्वीको धर्मग्रन्थसँग जोडेर सुरुमा यो फिल्मको नाम भगवत् गीता राखियो । पछि फेरि अगाडी एक थपेर ‘एक भगवत् गीता’ बनाइयो । बिभिन्न धार्मिक अतिबादी संघसंगठनले बिरोध जनाएपछि अहिले फिल्मको नाम ‘एक भागवत् र एक गीता (सामाजिक कथा)’ भएको छ ।

फिल्म, जैविक लिंग पुरुष लिएर जन्मिएका भागवत (जेभिस् र जेभिन श्रेष्ठ) को लैंगिक पहिचानका लागि परिवारसँगको लडाईँमा आधारित छ । करिब ८ बर्षको भागवतलाई झुम्का, टिका लगाउन मनपर्छ । महिलाका कपडा लगाउन मन पर्छ । आमा दिदी बहिनी जस्तै बन्न मनपर्छ ।

तराइको सेटमा तयार पारिएको फिल्म मैथेली र नेपाली भाषाको मिसावटमा बनेको छ । तराइसँगै पहाड र हिमालका दृश्यहरु समेटेको फिल्ममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथा छ ।

भागवतका बुबा गाउँका मेयर हुन् । जेठो सन्तान जन्मेको लामो समयपछि दोस्रो बिबाह पश्चात उसले भागवतलाई जन्म दिएको हुन्छ । उसको मान्यतामा भागवतको जन्म भएपछि मात्रै उसको तरक्की (प्रगती ) भयो । त्यसैले उ जेठो सन्तानको तुलनामा कान्छो भागवतलाई प्रेम गर्छ ।

भागवतका बुबा एकदमै पितृसत्तात्मक सोचका छन् । छोरी जन्मेको परिवारलाई समेत घृणा गर्ने उनि त्यहि समाजमा आफ्नै सन्तान छोराको रुपमा छोरी भएर जन्मँदा कस्तो प्रतिक्रिया जनाउलान् ? कमलामाई (बिपिन कार्की )को बास्तबिकता के होला ? तराइको भुगोलमा कत्तिपनि शारिरक बनावट नमिल्ने गीता (सुहाना थापा) ले कसरी मैथली लवजमा बोल्न जानिन् होला ? थाहा पाउन फिल्म हेर्नुपर्ने हुन्छ ।

फिल्ममा भागवत् जतिखेरै गीतासँग संगत गर्न रुचाउँछ । गीता कमलामाईकी धर्मसन्तान हुन् । र कमलामाई तेस्रोलिंगी महिला । यसले घुमाउरो भाषामा तेस्रोलिंगी महिलाको संगतका कारण आफ्नो सन्तान केटीजस्तै बन्न चाहेको भ्रम फिल्मको अभिभावकमा पर्छ ।

अब कुरा गरौं फिल्मको कथाबस्तुबारे । लैंगिक अल्पसंख्यक समुदायको कथा भनिनु यो फिल्मको सबैभन्दा सकारात्मक पाटो हो । त्यसैमाथी कलाले भरिपुर्ण तर केन्द्रले वेवास्था गरेको तराइको सेटिङमा फिल्म बन्नु झनै प्रशंसायोग्य काम । यसका लागि फिल्म निर्माण टोली धन्यवादका पात्र भएका छन् ।

तर फिल्ममा समस्या छ । नेपाली समाजले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सधैं गलत तरिकाले बुझेको छ । तेस्रोलिंगी महिलालाई त झनै दिनभर कुमार अनि रात परेपछि रत्नपार्क, ठमेल र बसपार्कहरुमा कुमारी बनेर हिड्ने मानिसको रुपमा नेपाली समुदायले बुझ्छ । यस्तो अवस्थामा फिल्मले स्पष्ट रुपमा कथा भन्न नसक्दा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति झनै अन्याय हुनजान्छ ।

नियत राम्रो हुँदाहुँदै पनि यो समुदायलाई बुझ्न नसक्दा यस्ता गम्भिर त्रुटी हुन्छन् र यस्ता त्रुटीलाई स्वीकार्न सकिँदैन ।

फिल्ममा भागवत् जतिखेरै गीतासँग संगत गर्न रुचाउँछ । गीता कमलामाईकी धर्मसन्तान हुन् । र कमलामाई तेस्रोलिंगी महिला । यसले घुमाउरो भाषामा तेस्रोलिंगी महिलाको संगतका कारण आफ्नो सन्तान केटीजस्तै बन्न चाहेको भ्रम फिल्मको अभिभावकमा पर्छ ।

सन्तानको अस्तित्व स्वीकार्न लगाउनुको सट्टा त्यत्तिकै छाडिदिँदा या भनौं स्पष्टसँग कथा भन्न नसक्दा यो भ्रम दर्शकलाई पनि पर्छ । अझै धर्मसन्तानले त्यहि समुदायको नहुँदा समेत अभिभावकको शिक्षाका कारण ताली पट्काएर सहयोग मागेको देखाउनु अन्यायपुर्ण छ । आगामी दिनमा यो समुदायले धर्मसन्तान पाल्दा उनिहरु जस्तै बन्न सक्छन् भन्ने भ्रम यस्ता दृष्यले निम्त्याउँछ ।

यसरी हेर्दा फिल्मले गलत सन्देश दिएको छ । नियत राम्रो हुँदाहुँदै पनि यो समुदायलाई बुझ्न नसक्दा यस्ता गम्भिर त्रुटी हुन्छन् र यस्ता त्रुटीलाई स्वीकार्न सकिँदैन ।

जन्मँदाको लिंग, समाजले बनाइदिएको लैंगिकता र आफुले अनुभव गरेको अनुभूतिबीच तादम्यता नमिल्दा एक मानिसमा कस्तो भावना पैदा होला ? समाजको र मनको द्वन्दबीच उ कसरी आफ्नो जीवन चलाउला ? मानव अधिकार लगायतका कुराहरु त तपसिलका हुन्, शौचालय प्रयोग समेत उनिहरुका लागि सजिलो छैन । पहिलेको तुलनामा केहि हदसम्म कम हिंसा भोगेका यो समुदायले पहिचानको आधारमा नागरिकतादेखि हरेक सेवा सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था छ ।

यी र यस्ता कयौं समस्या हुँदाहुँदै एक बच्चाको पारिवारीक द्वन्दमा फिल्म फस्यो । बच्चाको मनोबिज्ञान फिल्मले कत्तिपनि देखाउन सकेको छैन ।

तर नेपालको संस्कारमा नभएको ताली परम्परालाई फिल्मले धार्मिक प्रमाणपत्र दिने कोशिस गरेको छ । लैंगिक अल्पसंख्यकलाई भगवान बनाउनुभन्दा मानव भएर बाँच्न दिनु न्यायपुर्ण हुन्छ ।

गम्भिर बिषयमा फिल्म बनेपनि निकै सतही र फितलो बन्नु दुखद हो । फिल्मले यो समुदायले भोगेका दर्दनाक घटना र बञ्चित अधिकार देखाउन सकेको छैन ।

अर्को समस्या छ, ताली संस्कृति बारे । ताली भारतको हिँजरा समुदायको संस्कार हो । केहि समयअघि मात्रै सुस्मिता सेन अभिनित वेव सिरिज ‘ताली’ ओटीटी मार्फत प्रर्दशनमा आएको थियो । जसले ताली बजाउँदिन, अरुलाई बजाउन लगाउँछु भन्ने भाव बोकेको थियो । श्रीगौरी सावन्तको जीवन कथामा बनेको वेव सिरिजले भारतमा तेस्रोलिंगी महिलाले बजाउने तालीको बिरोध गरेको छ ।

भारतको प्रभाव नेपालको तराई क्षेत्रमा छ । त्यहाँबाट पात्र उठाउन पाइयो । तर नेपालको संस्कारमा नभएको ताली परम्परालाई फिल्मले धार्मिक प्रमाणपत्र दिने कोशिस गरेको छ । लैंगिक अल्पसंख्यकलाई भगवान बनाउनुभन्दा मानव भएर बाँच्न दिनु न्यायपुर्ण हुन्छ ।

एक दृष्य छ, सुहानाले अभिनय गरेको पात्र गीता शौच गर्न केराघारीमा गएको । यो दृष्यमा उनि भागेको दृष्य यतिधेरै लामो छ कि, दर्शक आफै शौचालय पुगेर फर्कन भ्याउँछन् । यसले के प्रष्ट पार्छ भने, यो फिल्मको नियत सफा थियो तर त्यहाँ आफ्नो सन्तानलाई फुटेज दिनुपर्ने बाध्यता अभिभावकलाई पर्यो ।

अर्को दुखको कुरा, कमलामाइ बनेका बिपिन कार्कीको अभिनय पनि हो । उनिबाट अलि धेरै आश राखेकाले पनि निराश बन्नुपरेको हुनसक्छ । किनभने उनको अनुहारमा भाव नै छैन । कुनै पुरुषले महिलाको कपडा लगाउँदैमा, मेकअप गर्दैमा उ तेस्रोलिंगी महिला हुने हैन । भावनाले उनिहरुको लैंगिकता पहिचान गर्ने हो भन्नेमा कमलामाइको अभिनय पुर्ण रुपमा चुकेको छ ।

सुहाना थापाको अभिनय पुराना फिल्महरुमा भन्दा केहि हदसम्म सुधार आएको छ । तर मैथिली लवजमा बोल्दा अलि बनावटी लाग्छ । उनको चरित्र निर्माणले फिल्मलाई साथ दिएको छैन । कथा एकातिर छ, उनि अर्कोतिर छिन् । अनावस्यक रुपमा उनको दृष्यलाई लम्ब्याइएको छ ।

एक दृष्य छ, सुहानाले अभिनय गरेको पात्र गीता शौच गर्न केराघारीमा गएको । यो दृष्यमा उनि भागेको दृष्य यतिधेरै लामो छ कि, दर्शक आफै शौचालय पुगेर फर्कन भ्याउँछन् । यसले के प्रष्ट पार्छ भने, यो फिल्मको नियत सफा थियो तर त्यहाँ आफ्नो सन्तानलाई फुटेज दिनुपर्ने बाध्यता अभिभावकलाई पर्यो ।

फिल्मको तालमेल मिलेको छैन । पहिलो हाफमा गित नै गित छ, दोस्रो हाफमा कथै कथा, सस्पेन्स नै सस्पेन्स छ । यसरी हेर्दा फिल्मको सम्पादनमा पनि समस्या देखियो ।

धिरज मगरलाई कम भुमिका दिएपनि उनले आफ्नो चरित्रलाई न्याय गरेका छन् । खासमा सुहाना र धिरज दुबैको काम फिल्ममा छैन । यी दुइ पात्रको सम्बन्ध जोड्दै भुमिका लेख्न पटकथाकार चुकेको प्रष्ट हुन्छ ।

केहि दृष्य त यतिधेरै बकबास छन् कि, कुरै नगरौं । जब जनकपुरको प्रहरीलाई थाहा हुन्छ हराएका पात्र कास्कीतिर पुगेका छन् । कास्कीका प्रहरीले खोजिहाल्छ नि, प्रहरीबीच सकुलेशन जारी हुँदैन र भन्या ?

फिल्मको तालमेल मिलेको छैन । पहिलो हाफमा गित नै गित छ, दोस्रो हाफमा कथै कथा, सस्पेन्स नै सस्पेन्स छ । यसरी हेर्दा फिल्मको सम्पादनमा पनि समस्या देखियो ।

यो बाहेक फिल्मको सकारात्मक पाटोबारे चर्चा गर्दा केहि हदसम्म तराइलाई देखाएको छ । पुर्ण रुपमा तराई देखाउन नसकेपनि फिल्मको प्रयासलाई राम्रो मान्न सकिन्छ । राम्रो दृष्य भनेको हिमाल र पहाड मात्रै हो भन्ने सोच भएका धेरै फिल्म मेकरलाई तराइका ति दृष्यले मोहित पार्नसक्छ र तराई फिल्म छायाँकनको राम्रो स्थान बन्नसक्छ ।

फिल्ममा प्रयोग भएका गीत संगित एकदमै सुन्दर छन् । हरेक गितमा तराइलाई महशुष गर्न सकिन्छ । गीत झ्याप्प आउने जाने भएको छैन । सिलसिला मिलाएर गीत राखिएकाले कथाबस्तु अगाडी बढ्न गीतले सजिलो बनाएको छ । फिल्मको ब्याकग्रान्ड म्युजिक राम्रो छ । कहिलेकाहीं दक्षिण भारतका फिल्महरुको झल्को दिने गरेर ब्याकग्राउण्ड म्युजिक तयार पारिएको छ ।

तेस्रोलिंगी महिलाकै कथामा आधारित फिल्महरु गुलावी, जुलेवी लगायत प्रर्दशनको तयारीमा छन् । लामो समयदेखि बलिउडको प्रभावमा परेर नेपाली फिल्ममा गलत प्रस्तुत भएका तेस्रोलिंगी महिलाको कथा यि फिल्ममा न्यायपुर्ण तरिकाले आओस्, शुभकामना ।

फिल्ममा केहि दृष्य खिचाइमा एकदमै मेहनत गरिएको छ । जस्तैः फिल्मको सुरुमा एक फुल बाटोमा खस्छ । धेरै मानिसहरु त्यो बाटोमा हिड्छन् तर कुल्चिनबाट बाँच्छ । पछि बाटोमा फालिएको सेतो फुललाई कमलामाई टिप्छिन् र कपालमा लगाउँछिन् । यसले कमलामाइको चरित्रलाई प्रस्तुत गरेको छ । उनि तेस्रोलिंगी महिलाहरुको माइ (आमा) हुन् । जसले अन्य तेस्रोलिंगी महिलाहरु जो बाटोमा फालिएका छन् उनिहरुको रक्षा गर्छिन् ।

फिल्ममा भगवतको भुमिका निर्वाह गरेका जुम्ल्याहा बाल कलाकारहरु जेभिस् र जेभिन श्रेष्ठको अभिनय राम्रो छ । बाल कलाकारका रुपमा उनिहरुले प्रशंसनिय काम गरेका छन् । त्यस्तै फिल्ममा कबिर खड्का, अनुराग कुँवर लगायतको अभिनयले पनि आँखालाई बिझाउँदैन ।

समग्रमा फिल्मको नियत राम्रो भएपनि कथामा चिप्लदा केहि खल्लो भएको छ । अब तेस्रोलिंगी महिलाकै कथामा आधारित फिल्महरु गुलावी, जुलेवी लगायत प्रर्दशनको तयारीमा छन् । लामो समयदेखि बलिउडको प्रभावमा परेर नेपाली फिल्ममा गलत प्रस्तुत भएका तेस्रोलिंगी महिलाको कथा यि फिल्ममा न्यायपुर्ण तरिकाले आओस्, शुभकामना ।


सम्बन्धित समाचार
       © 2022 - 2024 to Kurakanee ,  All Rights Reserved.  Crafted by Bitcraft Technology